को सफल को असफल ?

केही दिनअघि मैले यसै स्तम्भमा बीपी कोइरालाको राजा वीरेन्द्रसँगको पहिलो भेटका ’bout लेखेको थिएँ । युवा राजाले एक पाका राजनेतालाई ‘तिमी’ भनेर सम्बोधन गरेको प्रसंग कोट्याएको थिएँ । आज त्यही भेटको अर्को एउटा अत्यन्तै चाखलाग्दो प्रसंगका ’boutमा चर्चा गर्दै छु । २०३३ सालमा राष्ट्रिय मेलमिलापको नारा दिएर बीपी नेपाल फर्किनुभएको थियो । तर, उहाँ एवं गणेशमानजीलाई समेत विमानस्थलबाट सिधै सुन्दरीजल कारावासमा लगेर राखियो । बीपीको स्वास्थ्य’bout अत्यन्तै चिन्ताजनक रिपोर्ट आएपछि र अन्तर्राष्ट्रिय जगतबाट समेत ठूलै दबाब आएपछि औषधोपचारका लागि विदेश पठाउनुअघि उहाँलाई भेटिएको थियो । पहिले त राजाले बीपीको स्वास्थ्यका ’boutमा मात्र कुरा गरेर टार्नचाहे जस्तो देखिए । तर, त्यस तहको दुई परस्पर विरोधी राजनीतिकर्मीबीचको पहिलो भेटमा राजनीतिक वार्तालाप नहुने कुरै थिएन, कुरा भयो ।

बीपीले कुराको सुरु गर्दै भन्नुभयो, ‘म जे भन्छु बिलकुल साँचो मात्र बोल्छु, सरकारका सामु शतप्रतिशत सत्य बोल्ने मानिस आउँदैनन् होला, को सफल को असफल ? सरोज मिश्र मानिस भयग्रस्त भएपछि वा लोभमा परेपछि सत्य बोल्दैन, अगाडिको मानिसलाई प्रिय लाग्ने कुरा मात्र बोल्छ, त्यसरी मिलाएर बोल्ने मानिसले प्राय झूठो बोलिरहेको हुन्छ, तर मचाहिँ पुरै साँचो मात्र बोल्छु, मलाई सरकारसँग भय वा डर छैन, न त कुनै लोभ नै छ, मानिसलाई सबभन्दा डरलाग्ने वा भय लाग्ने विषय मृत्यु नै होला, सरकारले मलाई बक्सिनसक्ने सबैभन्दा डरलाग्दो चीज मृत्यु नै हो, मैले मृत्युलाई धेरै नजिकबाट धेरैपटक अनुभव गरिसकेको छुँ र अहिले पनि मृत्युको अत्यन्तै नजिक छु ।’ बीपी प्राणघातक रोग क्यान्सर तर्फ इशारा गर्दै हुनुहुन्थ्यो । बीपीले भन्दै जानुभयो, ‘मलाई मृत्युसंग डर लाग्न छोडिसक्यो, अब रह्यो लोभको कुरो ! सरकारले मलाई बक्सिनसक्ने सबैभन्दा लोभलाग्दो बस्तु भनेको प्रधानमन्त्रीको पद हो, म जनताको अत्यधिक बहुमतबाट चुनिएर प्रधानमन्त्री भइसकेको मानिस, सरकारबाट बक्सिने प्रधानमन्त्री पद म खाँदै खान्नँ, डर र लोभ दुवै नभएको हुँदा म सत्य बोल्छु ।’

आज म कांग्रेसकै नेताहरूको मात्र कुरा गर्दै छु । त्यसमा पनि लगभग परित्यक्त अवस्थामा पु¥याइएका वा पुगेका मातृकाप्रसाद कोइराला, सुवर्णशमशेर र सूर्यप्रसाद उपाध्याय आदिका ’boutमा केही भन्दै छैन । म त ‘सफल’का ’boutमा मात्र उल्लेख गर्दैछ

यति बताइसकेपश्चात् बीपीले राजालाई भन्नुभएछ, ‘नेपाल भन्ने राष्ट्र नरहे पनि मेरो मोरङको सानो घरजग्गा खेत सम्पत्ति आदि रहन्छ, म त्यहाँ खनजोत गरेर बस्छु, म अर्कै नामको राष्ट्रको राजनीति पनि गरिरहनसक्छु, तर नेपाल राष्ट्र रहेन भने सरकारचाहिँ राजा रहिबक्सन्न ।’ बीपीका यी कटुसत्ययुक्त वचन सुनेपछि राजा वीरेन्द्र उत्तेजित भएका थिए भनिन्छ ।

