पाँचथर । जिल्लाको तुम्बेवा गाउँपालिका–५, मा लकडाउनका कारण घर फर्किन पनाएका एक भारतीय मजदुरको ज्यान गएको छ ।
त्यहाँस्थित निर्माणधिन पुलमा काम गर्दै आएका ती मजदुरको भीरमाथिबाट खसेको ढुंगाले लागेर ज्यान गएको हो । ज्यान गुमाउनेमा भारतको बिहार निबासी बर्ष २८ का नजबुर आलम रहेको प्रहरीले जनाएको छ ।
उनको शनिबार राती सुतिरहेको अवस्थामा सुतेको स्थानभन्दा माथिको भीरबाट झरेको ढुंगाले लागेर ज्यान गएको हो । निर्माण व्यवसायी शैलेन्द्र कुरुम्बाङका अनुसार त्यहाँ निर्माणमा काम गर्ने भारतीय मजदुर ६ वटा क्याम्पमा बस्दै आएका छन् ।
सरकारले गरेको लकडाउनका कारण निर्माणको काम नभए पनि घर फर्किन नपाउदा उनीहरु क्याम्पमै बस्दै आएका थिए । राती सामान्य बर्षा भएको र त्यहिंबेला ढुंगा झर्दा सक्त घाइते भएका उनको उपचारको लागि लैजाने तयारी हुँदै गर्दा मृत्यु भएको हो ।
उनीसँगै सुतेका अन्य चार जना भारतीय मजदुर भने सकुशल रहेको इलाका प्रहरी चौकि रविका प्रहरी निरिक्षक बिजय कार्कीले जनाएका छन् ।






