काठमाडौं । रातो मच्छिन्द्रनाथको जात्रा स्थगित भएको छ । यो जात्रा ललितपुरमा गरिने सबैभन्दा लामो रथयात्रा हो । यो जात्राका लागि रथ निर्माणको काम शुक्रबारदेखि सुरु हुने थियो । बिहीबार विधिपूर्वक मच्छिन्द्रनाथलाई स्नान गराएर शुक्रबारदेखि रथ निर्माणको काम गर्नुपर्ने थियो ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण रथ निर्माणको काम स्थगित गरिएको गुठी संस्थान र ज्यापु समाज यलले जनाएको छ । यी दुबै संस्थाले हाल सिर्जना भएको विषम परिस्थितिका कारण रथको जग राख्ने र निर्माण कार्य दुबै स्थगित गर्नु परेको जनाएको छ ।
अब रथ निर्माणको काम लकडाउन सकिएपछि क्षमा पूजा गरेर सुरु गरिने निर्णय भएको छ । दोस्रो चरणको लकडाउन ३ वैशाखमा समाप्त हुँदैछ ।
रातो मच्छिन्द्रनाथको जात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ । यो जात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । वैशाख कृष्ण पक्षको प्रतिपदादेखि यो जात्रा सुरु हुन्छ । वैशाख शुक्ल पक्षको प्रतिपदाको दिनदेखि रथयात्रा सुरु गर्ने चलन छ ।
रातो मच्छिन्द्रनाथको जात्रा स्थगित
- Roshan Shrestha
- २०७६ चैत्र २८ गते ०८:५५
- २०७६ चैत्र २८ गते ०८:५५


Ads Space Available

यो महिनको ट्रेन्डिङ समाचार

अन्य समाचार पनि पढ्नुहोस्
कुरी-कुरी

आजको १० समाचार
- बैंकहरूले दिएको ऋण डुब्ने संकेत
- मन्त्री दाहालले चरिकोटमा देखाए रमिता
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी किन गइन बैंकक ?
- बिस्कुट उद्योगले ९७ जना मजदुर निकालिएपछि आन्दोलन
- अमेरिकी बम भारी मात्रमा जेरूसेलम आइपुगेको इजरायली…
- प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दामा…
- विधेयक पेसको अनुमति एउटा, पास अर्कै
- बैंक र वित्तीय क्षेत्रमा श्रम ऐन आकर्षित नहुने
- संरक्षित रुख काटेको आरोपमा विद्युतका कर्मचारी पक्राउ
- प्रकृतिका बुवा सुनिल भन्छन्– ‘मैले छोरी…