‘मापसे’पछि अब ‘लापसे’

फाइल तस्वीर

मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकलाई ‘मापसे’ गरेको भनेर सवारी नियम उल्लंघन गरेको कसुरमा सजाय गरिँदै आएको थियो । यो कुरा सर्वसाधरणलाई पनि थाहा थियो । यो कसुरमा चालक अहिले पनि पर्दै र दण्ड तिर्दै अनि बानी सुधार्दै आइरहेका पनि छन् । मापसे चेक गर्दा चालकको मुखमा ‘ब्रेथलाइजर’ नामक मेसिन राखिन्छ । चालकलाई जोडसँग स्वास फेर्न लगाउँदा मेसिनले प्रतिक्रिया देखाउँछ । यसमा मादक पदार्थ सेवन गरेको वा नगरेको संकेत देखिन्छ ।

भनिन्छ, जमाना बदलिन्छ । ‘मापसे’को जमाना अहिले ‘लापसे’सम्म पुगिसकेको छ । लापसे भनेको लागू पदार्थ सेवन हो । यसको चेकजाँच भने भिन्न तरिकाले गरिन्छ । चालकको पिसाब ‘कीट’मा राखेर यसको जाँच गरिन्छ । अहिले लापसे धमाधम समातिने क्रम जारी छ । चालकहरू नयाँ फन्दामा पर्न थालेपछि अब उनीहरूको नसा उत्रन थालेको छ । लापसे गरेर सवारी साधन चलाउँदै आनन्द लिइरहेकाहरू अब प्रहरीको नियन्त्रणमा आउँदै गरिरहेका छन् । अहिले दिनहुँजसोे चालकलाई सवारी नाकामा कुरेर यो चेक लिने गरिएको छ ।

ट्राफिक प्रहरीले काठमाडौंको नागढुंगा नाकाबाट धेरै चालकलाई नियन्त्रणमा लिने गरिरहेको छ । लापसे गरेर सवारी चलाइरहेका उनीहरू प्रहरीको आवश्यक कारबाहीमा परिरहेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले लिने गरिरहेको लापसे चेक बढी प्रभावकारी देखिएको छ । देशका विभिन्न सुदूर तथा सुगम इलाकाबाट काठमाडौं सहर भित्रिने गाडी लापसेको चक्करका कारण फसिरहेका छन् ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक टिमले चालकको पिसाब ‘ड्रग्स कीट’मा राखेर चेक गर्दा लागूपदार्थ सेवन गरेको भए प्रमाणित हुन जान्छ । प्रहरी अस्पतालका प्राविधिकको सहयोग लापसे चेक थालिएको छ । अहिले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा लापसे चेक गरिरहेको छ ।

शंकास्पद चालक लापसे चेकको छापामा पर्ने गरिरहेका छन् । कहिलेकाहीँ ‘¥यान्डम सेलेक्सन’मा पनि लापसे देखिने गरेको छ । यस्तो अवस्थामा पनि कम्तीमा २५ प्रतिशत लापसे भेटिने गरेका छन् । हालै नागढुंगामा गरिएको २५ वटा सवारी चालकमाथि चेक गर्दा ६ वटा सवारी साधनका चालकले लागूपदार्थ सेवन गरेको भेटिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ती चालक ट्राफिक प्रहरीले नियन्त्रणमा आएपछि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोटले बुझ्ने गरेको छ । चालक नै लागूपदार्थ सेवनको लतमा परेपछि यात्रा र पारवहन प्रभावित हुने प्रहरीको निक्र्योल छ । यसरी सवारी साधन चलाउनु आफैंमा नियमविपरीत तथा दण्डनीय कार्य भएको प्रहरीले ठहर गरेको छ । मापसेबाट लापसेमा आउँदा धेरै चालक यसको फन्दामा पर्ने देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुर २ फेरी अग्रता बढाउँदैं कांग्रेसका दुर्लभ थापा