अनमोललाई फर्की फर्कीमा अबसरसँगै चुनौती

काठमाडौं । अभिनेता अनमोल केसी १५ महिनापछि अब चलचित्र घरको पर्दामा आउँदैछन् । पछिल्लो चलचित्र ‘छड्के २’ सार्वजनिकपछि उनी उधोगमा बेखबर रहे । फेरी १५ महिनाको तयारीपछि बल्ल चलचित्र ‘फर्की फर्की’मार्फत रजतपटमा आउन लागेका हुन् । अघिल्लो चलचित्रमा ग्याङ स्टारको रुपमा प्रस्तुत यी अभिनेता आफ्नै रोजाईको ‘हाईफाई क्यारेक्टर’को रुपमा आउँदैछन् ।

अनमोलको चलचित्र यात्रा १० वर्षको भयो । २०७१ सालमा चलचित्र ‘होस्टेल’मार्फत यी अभिनेताले रजतपट यात्रा थालेका थिए । यो दशक वर्षमा उनले १० ओटा चलचित्रमा अभिनय गरे । उनको यो दशौं चलचित्र १० जेठमा चलचित्र घरमा आउनेछ ।

‘१०’ अँकप्रति यी अभिनेता निकै उत्साहित छन् । आफ्नो ग्रहदशा सकिएकाले यो दश अँक आफुलाई फाप्ने यिनलाई विश्वास छ,‘दश वर्षको यात्रामा मेरो एउटा बाहेक बाँकी सबै चलचित्र सफल भए । यो दशौं चलचित्र मेरोलागि यसकारण पनि विशेष छ की यो फ्यान्ट्यासी जनरा अन्तर्गत टाईम लुप थेउरीमा निर्माण भएको छ ।’

नेपालमा कोभिड सुरु हुँदैगर्दा अभिनेता अनमोललाई निर्देशक सुयोग गुरुङले टाईभ ट्राभलको एउटा कथा सुनाएका थिए । त्यसअघि सानोमन चलचित्रको निर्देशन गरिसकेका सुयोगको त्यो कथा यी अभिनेतालाई पृथक लाग्यो,‘कथालाई स्र्कपटमा ढाल्न उहाँलाई तीन वर्ष लाग्यो । जब मैले फाईनल स्कृप्ट सुनेँ । त्यसपछि केही नसोची यो चलचित्रमा आबद्ध भएर काम गरेँ ।’ अनमोलले भने ।

सन १९४७ मा निर्मित रिपिट पर्फमेन्सबाट टाईम लुप अर्थात टाईम ट्रालर जनराको चलचित्र निर्माण सुरु भएको हो,‘नेपालमा यो जनरामा पहिलो पटक चलचित्र फर्की फर्की निर्माण भएको छ । मेरो एक दशक लामो चलचित्र यात्रामा टाईम लुप थेउरीको पहिलो नेपाली चलचित्रमा काम गर्न पाउँदा निकै उत्साहित छु ।’ अभिनेता अनमोलले भने,‘यो चलचित्रको छायाँकनका क्रममा एउटै दृष्यलाई फरक फरक मुडमा चार पटकसम्म खिच्नु पर्दा टिमका अरु कलाकार र प्राविधिकहरुले के भईरहेको छ भनेर बुझ्न सकिरहेका थिएनन् । उहाँहरुलाई एउटै सेटमा दुई तीन वटा चलचित्रको छायाँकन भईरहेको झै लागेको थियो ।’

अभिनेता अनमोललाई पनि सुरु सुरुमा के गरिरहेको छु भनेर कन्फ्युज नभएको हैन । यो चलचित्रको छायाँकनमा सबैभन्दा ठुलो चुनौती भनेकै ‘कन्टयुनिटी’लाई एकदमै ध्यान दिनुपर्ने पनि अनमोलले खुलाए । चलचित्रमा काम गर्दा चुनौतीसँग रमाईलो भएको पनि यी अभिनेताले सुनाए ।

