
संयुक्त राज्य अमेरिका अर्थात् बोलीचालीको भाषामा फगत अमेरिका । यो नाम उच्चारण गर्ने बित्तिकै आममानिसको दिमागमा कस्तो चित्र उब्जिन्छ ? सायद एउटा सम्पन्न र सभ्य भनिने मुलुक भन्ने दिमागमा आउँछ । अमेरिकालाई ‘ठिकै’ भन्ने मानिस कमै भेटिएलान्, या गजबको भन्दै खुसी हुनेहरू भेटिएलान् अथवा मनपरी गाली गर्नेहरू फेला पर्लान् । तर, अमेरिकाका सबैभन्दा ठूला आलोचक भनिने व्यक्ति पनि अमेरिकामा जान वा बसोबास गर्न पाए हुन्थ्यो भन्ने भित्री आकांक्षा पालेर बसेका देखिन्छन् । म आज यस आलेखमा अमेरिकाको प्रशंसा वा आलोचना दुवै गर्न गइरहेको छैन । म एउटा सामान्य तथ्य र सामाजिक मनोविज्ञानको विषयलाई समेट्दै छु ।
मानवजीवनको एउटा अत्यन्तै अपरिहार्य तत्व पुरुष र महिलाबीचको सम्बन्ध हो । दुई विपरीत लिंगीहरूबीचको सहकर्म र सम्बन्धबाटै संसारको सृष्टिको अनवरत यात्रा अगाडि बढ्छ । स्त्री–पुरुषबीचको सम्बन्धका कैयन् आयामहरूमध्ये एकअर्काप्रतिको आकर्षण र यौन सम्बन्ध पनि हो । अमेरिका भन्ने बित्तिकै स्त्री–पुरुषको सम्बन्ध र यौनका कुरा गर्दा सान्यतया खुला र स्वच्छन्द समाज भन्ने चित्र नै अगाडि आउँछ होला । हुन पनि कुनै पनि अविवाहित महिलासँग तिमीले आफ्नो कुमारित्व कुन उमेरमा गुमायौ भनेर सोध्ने हो भने सम्भवतः अधिकांशले हाँसेरै १६ को वा १७ को उमेरमा भनेर जवाफ दिन्छिन् । अहिलेको ब्वाई फ्रेन्ड कतिऔं हो भनेर सोध्ने हो भने एउटी युवतीले सजिलै छैठौं वा सातौं भनिदिन्छिन् । कतिपय फरासिली मानिनेले त ‘आज मैले साथीको श्रीमान्सँग रात गुजारें’ भनेर खुलमखुला भन्न पनि बेर लाउन्नन् ! महिला यति खुला हुन्छन् भने पुरुषका ’boutमा त कुरै गर्नुपरेन । आममानिसका लागि विवाहइत्तर सम्बन्धसमेत धेरै अपाच्य विषय नहोला ।
यसरी कुरा गर्दैगर्दा मलाई अनायासै ७०÷८० को दशकमा अमेरिकाको राजनीतिक क्षितिजमा देखापरेका एक चम्किला व्यक्तित्वको याद आयो । सन् १९७२ मा रिपल्बिकन पार्टीका तर्फबाट राष्ट्रपति रिचर्ड निक्सन दोस्रो कार्यकालका लागि निर्वाचन लड्दै थिए । उनका प्रतिद्वन्द्वीका रूपमा डेमोक्रेटिक पार्टीका तर्फबाट जर्ज म्याकगभर्न मैदानमा थिए । डेमोक्राटिक पार्टीका तर्फबाट म्याकगभर्नलाई मनोनयन जित्न एकदमै महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिका रूपमा ग्यारी हार्टलाई अमेरिकी जनताले चिने । हार्टले सन् १९८४ मा पहिलोपटक डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बन्ने मनोनयन प्राप्त गर्न कोसिस गरे । तर, पूर्व उपराष्ट्रपति वाल्टर मोन्डेलका सामु उनी टिक्न सकेनन् । बीचको अवधिमा अमेरिकी माथिल्लो सदन सिनेटमा चुनिएर काम गरे । सन् १९८८ मा पुनः राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न डेमोक्रेटिक पार्टीका तर्फबाट मनोनयन प्राप्त गर्ने कोसिस गरे । यसपटक दौडमा उनी निकै