भोजपुर । विश्वभरी फैलिएको कोरोना भाइरस(कोभिड–१९)को संक्रमणलाई मध्यनजर गर्दै टेम्केमैयुङ गाउँपालिका वडा नं. –३ अन्नपूर्ण ले एक लाख १२ हजारको ‘कोरोना राहत कोष’ स्थापना गरेको छ ।
स्वास्थ्य सामग्री तथा लकडाउनको कारण खाद्यन्न संकटमा परेका श्रमिक , विपन्न घर परिवार घरपरिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री वितरण गर्न राहतकोष स्थापना गरिएको वडा अध्यक्ष पूर्णप्रसाद राईले बताए । राईले भने‘ वडा कार्यालयको सकृयतामा हामीले कोरोना राहत कोष स्थापना गरेको छौ, कोषको रकमबाट विपन्न तथा संकटमा परेका परिवारलाई राहत दिने लक्ष्य छ ।’
अध्यक्ष, वडा सदस्यहरु स्थानीय वुद्धीजिबी लगाएतको सहयोगमा एक लाख १२ हजारको राहतको स्थापना गरिएको हो । वडाध्यक्ष पूर्णप्रसाद राईको संयोजकत्वमा १७ सदस्य कोरोना भाईरस रोकथाम तथा नियन्त्रण समन्वय समिति समेत गठन गरिएको छ ।
त्यस्तै कोरोना रोक्थाम तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाईएको वडा अध्यक्ष राईले जानकारी दिए । ‘हामीले कोरोना विरुद्ध उच्च सतर्कता अपनाएका छौ, विषेश गरेर विदेशबाट आएका ब्यक्तीहरुलाई होम क्वारेन्टाईमा राख्ने व्यवस्था मिलाएका छौ, एक टोलबाट अर्कोटोल सम्म जान पनि वन्देज गरिएको छ, यदि जानै परेमा अनुमति लिएरमात्र जाने व्यवस्था मिलाएका छौ ।’ वडाध्यक्ष राईले भने ।
विदेशबाट आएका ७ जना स्थानीयलाई होम क्वारेन्टाईममा राखिएको राईले बताए । राहत कोषको खाता माछापुच्छ्ररे बंैक अन्नपूर्ण शाखामा खाता खोलिएको र यस राहत कोषमा रकम जम्मा गर्न वडा कार्यालयले सबैलाई आह्वान समेत गरेको छ