८ कक्षाको नतिजा सुधार्ने १४ स्कुललाई सम्मान

धनगढी । धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८० मा लिएको आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षामा नतिजा सुधार गर्ने १४ विद्यालयलाई सम्मान गरेको छ । शैक्षिक सत्र २०७९ मा शून्य नतिजा ल्याएका तर शैक्षिक सत्र २०८० को वार्षिक परीक्षामा नतिजा सुधार गर्ने विद्यालयहरूलाई आइतवार एक समारोहमा सम्मान गरेको हो ।

नगर उपप्रमुख कन्दकलाकुमारी रानाले नतिजा सुधार गर्ने विद्यालय रहेको वडाका वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरूलाई सम्मान गरेकी हुन् ।

नगर उपप्रमुख रानाले फूलमाला, सम्मान पत्र र नगदसहित सम्मान गरेकी हुन् । विद्यालयको नतिजा सुधार ल्याउन मेहनत गरेको भन्दै वडा अध्यक्ष, व्यवस्थापन समिति र प्रधानाध्यापकहरूको हौसला बढाउन सम्मान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले बताए ।

गत वर्ष १७ विद्यालयको कक्षा ८ को परीक्षामा शून्य नतिजा आएकोमा यो वर्ष तीन विद्यालय समायोजन हुँदा बाँकी रहेका १४ विद्यालयबाट कक्षा ८ को परीक्षामा विद्यार्थी सहभागी भएका हुन् । शून्यबाट नतिजा सुधार गर्दा सबैभन्दा बढी विद्यार्थी पास गराउने तीन वटा विद्यालयलाई नगद, प्रमाण पत्र र ट्रफीसहित सम्मान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खातीले बताए ।

शून्यबाट यो वर्ष सर्वाधिक ५१ दशमलव ४२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल धनगढी-१२ दुर्गाबस्तीको दुर्गा आधारभूत विद्यालयलाई नगद १५ हजार, प्रमाण पत्र र ट्रफी प्रदान गरिएको छ भने दोस्रो र तेस्रो बढी प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल धनगढी-१० को जनकल्याण माध्यमिक विद्यालय र धनगढी-१३ को नवज्योति आधारभूत विद्यालयलाई क्रमशः १० हजार र ५ हजार नगदसहित प्रमाण पत्र र ट्रफी प्रदान गरिएको छ ।

गत वर्ष शून्य नतिजा ल्याएका तर यो वर्ष नतिजामा सुधार ल्याएको धनगढी-१ को सरस्वती आधारभूत विद्यालय,धनगढी-७ को शिव माध्यमिक विद्यालय, धनगढी-१३ को जनता राष्ट्रिय आधारभूत विद्यालय, धनगढी-१४ को शिवशंकर आधारभूत र सिद्धार्थ आधारभूत विद्यालयलाई सम्मान गरिएको हो ।

त्यस्तै, धनगढी-१६ को दिपेन्द्रचारपाते माध्यमिक विद्यालय, वडा नम्बर १७ को भानु माध्यमिक विद्यालय र सज्जन आधारभूत विद्यालय, वडा नम्बर १८ को इन्द्रोदय र खप्तडी आधारभूत विद्यालय तथा वडा नम्बर -१९ को फूलबारी आधारभूत विद्यालयलाई सम्मान गरिएको छ ।

नतिजा सुधार गर्न जनप्रतिनिधि, व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकहरूले गरेको मेहनतको कदर गर्दै सम्मान गरिएको उपमहानगरपालिकाले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 115 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा नेमकिपाको 'क्लिन स्विप' , प्रतिस्पर्धीकाे जमानत जफत