काठमाडौं । नेपाल शास्त्रीय संगीत समाजले संगीता प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
ललितपुरमा हालै सम्पन्न साधारणसभाले २० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संशोधित विधानको परिच्छेद ४ को दफा १३ को उपदफा (क) बमोजिम केन्द्रीय कार्यसमिति गठन गरिएको सदस्य गंगादेवी महर्जनले जानकारी दिइन् ।
दुईवर्षे कार्यकालका लागि नयाँ कार्यसमितिमा उपाध्यक्ष जीवन आले, महासचिव गोकुल लेछर्बो लिम्बू, सहसचिव तीर्थराज पोखरेल, कोषाध्यक्ष परशुराम पौड्याल र सहकोषाध्यक्ष जोनिसा पौड्याल रहेका छन् ।
त्यस्तै, सदस्यमा श्री केसी, कृष्णकुमार खरेल, पार्वती घिमिरे, यतिराज अधिकारी, सुजता बराल, हेमराज पुन, थानेश्वर गौतम, कुन्दन पाठक, नरेश प्रजापति, विजयकुमार दर्लामी मगर, विष्णुबहादुर विक, ईश्वर मागीया, प्रभा बर्तौला र गंगादेवी महर्जन रहेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)






