कर्मचारी व्यवस्थापनमा आवश्यक छलफल गछौैंः सामान्य प्रशासन मन्त्री जोसी

बैतडी । नेपाल सरकारका सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघ सरकारले स्थानीय तहमा खटाईउने कर्मचारीका बिषयमा विशेष छलफल गर्ने बताएकाछन् । बैतडीको खोड्पे स्थीत सरोकारवाला संगको संक्षिप्त अन्तरक्रियामा उहाँले कर्मचारी व्यवस्थापनमा चासो उचित निर्णय गर्ने बताए ।

गृहजिल्ला बझाङबाट काठमाण्डौ जान लागेका मन्त्री जोशी र नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य बद्री पाण्डे लगायतका नेता कार्यकर्ताहरुसँग चियापान कार्यक्रमसहित अन्तरक्रिया गरिएको पाटन नगरपालिका ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए ।

समसामयिक राजनितिक घटनाक्रम र विकासका ’boutमा छलफल गरिएको उनले बताए । स्थानीय तहमा कर्मचारी अभावका विषयमा छलफल गरिएको थियो ।

केन्द्रबाट स्थानीय तहमा खटाईने कर्मचारीहरु स्थिर नहुँदा स्थानीय तहमा काम कारवाही गर्न समस्या हुने गरेको विषय जानकारी गराइएको वडा अध्यक्ष बिष्टले बताए । यस विषयमा मन्त्री जोशीले केन्द्रस्तरमा आवश्यक छलफल गर्ने बताएका थिए ।

छलफलमा सहभागि प्रतिनिधिसभा सदस्य पाण्डेले स्थानीय तहमा सबै जनप्रतिनिधिहरुले मिलेर काम गर्नुपर्नेमा जोड दिए । ‘प्रदेश र केन्द्रमा जस्तोसुकै समिकरण पनि भइरने गरेको छ, स्थानीय सरकार स्थिर सरकार हो, यहाँ जुनसुकै दलबाट प्रनितिधित्व गर्ने जनप्रतिनिधि भएपनि मिलेर काम गर्नुपर्छ,’ पाण्डेले भने ।

अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, बिभिन्न राजनीतिक दलमा आबद्ध प्रतिनिधिहरु सहभागी थिए ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कालिञ्चोक गाउँपालिकामा अध्यक्षमा शिवाकोटी र उपाध्यक्षमा बुढाथोकी निर्वाचित