अगाडि देखिए । डेमोक्रेटिकहरूको आन्तरिक प्रतिस्पर्धा प्राइमरीमा त उनी निकै अगाडि देखिए नै, समग्र लोकप्रियता सर्भेमा समेत उनको स्थान सर्वाधिक अगाडि देखिएको थियो । उनी रिपब्लिकन जर्ज बुसभन्दा अगाडि देखिएका थिए । तर, अकस्मात् ग्यारी हार्टका ’boutमा मायामी टाइम्स नामक एक समाचारपत्रले एउटा कथा प्रकाशित ग-यो । समाचार हार्टको कुनै महिलासँग विवाहइत्तर सम्बन्धका ’boutमा थियो । अकस्मात् हार्टको लोकप्रियतामा ठूलो ह्रास आयो । अमेरिकी समाजको नजरमा श्रीमतीलाई धोखा दिनु जघन्य अपराध थियो । हार्टले दाग मेट्ने भरमग्दुर प्रयास गरे । तर, डोना राइस नामकी एक सेलिब्रेटी महिला र पछि एक अन्य महिलासँग समेत हार्टको सम्बन्धको खुलासा भयो । उनको लोकप्रियता यस्तरी खस्क्यो कि अन्ततः उनी दौडबाट हट्न बाध्य भए । डेमोक्रेटिक पार्टीको मनोनयन मात्र होइन, राष्ट्रपति पदको निर्वाचनसमेत जित्ने प्रवल सम्भावना जनाइएका व्यक्तिको उज्ज्वल क्यारिएर कुनै महिलासँगको नाजायज सम्बन्धका कारण चकनाचूर भयो । लोकप्रियताको शिखरमा रहेका राष्ट्रपति बिल क्लिन्टनले पनि यस्तै कारणले पदच्यूत हुनेसम्म अवस्था बेहोर्नुपरेको थियो । ह्वाइटहाउसमा इन्टर्नका रूपमा कार्यरत एक सुन्दरी मोनिका लेवेन्स्कीसँगको अवैध यौन सम्बन्धको विषयले ठूलो सनसनी मच्चायो । उच्चस्तरीय अनुसन्धान भयो । क्लिन्टनले आफ्नो गल्ती स्विकार्नुपरेको थियो । त्यो त उनकी श्रीमती हिलारी क्लिन्टनले जोगाइदिइन् र मात्रै उनी पदबाट हट्नुपरेन !
हाम्रो नेपाली समाज अमेरिकी समाजभन्दा नितान्त बेग्लै छ । अविवाहित महिला वा पुरुष हामी सामान्यतया उनीहरूलाई कुमार वा कुमारी नै हुन्छन् भन्ने सोच्छौं । विवाहइत्तर सम्बन्ध त हामीलाई कुनै हालतमा मान्य छैन । महिलाको हकमा त हाम्रो समाजले त्यसखाले व्यवहारलाई दुराचार नै मान्छ । पुरुषलाई पनि व्यभिचारी नै भन्छौं
के यो अनौठो कुरो भएन ? प्रेम र यौन सम्बन्धका ’boutमा त्यति स्वच्छन्द र खुला मानिएको अमेरिकी समाजलाई राष्ट्रपति पदमा चाहिँ विवाहइत्तर सम्बन्ध राख्ने ग्यारी हार्ट स्वीकार्य भएनन् र बिल क्लिन्टन मान्य भएनन् । आमजनताका लागि पाच्य मापदण्ड राजनेता ग्यारी हार्ट र क्लिन्टनका लागि ग्राह्य भएन । आमअमेरिकी परिवारमा यस्ता अनगिन्ती घटना भइरहेका हुन्छन् । हदै भए पति–पत्नीबीच सम्बन्ध विच्छेद होला, तर त्यसका कारण उसको क्यारियर चौपट हुँदैन । यस्ता विषय व्यक्तिको निजी मामिला मानिन्छ । अमेरिकाको सामाजिक मान्यता उच्चपदस्थ राजनीतिज्ञका लागि एउटा र आमजनताका लागि अर्कै रहेछ । राजनीतिज्ञले आमस्वीकार्य मापदण्डभन्दा माथिल्लो नैतिकताको प्रदर्शन गर्नुपर्ने रहेछ ।
