नेपाललाई चलचित्र पत्रकारिता पुरस्कार प्रदानको घोषणा

पोखरा । राजधानीकर्मी विजय नेपाललाई यस वर्षको ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार–२०८०’ प्रदान गरिने भएको छ ।

पोखराका वरिष्ठ उद्योगपति तथा समाजसेवी जितप्रसाद द्वाको परिवारले स्थापना गरेको उक्त पुरस्कार चलचित्र पत्रकार संघ नेपाल, कास्कीले सञ्चालन गर्दै आएको छ ।

संघ अध्यक्ष प्रभू अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्रतिभा छनोट समितिले गरेको सिफारिसलाई अनुमोदन गरेको सचिव सन्तोष बस्यालले बताए । संघका सल्लाहकार सुरेश रानाभाट संयोजकत्वको छनोट समितिको सदस्यमा संस्थापक अध्यक्ष श्रीराम सिग्देल र कलाकार माओत्से गुरुङ तथा पदेनसदस्य अध्यक्ष अधिकारी र सचिव बस्याल थिए । पुरस्कार राशि २५ हजार र सम्मानपत्र छ ।

पाल्पा रिब्दीकोट–७, मैनादीका नेपाल झण्डै २ दशकदेखि पोखरालाई कर्मथलो बनाई निरन्तर पत्रकारितामा क्रियाशील छन् । संघका पूर्व सहसचिवसमेत रहेका अंग्रेजीमा एमए र एलएलबी गरेका छन् ।

यही १९ जेठमा संघको साधारणसभाबीच उक्त पुरस्कार प्रदान गरिनेछ । सो अवसरमा फिल्मकर्मी विनोद शेरचनलाई सम्मान गरिनेछ ।

निवर्तमान अध्यक्ष अरुण गिरी नेतृत्व कार्यसमितिले सुरु गरेको उक्त पुरस्कारबाट यसअघि श्रीराम सिग्देल, रेम विक र राजाराम पौडेल पुरस्कृत भइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कोशी सरकारविरूद्धको रिटको आज सुनुवाइ हुँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीदरवार गाउँपालिकाको अध्यक्षमा कांग्रेसका थापा निर्वाचित