बीपी कोइराला आधुनिक नेपालको सबैभन्दा अग्लो व्यक्तित्व थिए र अझै हुन् भन्दा फरक नपर्ला । बीपीलाई ‘महामानव’ आदि इत्यादि भन्दै महिमामण्डित पनि गरिन्छ । व्यक्तिगत रूपमा म कसैलाई पनि त्यसखाले उपमा दिएर देवत्वकरण गर्ने पक्षमा छैन ।

कुनै पनि मानिसमा मानवीय कमजोरी हुन्छ र बीपीमा पनि थियो होला । त्यसैकारण उहाँलाई पनि मानव मात्रै भन्न रुचाउँछु, महामानव होइन । सम्पूर्ण रूपमा काम, क्रोध, लोभ र मोह त्याग्नसक्ने व्यक्ति त मानव रहन्न, भगवानको दर्जामा उक्लिन्छ । बीपी पनि मानव मात्रै हुनुहुन्थ्यो ।

कुनै पद वा शक्तिका हिसाबले होइन, आमजनताका नजरमा आदरका हिसाबले नेपालका सार्वजनिक व्यक्तिहरूमध्ये बीपी सबैभन्दा अग्लो किन हुनुभयो त ? जवाफ हो – डर, लोभ र मोहको मात्रा उहाँमा सबैभन्दा कम थियो, हुँदै नभएको होइन होला ! डर र लोभप्रति उहाँको अनाशक्त भाव एकै दिनमा विकसित भएको पनि होइन । परिस्थिति, बाध्यता र व्यक्तिगत दृढताले पनि निकै भूमिका खेलेको हुनसक्छ । माथि उल्लिखित वार्तालापका क्रममा राजा वीरेन्द्र किन उत्तेजित भए त ? त्यो फगत सत्यसँग साक्षात्कार भएको अवस्थामा त्रासका कारण थियो !

जनमानसका बीच आदरका हिसाबले गणेशमान सिंहले पनि निकै उँचो शिखर चुम्नुभएकै हो । पद र पदबाट आर्जन हुने शक्तिका हिसाबले त गणेशमानजीले प्राप्त गर्नुभएको सफलता एकदमै कम हो । उहाँ मन्त्रीसम्म मात्र बन्नुभएको हो । तर, जनस्तरको आदरका हिसाबले कुरा गर्ने हो भने उहाँले निकै माथिल्लो स्थान पाउनुभएको हो । किन त ? पुनः उही कुरा आउँछ – डर र लोभबाट मुक्ति ! गणेशमान सिंहमा डर भन्ने वस्तु त छँदै थिएन भनेर नै धेरैले मान्लान् । लोभको कुरा गर्ने हो भने हातमा आएको शक्तिशाली प्रधानमन्त्री पद आरामसँग छोड्नु भनेको चानचुने कुरो हो र ! यही कारण गणेशमानजीले त्यो स्थान हासिल गर्नुभएको हो । तर, यहाँनेर एउटा प्रश्न आउँछ – गणेशमानजी बीपीको स्थानमा पुग्नुभयो त ?

जनस्तरबाट आदर आर्जनका दृष्टिले मापन गर्ने हो भने बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला क्रमैसँग आउनुहुन्छ । वर्तमान कांग्रेस नेतृत्वलाई त लिस्टमा समावेश गर्नुको कुनै अर्थै छैन । किन त ? ध्यान दिएर हेर्ने हो भने यी चार व्यक्तिमा निहित डर र लोभको मात्रा माथिबाट तल हुँदै बढ्दै गएको पाइन्छ । तर, अत्यन्तै चाखलाग्दो विषय के हो भने राजनीतिक सफलता वा पद र शक्ति प्राप्तिका दृष्टिले हेर्ने हो भने बीपीभन्दा गणेशमानजी, गणेशमानजीभन्दा किसुनजी र किसुनजीभन्दा गिरिजाबाबु सफल देखिनुहुन्छ

मलाई लाग्छ यसको उत्तर मिश्रित आउनेछ । कतिपयले गणेशमानजीलाई बीपीभन्दा माथि राख्न पनि रुचाउलान् । तर, बहुमतले गणेशमानजीलाई बीपीभन्दा एक तह मुनि नै राख्लान् कि ! किन त ? सायद डर र लोभको लेखाजोखा गर्ने हो भने बीपीमा भन्दा गणेशमानजीमा बढी डर र लोभ थियो कि ! गणेशमानजीले त्याग गर्नुभएको प्रधानमन्त्री पद वास्तवमा ‘सम्हाल्न सक्दिनँ’ भन्ने हिनताग्रस्त त्रासका कारण पो थियो कि ! गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि गणेशमानजीले उठाउनुभएको ‘ब्राह्मणवाद’जस्तो मुद्दा वास्तवमा पदत्याग गरेको महानता हासिल गर्दै कार्यकारी आधिकार पनि उपभोग गर्ने लोभको परिणाम पो थियो कि ! आज म कांग्रेसकै नेताहरूको मात्र कुरा गर्दै छु । त्यसमा पनि लगभग परित्यक्त अवस्थामा पु¥याइएका वा पुगेका मातृकाप्रसाद कोइराला, सुवर्णशमशेर र सूर्यप्रसाद उपाध्याय आदिका ’boutमा केही भन्दै छैन । म त ‘सफल’हरूका ’boutमा मात्र उल्लेख गर्दै छु ।