यो चलचित्रमा अनमोलको नायिकाको रुपमा अभिनेत्री जसिता गुरुङ छिन् । यस अघि तीनवटा सफल चलचित्र दिईसकेकी जसितासँग काम गर्दा निकै सहज भएको अनमोलले बताए । सहकार्यका क्रममा जसिताबाट केही कुराहरु सिक्ने अबसर पाएको पनि अभिनेताले जनाए,‘मैले यस अघि ७ वटा चलचित्रमा त डेब्यु नायिकाहरुसँग काम गरेँ । उहाँहरुसँग काम गर्दा नयाँ भएका कारण केही अप्ठेरो हुन्थ्यो भने जसिताजीसँग काम गर्दा उहाँको पर्फेक्ट क्यारेक्टरबाट मेरो क्यारेक्टर डेभलपमा थप उर्जा मिल्यो ।’

अनमोल आफुलाई काम बोल्ने स्वभावको रुपमा लिन्छन् । आफ्ना कतिपय कुराहरु उनले खुलेर वुवा (भुवन केसी) तथा घरका अन्य परिवारलाई भन्न सक्दैनन् । चलचित्र फर्की फर्कीमा पनि उनले यस्तै चरित्र निर्वाह गरेका छन्,‘मेरो प्यारेन्स मात्र हैन, हरेक प्यारेन्सले चलचित्र फर्की फर्की हेर्दा छोरा छोरीले आफुबाट कस्तो चाहना राख्छन भन्नेकुरा बुझ्नु हुन्छ । त्यसैले आफ्ना छोराछोरीको चाहना बुझ्नकोलागि अभिभावकहरुलाई यो चलचित्रले पक्कै मद्धत गर्नेछ ।’ अनमोलले भने ।

१० जेठमा अनमोलको फर्की फर्कीसँगै तीन अभिनेता (आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह)को चलचित्र पुजार सार्की सिनेमा घरमा रिलिज हुँदैछ । स्टार कलाकारहरुको यसरी एकसाथ चलचित्र आउनुलाई अनमोलले चुनौती र अबसर दुबै मानेका छन्,‘उहाँहरुसँग मेरो चलचित्र यसअघि एकैपटक रिलिज भएको थिएन । यसपटकसँगै रिलिज हुने भएकाले दर्शकले दुबै चलचित्रबाट फरक स्वाद पाउनु हुनेछ भन्ने विश्वास मैले लिएको छु ।’

यो चलचित्रका निर्माता रोहित अधिकारीको विचारसँग अनमोल केसी पनि सहमत छन्,‘रोहित दाईले भने झैं नेपालमा अहिले रहेका मल्टिप्लेक्स थिएटर र दर्शकहरुको अबस्था हेर्दा दुई वटा चलचित्र बजारमा एकसाथ राम्रै खपत हुन्छ । बजार मागलाई हेर्दा दुई चलचित्रसँगै आउनुलाई म जुधेको मान्दिन, यो त मिडियाले दिएको ट्याग मात्र हो ।’ अनमोलले भने ।

एकै पटकमा दुई चलचित्रमा अनुबन्धित भएर समय नदिएको र केही समयपछि त्यो चलचित्रको पेस्की फिर्ता गरेको आरोप अनमोलले बिगतमा खेप्नु रहेको थियो । तथापि उनलाई आहिले पनि आधा दर्जन स्कृप्टले पर्खिरहेका छन् । ती कुनैमा पनि उनी आबद्ध छैनन् । अहिले उनीसँग फर्की फर्की बाहेक अरु चलचित्र पनि छैन,‘अहिलेलाई म पूर्ण रुपमा जेठ १० गतेको प्रतिक्षामा छु । यो चलचित्र रिलिज भएर यसको नतिजा आएपछि मात्र अर्को चलचित्रमा अनुबन्धित भएर काम गर्नेछु ।’ यी अभिनेताले भने ।
तस्बिर: बद्री थापा

तपाइको प्रतिक्रिया
(Visited 119 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दिनभर छलफल तर जुटेन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् निर्वाचन आयाेगले स्पष्टीकरण साेधेका उम्मेदवार (सूचीसहित)