तरकारी झैं गरी ल्याएको लागु औषधसहित एक भारतीय पक्राउ

वीरगन्ज । कम मेहेनत, देखासेखी गरी चाडै धनी बन्ने र लतमा फस्दै जाने कारण यसै पनि नेपाली युवा–युवती लागु औषधमा फसिरहेका छन् । खुल्ला सीमाको फाइदा उठाई केही भारतीय नागरिकले समेत सीमा पारीबाट तयारी अवस्थाको लागु औषध नेपाल छिराई झन नेपाली युवा युवतीलाई विगार्न बल पु¥याइरहेको तथ्य फेरि उजागर भएको छ ।

नपत्याउँदो तरिकाले बुधबार पनि तयारी अवस्थाको ६ सय थान लागु औषध सहित एक भारतीय नेपाल छिर्दै गर्दा प्रहरीले दशी सहित पक्राउ गरेपछि फेरि यस्तो तथ्य उजागर भएको हो ।

पक्राउ परेका भारतीय सीमा पारीबाट बारा हुँदै पर्साको वीरगन्ज महानगर तर्फ आउने क्रममा उक्त परिणामको लागु औषध बोक्न प्रयोग गरेको भारतीय नम्बरको मोटरसाइकल सहित प्रहरी फन्दामा परेका छन् । प्रहरी फन्दामा परेका व्यक्ति भारत विहार जिल्ला मोतिहारी थाना हरपुर वडा नम्बर २ बस्ने बर्ष २६ को राजकरण साह रहेको पर्साका प्रहरी नायव उपरिक्षक कुमार बिक्रम थापाले बताए ।

‘अभियुक्त बाराको बलिरामपुर तर्फबाट पर्साको वीरगन्ज महानगरपालिका १५ स्थित फुलबारी टोलसम्म आइपुगेका रहेछन्’ उनले भने । मोटरसाइकलको दुवै तर्फ तरकारी बोके जस्तो गरी प्रहरीलाई झुक्याउने शैलीले बीआर ०५ एटी ७३२६ नम्बरको मोटरसाइकल चढी उनी आउँदै थिए । सो समयमा प्रहरीलाई शंका लागी चेकजाँच गर्दा कुल ६ सय थान लागु औषध फेला प¥यो पर्साका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक थापाले बताए ।

बरामद गरिएको लागु औषधमा नुरफिन २०० थान, डाइजेपाम २०० थान र फेनारगन पनि २०० थान रहेको छ । तयारी अवस्थाको लागु औषध बरामद भएपछि सो ल्याउँदै गरेको मोटरसाइकल र मानिसलाई पनि प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाइएको पर्सा प्रहरीले जनाएको छ । अभियुक्तलाई लागु औषध समबन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक थापाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

epaper

ताजा समाचार

मन्त्रिपरिषद बैठक बस्दै, हिजो पनि बसेको थियो