द्वारिका काफ्लेको नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपालका विभिन्न छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन पिजे क्लबको १३ औं साधारणसभाले द्वारिका काफ्ले (राजधानी दैनिक) को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा अंगद ढकाल (कान्तिपुर दैनिक), महासचिवमा अमुल थापा (नयाँपत्रिका), सचिवमा कबिन अधिकारी (गोरखापत्र दैनिक) र कोषाध्यक्षमा केशव थापा निर्विरोध निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा सन्जोग मानन्धर, निशा भण्डारी, इलिट जोशी, बिजु महर्जन, सरोज बैजु र सन्जित परियार निरबिरोध चयनभएका छन् ।

चावहिलस्थित हाजीपुर क्याफे एण्ड रेष्टुरेन्टमा आइतबारका सम्पन्न साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । निर्वाचित पदाधिकारीलाई आइतबारै एक समारोहकाबीच निर्वाचन समितिका संयोजक एआईपिएसका कोषाध्यक्ष तथा अधिवक्ता निरञ्जन राजबशी, संस्थापक अध्यक्ष चन्द्रशेखर कार्कीले बधाइ तथा शुभकामना दिए ।
नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य बिकास कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनमा क्लवका पूर्वअध्यक्ष प्रकाश माथेमा, वरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठको उपस्थिति थियो ।

यसैगरी नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले निवर्तमान कार्यसमितिका सवै पदाधिकारी तथा सदस्यलाई क्लबप्रति गरेको योगदानका लागि बिषेश धन्यवाद ज्ञापन गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिन्धुलीमा कांग्रेस र माओवादीको मात्र गठबन्धन हुने