गाउँपालिकाले गर्‍यो बिपन्न बर्गलाई निशुल्का स्वास्थ्य बिमा

हुम्ला । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले दलित विपन्न तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०।०८१ मा विनियोजित बजेटमार्फत पहिलो चरणमा ५९ जना दलित विपन्न महिला तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बीमा गरेको गाउँपालिका स्वास्थ्य संयोजक नर बहादुर भण्डारीले बताए । वडा नम्बर १ मा दलित समुदयाको बसोबास नभएकाले २ देखि ८ वडा सम्मका विपन्न तथा एकल महिलाको स्वास्थ्य बीमा गरिएको संयोजक भण्डारीले जानकारी दिए ।

यस्तै वडा नम्बर २ मा रहेका १४ जना, वडा ३ का १०, वडा ४ मा १, वडा ५ मा ८, वडा ६ मा ७, वडा ७ मा ८ जना र वडा नम्बर ८ मा रहेका ११ जना एकल दलित महिलाको निःशुल्क स्वास्थ्य बीमा गरिएको गाउँपालिका संयोजक भण्डारीको भनाई रहेको छ । वडा १ मा दलित समुदायको बसोबास नभएकाले बीमा कार्यक्रम लागु नभएको हो ।

प्रति व्यक्ति लाग्ने विमित रकम रु ३५ सय रुपैयाँ गाउँपालिकाले तिरिदिएको गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताए । स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्ने भएको गाउँपालिका अध्यक्ष भण्डारीको भनाई छ । आगामी आर्थिक वर्षबाट दिर्घरोगीका विरामीको समेत निःशुल्क स्वास्थ्य बीमा गरिने भएको उहाँले जानकारी दिए ।

निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा अब छुटेकालाई पनि चाँडै बीमा कार्यक्रमा समेटिने भएको अध्यक्ष भण्डारीको भनाई छ । असार पछि दलित विपन्न र एकल महिला मात्रै नभएर सूचीकृत भएका दीर्घरोगी पुरुष, महिलालाई निःशुल्क स्वास्थ्य बीमा उपलव्ध गराउँदै जाने भएको गाउँपालिकाले जनकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

epaper

ताजा समाचार

बालिका करणी अभियोगमा बिपिन पक्राउ