दैलेखमा चौध हजार बढी बालबालिकालाई ‘आईपीभी खोप’ लगाइने

दैलेख । जिल्लाका ११ वटा स्थानिय तहमा जेठ १३ देखि २६ गतेसम्म आईपीभी खोप लगाइने भएको छ । देशव्यापीरुपमा सञ्चालन हुन लागेको आईपीभी खोप अभियानअन्तर्गत दैलेखमा करिब चौध हजार तीस सय बालबालिकाहरूलाई आईपीभी खोप लगाउँने भएको हो ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत दैलेखमा आईपीभी खोप अभियान संचालन हुँदैछ । उक्त खोप अभियान अन्तर्गत दैलेखका ११ वटै स्थानीय तहका बालबालिकालाई पोलियो भाइरसविरुद्दको आईपीभी खोप लगाईने स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिर प्रसाद रेग्मीले बताए ।

उनले आईपीभी खोप अभियान जेठ १३ गतेदेखि तीन चरणमा सञ्चालन हुँने जानकारी दिए। पहिलो चरणमा जेठ १३ देखि १५ गतेसम्म नारायण नगरपालिका, महाबु गाउँपालिका, भैरवी गाउँपालिका र नौमूले गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । दोस्रो चरणमा जेठ १५ देखि १७ गतेसम्म डुंगेश्वर गाउँपालिका, गुराँस गाउँपालिका र भगवतिमाई गाउँपालिकामा खोप अधिकृत रेग्मीले बताए ।

तेस्रो चरणमा जेठ २१ देखि २३ गतेसम्म आठबीस नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका र ठाटिकाँध गाउँपालिकामा खोप अभियान सञ्चालन हुने जनाइएको छ ।

यस पटक २०७३ वैशाखदेखि २०७५असोजसम्म जन्मिएका बालबालिकालाई आईपीभी खोप लगाइने लक्ष्य रहेको नारायण नगरपालिका स्वास्थ्य शाखा प्रमुख लाल बहादुर खड्काले जानकारी दिए । उनले नारायणका सबै वडामा १३ देखि १५ गते सम्म खोप अभियान संञ्चालन हुने बताए । उनले सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन सबैलाई सहयोग गर्न समेत अनुरोध गरे ।

तपाइको प्रतिक्रिया
(Visited 100 times, 1 visits today)

epaper

ताजा समाचार

कर्णालीमा नेकपाले एमाले नेतृत्वको सरकार नमान्ने, अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने