एमाले खोटाङको अध्यक्षमा देवबिक्रम राई निर्वाचित

खोटाङ । नेकपा एमाले खोटाङको अध्यक्षमा देवबिक्रम राई विजयी भएका छन् । आठौं जिल्ला अधिबेसन अन्तरगत शुक्रबार भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी रामप्रसाद दंगाललाई पछि पार्दै राई एमालेको अध्यक्षमा निर्वाचित भएका हुन् ।

राईले ३३९ मत ल्याउँदा दंगालले १८७ मत ल्याएका थिए । पराजित दंगाल वर्तमान अध्यक्ष तथा विजयी राई वर्तमान उपाध्यक्ष थिए । राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका हुन् । यस्तै, उपाध्यक्षमा कुमारप्रसाद आचार्य निर्वाचित भएका छन् । आचार्यले ३५८ मत पाउँदा अर्का प्रत्यासी उपिनकुमार राईले १३४ मत पाएका छन् । सचिवमा सुरेन्द्रकुमार राई निर्विरोध निर्वाचित भएका छन् ।

उपसचिवमा राजनकुमार बञ्जरा निर्वाचित भएका छन् । उनले १४० मत ल्याएका छन् । उपसचिवमा उठेका गीरेन्द्रबहादुर राईले १३५ मत, चक्रबहादुर राई (दिलचक्र)ले ६२ मत, दिनेशकुमार राईले ४९ मत, गोपिकृष्ण खड्काले ३३ मत, युवराज रिजालले २४ मत र कमल ढकालले २३ मत प्राप्त गरेका छन् । महिला उपसचिवमा कविता राई विजयी भएका छन् । कविताले ४१२ मत ल्याउँदा प्रत्यासी भगवती प्रधानले ८९ मत पाएकी छन् । बुवाको निधन भएका कारण कविता भने अधिबेसनमा अनुपस्थित थिइन् ।

अधिबेसनमा ५६६ प्रतिनिधिमध्ये ५३९ मत खसेको थियो । केही बाहेक अधिकांश जिल्ला कमिटि सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् । अधिबेसनबाट ५ पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटि निर्माण भएको छ । एमाले खोटाङको इतिहासमा नेतृत्व चयनका क्रममा पहिलोपल्ट निर्वाचन भएको हो । अधिबेसन बुधबार एमाले केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उद्ध्घाटन गरेकी थिईन् ।

राईलाई पोलिटव्यूरो सदस्य बिशाल भट्टराई, प्रदेश कमिटि उप–सचिव देवान राई, अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य एबं कोसी प्रदेश इन्चार्ज बिणादेबी राईलगायतको साथ थियो । दंगाललाई केन्द्रीय सदस्य उषाकला राई, रमेश पौडेल, खगेन्द्र राई लगायतको साथ रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 318 times, 1 visits today)

epaper

ताजा समाचार

बालगोपालेश्वरको भाइटीका प्रभावित