बारा । बारामा एक जना पूर्व वडाध्यक्ष आगलागी पिडितको सहारा बनेका छन् । फेटा गाउपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष जय प्रकाश दास अग्नी पिडितका सहारा बनेका हुन ।
बैशाख २० गते फेटा गाउपालिका वडा नम्बर १ चिल्झफटी गाउँमा आगो सल्केर चार वटा घर जलेर पुर्ण रूपमा खरानी भएको पूर्व वडाध्यक्ष दास बताउछन । आगो लागेको सुचना हावा झै फैलिए पछि करिव ८ किलोमिटर पश्चिम छिमेकी जिल्ला पर्साको विरगंजबाट वारुणयन्त्र मगाएर आगोलाई पुरा गाउँमा फैलिनबाट जोगाएको उनले बताए ।
सुख्खा मौसममा हावाहुरी अत्यधिक हुने भएकोले आगलागीको घटना बढेको दासले बताए । आफ्नै पालिकामा वारुणयन्त्र भएको भए केही हद सम्म आगलागीबाट केही घरलाई जोगाउन सकिने उनले बताए ।
हेर्दा हेर्दै चार वटा फुसको घर जलेर खरानी भएको पूर्व वडाध्यक्षले बताए । घटना जानकारी पाउने बितिकै यस्तो दुखद घटनामा आफु जितेको जनप्रतिनिधि नभए पनि आगलागी पिडितलाई सहयोग गरेको दास बताउछन ।
पूर्व मन्त्री जितेन्द्र सोनल, उपकार सेवा नेपाल, वीरगन्ज कपडा बैक, मानव सेवा आश्रम, समाजसेवी प्रकाश थारू लगायत विभिन्न सहयोगी हाथहरूले खाद्यान्न, लताकपडा, भाँडाकुँडा लगायतका समाग्री दिएको उनले बताए ।
वडा नम्वर १ मा आउने हरेक विपतमा दास ढाल बनेर खडा भएका छन् । विस २०७५ सालमा आएको ट्रोनाल्डो ( हावाहुरी ) मा रातदिन खटेर वडावासीको दुखमा मल्हम लगाएका थिए । सयौ घरपरिवार घर विहिन भएपछि आफु लगायत विभिन्न दातृ निकायसँग समन्वय गरि सहयोग गराएका थिए ।
त्यस्तै विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरससंग पनि समाजको लागि पूर्व वडाध्यक्ष दास ठुलो लडाई लडेका थिए । कोरोनाकालमा अति आवश्यक वस्तु घर घर मै पुर्याएका थिए । स्वास्थ्य समाग्री, कोरोनाको खोप लगायत सम्पूर्ण वडावसीको दुखमा सहयोगी भुमिका खेलेका थिए ।
आफु समाजको सेवक भएकोले नै हावाहुरी, कोरोना देखि अग्नी पिडितको सहारा भएको बताए । विपत व्यवस्थापनमा उत्कृष्ट गरे वापत मधेश प्रदेशका तत्कालीन मुख्य मन्त्री लालबाबु राउत गद्दीले प्रशंसा पत्र सहित उत्कृष्ट अवार्डले पूर्व वडाध्यक्ष दास सम्मानित भएका थिए ।
आगलागीमा परेर चार घरपरिवार विस्थापित भएका छन् । आगलागीमा परेर स्थानीय ४० वर्षीय सुदर्शन ठाकुरको घरपरिवार ममता देवी, प्रिती कुमारी, प्रितम कुमार, रितम ठाकुर, ७० वर्षीय बुधिया देवी, ७० वर्षीय मैना कुमारीका घरपरिवार मेलालाल ठाकुर, अनिता ठाकुर, राजा ठाकुर, लालमुनी कुमारी, मधु कुमारी र श्रीलाल राउत कुर्मी, शोभा देवी, सुजित कुमार, अजित कुमार, काजल कुमारी रहेको प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी गराएका छन् ।
कुनै किसिमको मानवीय क्षति नभए पनि आगलागीमा चारै घर परिवारको लता कपडा, पैसा, अन्न लगायत लाखौको क्षति भएको प्रहरीको तथ्यांकले देखाउछ ।
आगलागी पिडितलाई स्थायी रूपमा बासस्थान, शौचालय निर्माण गराउन सम्बन्धित निकायलाई खबरदारी गर्ने दास बताए । आगलागीमा परेर चार घरपरिवारको अति आवश्यक नागरिकता, जग्गाधनी प्रमाणपत्र लगायतको जलेका कागजातहरू ’bout स्थानीय निकायमा छलफल गरि जिल्ला प्रशासन मार्फत बनाउने पहल गर्ने पूर्व वडाध्यक्ष दासले बताए ।