नीति तथा कार्यक्रममा बिदेशी चलचित्र छायाँकनलाई महत्व

काठमाडौं । नेपाल सरकारको नीति कार्यक्रममा हरेक वर्ष नेपालमा स्टुडियो निर्माण गर्ने तथा बिदेशी चलचित्रलाई छायाँकन गर्न नेपाल बोलाउने भन्ने कुरा उल्लेख गरिएको छ । यो कुरा यसपटकको नीति तथा कार्यक्रममा पनि प्रस्तुत गरिएको छ । यो कुराप्रति नेपाली चलचित्रकर्मीहरु भने खुसी छैनन् ।

संघीय संदसद्को मंगलबार बसेको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति कार्यक्रम प्रस्तुत गरे । सो नीति तथा कार्यक्रममा विश्वकै ठूला सिनेमा उद्योग हलिउड, बलिउडलगायत अन्तर्राष्ट्रिय सिनेमा निर्मातालाई नेपालमा सिनेमा छायांकनका लागि आकर्षित गर्ने कुरा उल्लेख गरिएको छ ।

नेपालमा चलचित्र पर्यटन प्रवर्धनका लागि यस पटकको नीति तथा कार्यक्रममा पनि बिदेशी चलचित्रलाई छायाँकनका लागि नेपाल ल्याईने प्रसँगलाई समेटिएको छ ।

राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा बलिउड र हलिउडका चलचित्र निर्मातालाई नेपालमा उनीहरुको चलचित्र छायांकनका लागि आकर्षित गर्ने जानकारी दिए । राष्ट्रपति पौडेलले उनीहरूलाई नेपालमा चलचित्र छायांकनका लागि आकर्षित गरी सिनेमा पर्यटन प्रवर्द्धन गर्ने सरकारको तयारी रहेको पनि नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा बताए । सरकारले नीति तथा कार्यक्रममा बिदेशी चलचित्रलाई नेपालमा छायाँकनको लागि ल्याईने कुरा उल्लेख गरिएकोमा नेपालका चलचित्रकर्मीहरु यो नीतिप्रति त्यति धेरै उत्साहित छैनन् । यो नीति तथा कार्यक्रमले नेपाली चलचित्रको लागि महत्व नदिएको उनीहरुको कथन छ ।

यो नीति तथा कार्यक्रम प्रति नेपाल चलचित्र निर्माता संघ खुसी छैन । संघका अध्यक्ष तथा निर्माता नवल खड्काले अहिलेको नीति तथा कार्यक्रमले बिदेशी चलचित्रको छायाँकनलाई महत्व दिएको तर नेपाली चलचित्रको विकाशमा कुनै चासो नदेखाएको बताएका छन् । उनका अनुसार यस पटकको नीति तथा कार्यक्रममा जम्मा दुई बुँदामा चलचित्र क्षेत्रलाई सीमित गरिदिएको छ । नीति तथा कार्यक्रमको ८९ र ९३ नम्बर बुँदामा चलचित्र क्षेत्र समावेश छ । त्यसमा नेपाली चलचित्रको कुरा उल्लेख नगरिएको पनि उनले बताएका छन् ।

गत वर्ष पनि नीति तथा कार्यक्रममा दोखलाको डाङडुङे डाँडामा स्टुडियो निर्माण गर्ने कार्यलाई अघि बढाउने कुरा उल्लेख गरिएको थियो । त्यो कुरा केवल नीतिमै सिमित रह्यो । अहिलेसम्म स्टुडियो निर्माण कार्य अघि नबढेको टिप्पणी चलचित्र निर्माताहरुको छ । यसपटकको नीति तथा कार्यक्रम पनि आफुहरुका लागि कगलाई बेल पाक्दा हर्ष न बिस्मात जस्तै भएको अध्यक्ष खड्काले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाेखराका सुकुम्बासी : लालपूर्जामा तमासुक गर्नेलाई भाेट