फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेडको उत्पादन बजारमा आएन

भटमासका उत्पादन बजारमा ल्याउने तयारीमा रहेको फार वेस्र्टन एग्रो जाईन्ट लिमिटेड डडेल्धुरा । तस्बिरः सम्झना पाण्डेय ।

डडेल्धुरा । भटमास प्रशोधन गरी विभिन्न उत्पादन बजारमा ल्याउन गरी निर्माण गरिन थालिएको फार वेस्टर्न एग्रो जाईन्ट लिमिटेडले आफ्ना उत्पादन अझै बजारमा ल्याउन सकेको छैन । सुदूरपश्चिम प्रदेशकै ठूलो भटमास प्रशोधन उद्योगले परीक्षण उत्पादन गरेको डेढ वर्षसम्म पनि आफ्ना उत्पादन बजारमा ल्याउन नसकेको हो ।

करिब छ करोड रकम लगानी भइसकेको फारवेस्टर्न एग्रो जाइन्ट लिमिटेडले उपकरण जडान गर्न नसक्दा उत्पादन बजारमा ल्याउन सकेको छैन । ७७७ जना शेयर सदस्य रहेको उद्योगमा सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रकम अनुदान सहयोग गरिसकेको छ ।

भटमास प्रशोधन गरि तेल, मस्यौरा, पिनालगायतका उत्पादन गर्ने लक्ष्यका साथ उद्योग स्थापना गरिएपनि उपकरण (प्लान्ट) ल्याउन भएको ढिलाइका कारण उत्पादन बजारमा ल्याउन नसकेको उद्योगका अध्यक्ष धर्म ऐरले बताउनुभयो । उहाँका अनुसार उद्योगलाई आवश्यक उपकरण भारतमा (प्लान्ट) नपाईएपछि चीनबाट अर्डर गरि डडेल्धुरा पुगाईएका छन । अमरगढी नगरपालिका १ मौरडाको १३० रोपनी जमिनमा स्थापना गरिएको उद्योगमा हाल उपकरण (प्लान्ट) जडानको काम भईरहेको छ ।

उद्योगको परीक्षण उत्पादन २०७९ साल कात्तिक २७ गते गरिएको थियो । मस्यौरा (सोयबिन) को परीक्षण उत्पादन सुरु भएको जानकारीसहित उद्घाटन गरिएको भएपनि त्यसको १६ महिनासम्म उद्योगले उत्पादन भने सुरु गर्न सकेको छैन ।

फारवेस्टर्न एग्रो जाइन्ट लिमिटेडका अध्यक्ष धर्म ऐरका अनुसार उद्योगमार्फत उत्पादन अझै सुरु गर्न नसकिएको हो । ‘भौतिक संरचना निर्माण गरेर सोया मस्यौरा बनाउने र तेल रिफाइनिङ गर्ने प्लान्ट जडानको कार्य सकिएको छ,’ उनले भने, ‘तेल पेल्ने प्लान्ट जडानको प्रक्रियामा छ । त्यसैले उद्योगमार्फत उत्पादन गर्न अझै दुई महिनासम्म लाग्न सक्ने देखिन्छ ।’ उहाँका अनुसार १५ महिना अगाडि उद्योगमार्फत सोया मस्यौराको परीक्षण उत्पादन गरिएको थियो । तर अहिले सोया मस्यौरा उत्पदान पनि नगरिएको व्यवस्थापक उनले बताए ।

२०७९ मंसिर गते भएको प्रदेशसभा निर्वाचनका लागि फारवेस्टर्न एग्रो जाइन्ट लिमिटेडका तत्कालिन अध्यक्ष डा. तारा जोशी डडेल्धुराबाट उम्मेदवार यिए । निर्वाचनको ठिक एक साता अगाडि कात्तिक २७ गते उक्त उद्योगले परीक्षण उत्पादन सफल गरेको भन्दै उद्घाटन गरिएको थियो । ‘यो उद्योग मेरो कन्सेप्टअनुसार सुरु भएको हो । यसमा सबै राजनीतिक दलका साथीहरूको पनि साथ छ,’ परीक्षण उत्पादन उद्घाटन समारोहमा जोशीले भनेका थिए ।, ‘भौतिक पूर्वाधार निर्माणका कामसँगै परीक्षण उत्पादन तथा उद्योग उद्घाटन भएको छ ।’

फारवेस्टर्न एग्रो जाइन्ट लिमिटेडका अध्यक्ष ऐरका अनुसार उद्योगमा हाल सम्म शेयर सदस्यहरुको तीन करोड, बैंकको ऋण दुई करोड र सुदूरपश्चिम प्रदेश कृष मन्त्रालय, कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकिकरण भटमास जोनबाट भवन निर्माण र उपकरणमा गरि एक करोड रकम अनुदान प्राप्त भई खर्च भएको छ । उद्योगले जग्गा खरिद गरि, भवनहरु निर्माण, उपकरण खरिद, भटमास खरिद, बिजुली जडानमा उक्त खर्च गरेको छ । उद्योग सम्म पुग्न करिब एक किलोमिटर सडक कालोपत्रे समेत भईरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन सर्ने हल्लाले आयोग रुष्ट