राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिरबीच द्विपक्षीय छलफल

काठमाडौं । दुईदिने नेपाल भ्रमणमा आएका कतारका अमिर(राजा) तमिम बिन अल थानीसँग नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा द्विपक्षीय सम्बन्ध’bout छलफल गरेका छन् । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणमा नेपालको राजकीय भ्रमणमा आएका बिनसँग राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोका मुद्दामा सहकार्यका विषयमा कतारसँग आग्रह गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

मध्यपूर्वी द्वन्द्वको विषयमा राष्ट्रपतिको चिन्ता

कतारका अमिर(राजा) तमिम बिन हमाद अल थानी फिलिपिन्स र बंगलादेशको राजकीय भ्रमणपछि मंगलबार नेपालको राजकीय भ्रमणमा आएका हुन् । कतारसँग ८ माघ २०३३ मा नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएयता कतारबाट मात्र नभई खाडी क्षेत्र (मध्यपूर्व)बाटै अहिलेसम्म राष्ट्राध्यक्षको स्तरमा भएको यो पहिलो भ्रमण हो ।

‘आजको विश्वको साझा समस्या भनेकै जलवायु परिवर्तनबाट हाम्रो पृथ्वीलाई कसरी सुरक्षित राख्ने ? हाम्रा हिमाललाई कसरी जोगाउने ? पानीको स्रोत कसरी बचाउने ? र वातावरण सन्तुलन कसरी राख्ने भन्ने नै हो, यसमा सबैको सहकार्य हुन जरुरी छ, यो मानव अस्तित्वको विषय छ, विशेषगरी विकसित मुलुकहरू यस विषयमा बढी गम्भीर हुनुपर्छ भन्ने म ठान्दछु,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

त्यस्तै, राष्ट्रपति पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग आग्रह गरेका छन् । गत ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी विपीन जोशी बेपत्ता छन् । सो अवसरमा कतारका अमिरले यस’boutमा विगतमा पनि चासो लिएर पहल गरेको र यस’boutमा थप पहल गर्ने पनि बताएका थिए ।

भेटवार्तामा कतारका अमिरले नेपालका लागि गर्न सकिने थप सहयोगमा चासो राखेका थिए । राष्ट्रपति पौडेलले भने मध्यपूर्वको द्वन्द्व’bout चिन्ता रहेको बताएका छन् । राष्ट्रपति पौडेलले मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरणले चिन्तित तुल्याएको बताए । पौडेलले त्यस क्षेत्रमा युद्धको अन्त्य र शान्ति पुनस्र्थापनाको कामना गर्दै कतारले शान्ति स्थापनाका लागि खेल्दै आएको भूमिकाको प्रशंसा गरे ।

राष्ट्रपति पौडेलले राजनीतिक रूपान्तरणका मुद्दाहरू टुंगोमा पुगेसँगै नेपाल अब आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गर्दै विकास र समृद्धि हासिल गर्ने नेपालको प्रयासमा कतारको सहयोग निरन्तर रहने विश्वास पनि व्यक्त गरेका छन् ।

त्यस्तै, कतारका अमिर अल थानीले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनीकरणसम्बन्धी सम्झौता सबै मिलेर पालना गरे राम्रो परिणाम आउने र सुखद् वातावरण तयार हुने बताए । उनले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्र पहिचानका लागि यो भ्रमण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै, नेपाल र कतारबीच सदैव सुमधुर सम्बन्ध रहिआएको बताउँदै राष्ट्रपति पौडेलले हाम्रा सम्बन्ध मित्रता, आपसी सम्मान, विश्वास र सद्भावमा आधारित रहेको स्पष्ट गरेका थिए । दुई मुलुकबीच नियमित रूपमा उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान हुने परम्परा रहिआएको र यसबाट द्विपक्षीय सम्बन्धको विस्तारमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस ऐतिहासिक भ्रमणले नेपाल र कतारको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताएका थिए ।

राष्ट्रपति पौडेलले राजनीतिक रूपान्तरणका मुद्दाहरू टुंगोमा पुगेसँगै नेपाल अब आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गर्दैै विकास र समृद्धि हासिल गर्ने नेपालका प्रयासहरूमा कतारको सहयोग निरन्तर रहने विश्वास पनि व्यक्त गरेका थिए ।

को–को सहभागी छन् भ्रमण दलमा ?
भ्रमण दलमा कतारको प्रशासनिक मामिला हेर्ने अमिरी दिवान प्रमुख शेख साउद बिन अब्दुल रहमान, यातायातमन्त्री जसिम बिन सैफ अल सुलाती, वाणिज्य तथा उद्योगमन्त्री शेख मोहम्मद बिन हमाद बिन कासिम, परराष्ट्र राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखी छन् ।

यसैगरी, अमिरी दिवानको अध्ययन र अनुसन्धान विभागका निर्देशक साद बिन नासेर अल काबी, कतार लगानी प्राधिकरण (क्यूआईए)को एसिया र अफ्रिका लगानी प्रमुख शेख फैसल बिन थानी अल थानी, परराष्ट्र मन्त्रालयको एसिया मामिला विभाग प्रमुख युसुफ सुल्तान लाराम, अमिरको स्वकीय सचिवालयका प्रमुख बिन घनिम अल्होदैफी, राजदरबारको समारोह विभागका सहायक निर्देशक तलाल बिन अल्मास अल सुलती तथा अमिर (राजा)का निजी सहायक मन्सुर फलेह अल–हजरी भ्रमण दलमा छन् ।

आज (बुधबार)को कार्यतालिका
प्रधानमन्त्री प्रचण्ड र अल थानीबीच आज (बुधबार) बिहान साढे १० बजे होटेल सोल्टीमा औपचारिक वार्ता हुने कार्यक्रम रहेको छ । सो औपचारिक वार्ताका लागि ४५ मिनेट समय तय भएको छ । सो वार्तापछि विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।

कार्यक्रम सम्पन्न भएपछि मध्याह्न १२ बजे प्रधानमन्त्री प्रचण्डले उनको सम्मानमा होटेल द्वारिकामा दिवा भोज आयोजना गर्नेछन् । दिवा भोजमा सहभागी भएपछि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ । निजी विमानमा आएका उनी दिउँसो २ बजे कतारको दोहाका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

दक्षिण एसियामा पहिलो श्रम सम्झौता गर्ने मुलुक कतार
नेपाल र कतारबीच ८ चैत २०६१ मा श्रम सम्झौता भएको थियो । नेपालले श्रम सम्झौता गरेको विश्वकै पहिलो मुलुक कतार हो । तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर गरेका थिए । दक्षिण एसियामा कतारसँग पहिलो श्रम सम्झौता गर्ने मुलुक नेपाल हो ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनमा सहमति हुन सकेन, कैलालीमा सवै दलको उम्मेदवारी दर्ता