हाम्रो नेपाली समाज अमेरिकी समाजभन्दा नितान्त बेग्लै छ । अविवाहित महिला वा पुरुष हामी सामान्यतया उनीहरूलाई कुमार वा कुमारी नै हुन्छन् भन्ने सोच्छौं । विवाहइत्तर सम्बन्ध त हामीलाई कुनै हालतमा मान्य छैन । महिलाको हकमा त हाम्रो समाजले त्यसखाले व्यवहारलाई दुराचार नै मान्छ । पुरुषलाई पनि व्यभिचारी नै भन्छौं । निकै खुलापनको कुरा गरे पनि आज पनि विधवा विवाहलाई सम्म पनि समाजले सहज रूपमा स्विकारेको देखिँदैन । फलानोको चरित्र ठीक छ र फलानोको ठीक छैन भन्ने सामाजिक मापदण्ड हाम्रो आफ्नै खाले छ । म यहाँ अमेरिकीहरू ठीक र नेपाली बेठीक वा नेपाली ठीक र अमेरिकी बेठीक केही भन्दै छैन । म फगत महिला–पुरुष सम्बन्ध र यौनजस्ता विषयमा यी दुई समाजको मापदण्ड र मान्यता एकदमै फरक रहेको तथ्य औंल्याउँदै मात्र छु ।
अब अलि गियर बदलौं । हाम्रो राजनीतिक आकाशमा २ वर्षजति अघि एउटा रवि लामिछाने नाम गरेका अत्यन्तै चम्किलो तारा उदाए । रातोंरात अभूतपूर्व सफलता हासिल गरे । संसद्मा एक्कासि शून्यबाट २० सिटका हाकिम बने । कानुनी विवादका कारण बीचमा हट्नुप¥यो । तर, पुनः बढी मतका साथ निर्वाचित भए । म राजनीतिक कुरातर्फ जाँदिनँ । यसबीचमा उनको निजी जीवनका ’boutमा पनि गम्भीर प्रश्न उठे । श्रीमतीलाई प्रताडना, पारपाचुके, कोहीसँग लिभिङ टुगेदर र पुनः विवाह ! तीन विवाह वा चार विवाह आदि इत्यादि ! स्वयं रवि लामिछानेले भनेका छन्, ‘एउटीसँग विवाह गरें, बिग्रियो, सकियो, अर्कीसँग बसें, बच्चा भो, सकियो, अहिले निकितासँग विवाह गरेको छु, खुसी छु ।’ यी सब कुरा गर्दा कतिपयले त ‘मर्दले गर्छ त’ भनेको समेत सुनियो । राजा महाराजाका सयौं भित्रिनी हुन्थे भन्दा ‘खान्दानीयाको त्यस्तै हो’ भनेको समेत सुनिन्छ ।
रविलाई ‘छोरा …’ भन्दै अँगाल्ने महिलालाई रविजस्तै ज्वाइँ परोस् भन्यो भने चाहिँ रिसाउँछन् । अंश दिनुनपर्ने ‘छोरो’ त ठीक छ, छोरी नै जिम्मा लगाउनुपर्ने ज्वाइँ त हुन्न ! अर्थात्, सामाजिक रूपमा सामान्यतया रविको आचरण स्वीकार छैन । ज्वाइँका रूपमा स्वीकार्य छैन । तर, नेताका रूपमा चाहिँ हाईहाई ! अर्थात्, समाजको मापदण्ड एउटा नेता वा ठूला मानिसका लागि अर्कै । अमेरिकामा पनि त्यस्तै छ । तर, मापदण्डको मात्रा चाहिँ ठीक विपरीत ! अमेरिकामा आममानिसभन्दा नेता कठोर अनुशासनमा बस्नुपर्ने ! हामीकहाँ चाहिँ समाजको मान्यताभन्दा नेतालाई स्वच्छन्दताको छुट ! यहाँसम्म कि नेता वा ठूला मानिसको कुरो आएपछि व्यभिचार र नशावाजीलाई समेत ‘खान्दानिया व्यवहार’ र ‘शौख’ आदि इत्यादिको जामा पहिराइदिन्छौं ! अमेरिकामा ‘सकियो’ भनेर व्यभिचारलाई बिर्सिइँदैन । एउटीसँग विवाहइत्तर सम्बन्ध राखेका कारण ग्यारी हार्टको क्यारियर सकियो । यहाँचाहिँ ‘अर्कीसँग बसें, बच्चा भो, सक्कियो’ भन्दा साँच्चै ‘सकियो’ ! हेक्का रहोस्, ती ‘अर्की’ विवाह गरेकी श्रीमती होइनन् ! उनको राजनीतिले थप उचाइ लियो । ग्यारी हार्ट पनि नेता, रवि लामिछाने पनि नेता !! फरक आफैं खुट्याउनोस् ! हाम्रा भाग्यमानी नेता !!!






