मञ्चन सहित नगरकोटीको ‘व थर्टी–थ्री’ सार्वजनिक

काठमाडौं । कुमार नगरकोटीको नयाँ ग्राफिक नोभल ‘व थर्टी–थ्री’लाई दर्शकले यसपटक मञ्चमा हेर्ने अबसर पाएका छन् । यो उपन्यासको विमोचन स्वरुप मञ्चन गरिएको हो ।

यो उपन्यासलाई काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटकको रुपमा प्रस्तुत गरिएको छ । यो नाटकलाई दर्शकले रुचाएका कारण अब यसको मञ्चनलाई शिल्पीले आगामी दिनमा पुन निरन्तता दिन सक्ने आयोजक पक्षको भनाई छ ।

शिल्पी थिएटर ग्रुपले यो ग्राफिक नोभलको अंशमा आधारित साङ्गीतिक नाटक प्रस्तुत गरहेको हो । नाटकलाई दुई सयभन्दा बढी दर्शकले हरेको शिल्पीका घिमिरे युवराजले जनाएका छन् । उनका अनुसार नोभलका विभिन्न पात्र रङ्गमञ्चमा जीवन्त रुपमा आएका देखिन्थे । डा. वाग्ले र जङ्गबहादुर राणाका अङ्गरक्षकलगायत नोभलका पात्रहरूसँग दर्शकलाई परिचय गराइएको थियो । नाटकले दर्शकलाई वैकल्पिक संसारमा पु¥यायो, जहाँ जङ्गबहादुर राणा अझै पनि काठमाडौं सहरमुनिको काल्पनिक सहर वल्र्ड हेरिटेज प्लाजामा जीवित छन् । हरेक वर्ष जङ्गबहादुर राणाका अङ्गरक्षक नयाँ ग्रेगोरियन क्यालेन्डर किन्न काठमाडौं आउने गर्छन् । सोही सन्दर्भमा डा. वाग्लेले नोभलका केही कथा दर्शकलाई सुनाएका थिए ।

नाटक सकिएपछि लेखक कुमार नगरकोटीले धन्यवाद मन्तव्य राखे । नोभल निर्माणमा लामो समय लागेको उनको भनाइ छ । ‘नेपाली साहित्यमा ग्राफिक नोभलको पनि परिचय दिनुपर्छ भन्ने मलाई सधैं लाग्थ्यो । त्यसैले ‘व थर्टी–थ्री’ लेख्न थालें,’ उनले भने ।

उनका अनुसार नाटकीय प्रस्तुतिले यो उपन्यासप्रतिको उत्सुकतालाई झनै बढाएको थियो । दर्शकहरूले उक्त प्रस्तुतिलाई निकै मन पराएको पनि नगरकोटीले बताए । उनका अनुसार उपन्यासले वैकल्पिक इतिहास चित्रण गर्दछ । आफूले प्रायः लेख्ने सर्रियल फ्यान्टासी विधालाई यसमा निरन्तरता दिएको उनले बताए ।

‘मेरो लेखन यात्रा २५ वर्ष पुगेको छ । यस यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद र आज मेरो कथालाई पत्यक्ष मञ्चमा प्रस्तुत गर्ने शिल्पीका सबैलाई विशेष धन्यबाद,’ उनले भने । पुस्तक विमोचनलाई यस्तो रचनात्मक रूपमा मनाउन पाउँदा खुसी लागेको पनि उनको भनाइ छ । आफ्नो नयाँ प्रोजेक्टका रूपमा नेपाली चलचित्र लेखिरहेको पनि उनले जनाए ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीको रामनगरमा आफ्नै काकालाई पराजित गर्दै अध्यक्ष जिते २२ वर्षे युवाले