बारा । नेपाली कांग्रेसलाई आयोग हैन, सरकार चाहेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाएका छन् । बाराको प्रसौनी गाउँपालिको प्रशासनिक भवन उदघाटन कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्री ओलीले काँग्रेसले गृहमन्त्री विरूद्ध आयोग हैन, सरकार चाहेको आरोप लगाए ।
प्रतिपक्षीहरू नेकपा एमालेसँग डराएर संसद भवन बाहिर बोलाइएको उनले बताए । संसदमा अदालतमा दोषी ठहर भएका फेरी उम्मेदवार बन्न नसक्नेहरू संसदमा चुट्कला गर्दा देश विकासको परिकल्पना गर्न नसकिने ओलीले बताए ।
नेकपा एमाले सरकार छोडे देखि देशको अर्थतन्त्र ओरालो लागेको उनले बताए । राजनितीक अस्थिरताले देशमा उथलपुथल मचेको समेत बताएका छन् । वर्तमान सरकारले गर्दा नै बेरोजगारी बढेको पुर्व प्रधानमन्त्रीले बताए । हाल देशमा बेरोजगारीको संख्या १० लाख पुगेको उनले बताए । सरकारको वर्तमान अवस्थाले नै युवाहरू विदेशीनु परेको बताएका छन् ।
उधोगी व्यवसायीहरूले देशमै उधोगको स्थापना गरि युवा जनशक्तिलाई विदेशीनुबाट जोगाउनु पर्ने उधोगीहरूलाई अहवान गरेका छन् । देशको जनशक्ति स्वदेश मै प्रयोग गर्न सके अर्थतन्त्रमा ठुलो टेवा पुग्ने उनले बताए ।
मधेसलाई हराभरा बनाउन सबैले आ आफ्नो घर वरीपरी वृक्षारोपण गर्नु पर्नेमा ओलीले जोड दिएका थिए । वृक्षारोपणले वतावरण हरियो बनाउने वतावरण स्वच्छ बनाउन मदत पुग्ने उनले बताएका छन् । मधेशमा अहिले पानीको हाहाकार रोक्नलाई पनि वृक्षारोपण गर्न आवश्यक रहेको उनले बताए ।
संवृद्ध नेपाल सुखी नेपाल बनाउन हामी सबै आ आफ्नै ठाउबाट लाग्नुपर्ने बताए ।चक्रपात भएको बेला नेकपा सरकारले केही महिनामा घर बनाएर पिडित परिवारलाई हस्तान्तरण गरेको उनले बताए । मिसन २०८४ सफल बनाउन देशभरी एमाले जित्नेमा आफु विश्वस्त रहेको बताए ।
मधेशमा प्रयाप्त पानी हुदा पनि सिचाइमा समस्या आएको ओलीले बताए । सिचाईको समस्या नभए पनि सुख्खा रहेको बताए । खोला भए पनि त्यसको पानी संचय गर्न नसक्दा सिचाइमा समस्या भएको उनले बताए । नेकपा एमाले सरकारले सुनकोशी बाट मरिनमा पानी ल्याएर बागमतीमा झारेर सिचाई व्यवस्थित गर्ने बताए ।
असहज परिस्थितिको बावजूद प्रशानिक भवन उदघाटनमा आए यहा चाहिने भौतिक निर्माण देखि अब्बल कर्मचारीहरूको सहयोगले जनतामुखी सेवा दिने सुझाव दिएका थिए । देशको अर्थतन्त्र ओरालो लागेकोले विकास निर्माणको कार्यमा अवरोध आएको पुर्व प्रधानमन्त्रीले बताए । अर्थतन्त्रले गर्दा पुराना तथा थप्ने योजना अलपत्र परेको छ ।
उदघाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ, कृषि मन्त्री ज्वाला साह, अच्युत मैनाली, गाउपालिका अध्यक्ष विनोद जैयसवार लगायतले जनताले पाउनुपर्ने सेवा सुविधा छिटो छरितो प्रदान गर्नुपर्ने निर्देशन दिएका थिए ।
भवन उदघाटन कार्यक्रममा शुभकामना दिदै प्रमुख प्रशासकिय अधिकृत सुमित सिहले ०७८ मंसिर २४ गते शिलान्यास भएको बताए । नागार्जुन आशिका जेभी बालाजु काठमाडौंले ३ करोड ३९ लाखमा आर्थिक वर्ष ०८०\०८१ मा सम्पन्न भएको सिहले बताए । नव निर्मित प्रसौनी गाउपालिकाको प्रशासनिक भवनमा ६ कोठा महिला अपाङ्ग मैत्री शौचालय सहित भवन निर्माण गरिएको जानकारी गराए ।कर्मचारीहरू जनतालाई सहजताको साथ सेवा प्रदान गर्नमा आफु विश्वस्त रहेको सिहले बताए ।






