प्रभु महालक्ष्मी लाईफद्वारा उत्कृष्ट अभिकर्तालाई सम्मान

प्रभु महालक्ष्मी लाईफ लिमिटेड ईटहरी शाखाले एक दिने लिडर्स पुनर्ताजगी तथा क्षमता बिकास तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रम उप क्षेत्रीय कार्यलय ईटहरी मा भब्यताका साथ सम्पन्न गरेको हो । कार्यक्रम मा शाखामा आवद्ध रही काम गर्ने अभिकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

शाखामा आवद्ध रहि कम्पनी ले तोकेको ब्यवसायिक लक्ष हासिल गरेका उत्कृष्ट अभिकर्ता लाई ब्यवसाय वृद्धि गर्न के कस्ता रणनीति आवश्यक पर्छ भन्ने बिषयमा प्रशिक्षण दिईएको थियो ।

कम्पनीले ल्याएको उत्कृष्ट बिमा योजना,जीवन बिमा का आधारभुत सिद्धान्त ,जीवन बिमा अभिकर्ताले पालना गर्नु पर्ने विधि,काम कर्तव्य, बिमाका सामान्य जोखिम, जोखिमाङ्कन गर्ने प्रक्रिया र शर्तहरु,कम्पनीले ल्याएका मासिक तथा वार्षिक प्रोत्साहन योजना, बिक्री कला लगायतका जीवन बिमा सम्बन्धी बिबिध बिषयमा उप क्षेत्रीय प्रमुख जगत नाथ फुयल ले सहभागी अभिकर्ता लाई प्रशिक्षण दिएका थिए ।

त्यस्तै शाखाले विभिन्न बिधामा उत्कृष्ट ब्यवसाय गर्ने अभिकर्तालाई सम्मान समेत गरेको थियो । अन्तमा अभिकर्तालाई नियमित दिनचर्या भन्दा नयाँ र फरक तरिकाले व्यवसाय गर्दा उपलब्धी राम्रो हुने र व्यवसायिक सफलता हासिल गर्न सजिलो हुने कुरा व्यक्त गर्दै शाखा प्रमुख सुरेन्द्र चुडाल कार्यक्रम को समापन गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेबाट इटहरी र धरानमा मेयर–उपमेयरको नाम सिफारिस