धनगढी सडकका तारहरू व्यवस्थित गरिँदै

धनगढी । धनगढीका सडकहरूका किनारामा गाडिएका पोल (खम्बा) मा जथाभावी रुपमा तानिएका तारहरू व्यवस्थित गर्ने काम सुरु भएको छ । धनगढी उपमहानगरपालिकाको पहलमा जथाभावी रूपमा तानिएका तारहरू व्यवस्थित गर्न थालिएको हो ।

उपमहानगरका मुख्य बजार क्षेत्र र अन्य स्थानका सडकका किनारामा गाडिएका बिजुली तथा टेलिफोनका पोलहरूमा इन्टरनेट, केवुल टिभी तथा टेलिफोनका तारहरू जथाभावी रुपमा तानिएका कारण शहर कुरुप बन्नुका साथै दुर्घटनाको पनि कारण बन्ने गरेको छ ।

धनगढी उपमहानगरपालिकाको पहलमा नगर क्षेत्रभित्रका पोलहरूमा रहेका अनावश्यक तारहरू हटाउने कार्य अघि बढाइएको छ । उपमहानगरपालिका कार्यालयका अनुसार शनिबारदेखि ६ लेन सडकको दुवै तर्फबाट तारहरूको व्यवस्थापन गर्ने कामको शुरूवात गरिएको छ । त्यो क्रम अब नगरका सबै क्षेत्रमा शुरु गरिने छ ।

उपमहानगरपालिका क्षेत्रमा इन्टरनेट तथा केबुल टिभी सेवा प्रदायकहरूसँग गत चैत ४ गते भएको छलफलमा “आगलागी एवं विपद् जोखिमबाट बच्न र सहरको सौन्दर्यीकरण राख्न जथाभावी र अनावश्यक रूपमा तानिएका तारहरू हटाउने” निर्णय भएको थियो ।

धनगढी उपमहानगरपालिकाले धनगढीलाई स्वच्छ र सफासुन्दर बनाउन चरणवद्ध रुपमा विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । उपमहानगरपालिकाले प्लास्टिकजन्य वस्तुको खरिदबिक्री तथा उत्पादनमा प्रतिबन्ध लगाइसकेको छ भने घरेलु र बाह्य फोहोरमैला व्यवस्थापन कार्य पनि जारी छ ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीका मेयरका प्रत्याशी हमालले मन्दिरमा पसेर भ्रष्टाचार नगर्ने कसम खाए (भिडियाेसहित)