आमजनताबीच आदरका दृष्टिले हेर्ने हो भने कृष्णप्रसाद भट्टराई अर्को शिखर चुमेको नाम हो । किसुनजी सन्तका रूपमा चिनिनुहुन्छ र उहाँका सुराही र ट्यांका त प्रसिद्ध ब्रान्ड नै हुन् । उहाँलाई आर्थिक रूपमा एकदमै चोखो र कुनै लोभ नभएको व्यक्तिका रूपमै चिनिन्छ । किसुनजीलाई भययुक्त मानिस भनेर पनि कसैले औंला ठड्याउन सक्दैन नै । तर, पनि बीपी वा गणेशमानजीका तुलनामा किसुनजीले आर्जन गर्नुभएको आदरभाव कम छ भनेर भन्दा अत्युक्ति नहोला । किन ’twas ? किसुनजीलाई नजिकबाट भोग्ने र चिन्नेहरूले मान्लान् – उहाँमा एक हदको क्रोधको भाव अत्यधिक पाइन्थ्यो । अनि त्यो क्रोध किन त ? विशेषतः श्रीमद्भगवत गीताका अध्येता एवं उपासक किसुनजीमा क्रोधको मात्रा किन ? कतै त्यो आफ्ना समकालीन नेताहरूको व्यक्तित्वका कारण जन्मेको कुण्ठा, अनि त्यो कुण्ठाबाट क्रोध र मोहको सम्मिश्रण जन्मेको त होइन ? सायद उहाँलाई सधैं आफू ‘छायामा परेको’ अनुभव भइरह्यो र त्यसैकारण क्रोध पनि र सायद प्रतिष्ठाप्रतिको मोह पनि !

अब सफलता शिखर चुमेका अर्का कांग्रेसी नेताको कुरा गरौं । उहाँ हुनुहुन्छ– गिरिजाप्रसाद कोइराला । गिरिजाबाबुले आदरभावका दृष्टिले हेर्ने हो भने माथि उल्लिखित तीन नेताभन्दा अत्यन्तै कम अंक प्राप्त गर्नुहुन्छ भन्दा फरक नपर्ला । उहाँले डरलाई धेरै मात्रामा जित्नुभए पनि जीवनभर असुरक्षाको भावनाले ग्रस्त रहनुभयो । अनि लोभ ? लोभ र मोह त उहाँको व्यक्तित्वको अभिन्न अंग नै रह्यो । जीवनको उत्तराद्र्धमा उहाँले देखाउनुभएको पुत्रीमोह त जगजाहेर नै छ । वर्तमान कांग्रेस नेतृत्वका ’boutमा कुरा गरेर माथिका चार नेतासँग दाँज्नु त घोर अन्याय नै हुन्छ । कतिबेला आफू वा आफ्नी श्रीमती थुनिएलान्जस्तो त्रास र जेजस्तो अवस्थामा पनि पुनः ‘एकपटक’ र सधैं नै ‘पुनः एकपटक’ प्रधानमन्त्री बन्ने लोभका ’boutमा केही लेखिरहन जरुरी नै छैन ।

जनस्तरबाट आदर आर्जनका दृष्टिले मापन गर्ने हो भने बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला क्रमैसँग आउनुहुन्छ । वर्तमान कांग्रेस नेतृत्वलाई त लिस्टमा समावेश गर्नुको कुनै अर्थै छैन । किन त ? ध्यान दिएर हेर्ने हो भने यी चार व्यक्तिमा निहित डर र लोभको मात्रा माथिबाट तल हुँदै बढ्दै गएको पाइन्छ । तर, अत्यन्तै चाखलाग्दो विषय के हो भने राजनीतिक सफलता वा पद र शक्ति प्राप्तिका दृष्टिले हेर्ने हो भने बीपीभन्दा गणेशमानजी, गणेशमानजीभन्दा किसुनजी र किसुनजीभन्दा गिरिजाबाबु सफल देखिनुहुन्छ । डर र लोभका ज्युँदा उदाहरण शेरबहादुरजी त सायद सफलतामै गनिन्छन् होला !

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा निवासमा प्रचण्डलाई यो हदसम्मको बेवास्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिमका २ नगरपालिका हाक्ने जिम्मेवारी महिला जनप्रतिनिधिको काँधमा