सारंग निर्माण सुरु, ऋचा मुख्य भूमिकामा

काठमाडौं । लामो समयपछि अभिनेत्री ऋचा शर्मा मुख्य भूमिकामा अनुबन्धित भएकी छिन् । उनी चलचित्र ‘सारंग’मा अनुबन्धित भएकी हुन् । बाल मनोबिज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा सारंग चलचित्र निर्माण गर्न लागिएको निर्माण पक्षले जनाएको छ । बिहीबार काठमाडौंमा एक समारोहबीच यो चलचित्रको निर्माण घोषणा गरियो ।

यो चलचित्रमा ऋचा शर्मासँगै,उत्पल झा,समीर मणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,निरज ब्ल्याक,दीपीका थापा,सुमन सागर जंग केसीका साथमा बालकलाकार द्वय सम्राट थापा र आदित्य कार्कीले अभिनय गर्दैछन् ।

चलचित्र निर्मांण घोषणा समारोहमा अभिनेत्री ऋचाले भनिन्,‘ सारंगको स्क्रिप्ट निकै मन परेको कारण म यसमा अनुबन्धित भएको हुँ र यसप्रकारको चलचित्रले समाजलाई सही दिशामा निर्देश गर्न अहम् भूमिका निर्वाह गर्ने मेरो विश्वास छ ।’ उनले यो फिल्ममा आफूलाई दर्शकले बिगतका आफ्ना फिल्महरु भन्दा फरक भूमिकामा देख्न पाउने दावी गरिन् ।

कोरियोग्राफरको रुपमा परिचित प्रशान्त तामाङले यो चलचित्र निर्देशन गर्दैछन् । चलचित्रका लेखक पनि प्रशान्त नै हुन् । निर्देशक प्रशान्तले आफूले समाज,घरपरिवारमा देखि,भोगी आएका बिषयलाई पर्दामा उतार्न लागेको बताउदै सारंगको आगामी आइतबारबाट छायांकन सुरु हुने जानकारी दिए ।

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको डिओपी गोपाल राय छन् । मित्र ध्वज गुरुङले सम्पादन गर्ने फिल्मका गीत डिपी खनालले लेखेका हुन् भने संगीत शंकर थापा ‘स्माइल’ को छ । यो चलचित्र आगामी बाल दिवसको अबसर पारेर सार्वजनीक प्रदर्शन गर्ने योजना निर्माण पक्षको छ ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

epaper

ताजा समाचार

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु