आफूमाथि विजय प्राप्त गर्नुहोस्

१. अतितका बाररेमा धेरै नसोच । भविष्यको ’boutमा पनि कमै चिन्ता गर । आफूलाई वर्तमानमा केन्द्रित गर । त्यसैले विगतको समीक्षा र आगतको सोच निर्माण गर्न मार्ग प्रशस्त गरिहाल्छ ।

२ं मानिसका लागि स्वस्थ रहनु पहिलो कुरा हो । स्वस्थ रहनका लागि पहिलो कुरा त शरीर स्वस्थ रहनु पर्छ । शरीर स्वस्थ राख्ने जिम्मेवारी मानिसको हो । शरीर स्वस्थ रहेमा मात्र सोच र मन पनि स्वस्थ रहन्छ ।

३. सही कामजस्तै सबै गलत कामले मनमा आश्रय लिन्छन् । मानिसको मन स्वच्छ र अप्रदुषित भए गलत कामले स्थान नै पाउँदैन ।

४. हजारौं खोक्रा शब्दभण्डार भन्दा एउटा मात्र शब्द धेरै गुणकारी र हितकारी हुन्छ । यस्तो शब्दले शान्ति र सभ्यता लिएर आउँछ ।

५. मानिसले घृणा गरेर आफूभित्र रहेको घृणा सकिदैन । बरू घृणालाई प्रेम र सद्भावले अन्त्य गर्न सकिन्छ ।

६. आफूले माया गर्ने मानिसबाटै मानिस दुखी हुन्छ र पीडित पनि । जससँग सरोकार नै छैन त्यससँग केको पीडा !

७. शत्रुभन्दा खतरनाक कपटी मित्र हुन्छ । कुनै हिंस्रक जनावरले मानिसको शारीरिक नोक्सानी मात्र गर्छ, तर दुष्ट मित्रले अरूको बुद्धि–विवकेलाई पनि ध्वस्त पारिदिन्छ । यस्ता मित्रहरूसँग सावधान हुनुपर्छ ।

८. कसैले पठाएको सन्देश र शङ्कालु बानी विषाक्त र भयावह हुन्छ । यसले सम्बन्धमा खटपट ल्याउँछ । मित्रतामा हानी पुर्याउँछ ।

९. मानिसले आफ्नो रिसको सजाय आफै पाउँछ । रिस क्रोधमा परिणत हुनासाथ ठूलो नोक्सानी हुन्छ ।

१०. मानिसले आफूमाथि विजय प्राप्त गरेमा हजारौं लडाइँ लडे बराबरको विजय प्राप्त गर्छ ।
(‘गौतम बुद्धका उपदेश’बाट)

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतगणना धमाधमः कांग्रेस एमालेबीच नै टक्कर