मनू मखु मर्स्या

नेपालको राजनीति एक अस्वाभाविक पात्रका कारण तरंगित भएको छ । ती अस्वाभाविक पात्र अर्थात् रवि लामिछानेका कारण एक नितान्त अराजनीतिक व्यावसायिक व्यक्ति अर्थात् कैलाश सिरोहिया पनि ठुलै चर्चामा छन् । सिरोहिया नामक व्यक्तिसँग कहीँ कुनै साइनो नभएका म जस्ता व्यक्तिसमेत यो विवादमा जोडिन पुगेका छौं । म आज किन सिरोहियाको पक्षमा उभिन पुगें त ? सिरोहियालाई गिरफ्तार गर्न प्रहरी उनको कार्यालयमा पुग्ने बित्तिकै अर्थात् उनी गिरफ्तार नहुँदैमा म सिरोहियाको पक्षमा उभिन पुगें † एक नितान्त अस्वाभाविक व्यक्तिका कारण अर्का अस्वाभाविक पात्रमाथि गरिएको कारबाहीमा म मन्तव्य व्यक्त गर्न किन पुगें ? सिरोहियाको ‘दानापानी’ खाएको सम्म आरोप लाग्दा पनि किन उनको ‘पक्ष’मा उभिएँ त ?

राजधानी दैनिकको सम्पादकका रूपमा र व्यक्तिगत रूपमा पनि कैलाश सिरोहिया भन्ने व्यक्तिसँग मलाई चुन्दाम पनि मोह छैन, न कुनै स्वार्थ छ । व्यक्तिगत रूपमा त चिनजानसम्म पनि छैन । वास्तवमा कान्तिपुरको ‘दादागिरि’प्रति मलाई आक्रोश छ । म कान्तिपुरलाई सानो माछा खाने ठूलो माछा नै मान्छु । भोलि कुनै दिन राजधानी पब्लिकेसनलाई अथवा यससँग सम्बद्ध कुनै पत्रकार वा कसैलाई पनि कुनै यस्तैखाले समस्या आइप¥यो भने कान्तिपुर वा सिरोहियाले मुखसम्म खोल्नेछैनन् भन्ने मेरो ठहर हो । सायद ‘खुच्चिङ’ नै भन्लान् र ‘अत्यन्तै सानो भए पनि एउटा तगारो भत्किन लाग्यो’ नै भन्लान् †

यति सब भनिसक्दा त सिरोहियाको पक्षमा किन लाग्ने त ? प्रश्न झनै भयावह मुख बाएर खडा हुन्छ । मलाई राम्ररी थाहा छ, सिरोहिया विदेशी नागरिक होइनन् । उनको नागरिकताको प्रमाणपत्रमा प्राविधिक त्रुटिहरू होलान् । ती त्रुटिहरू कसरी भए र कसका कारण भए भन्ने विषय अनुसन्धानको विषय होला । ती त्रुटि उनले कुनै दुर्नियतबस आफ्नो प्रायोजनमा गराएका हुन् भने ऐन मुताबिक सजायको भागी पनि होलान् । त्यो दुष्कर्ममा सरकारी तालुकवालाहरूको मिलेमतो छ भने ती पनि सजायको भागी होलान् । यी विषय अदालतले निरुपण गरोस् । तर, यसभन्दा अघि यो भन्दा गम्भीर प्रकृतिको आरोप लाग्दा रवि लामिछाने नाम गरेको व्यक्तिलाई यसरी छापामार शैलीमा कठोर कदम त चालिएको थिएन । त्यसबेला रवि त प्रमाण मेटाउनसक्ने हैसियतमा थिए ।

अहिले कैलाश सिरोहियालाई किन यसरी गिरफ्तार गरियो त ? मेरो अन्तरआत्माले कैलाश सिरोहियालाई विशुद्ध नेपाली नागरिक मानेको छ उनको यसखाले गिरफ्तारीलाई नितान्त अनावश्यक र अन्यायपूर्ण मानेको छ । त्यसपछि मेरो पत्रकार व्यक्तित्वले कान्तिपुरले गत केही समयदेखि प्रकाशन गरेको एकपछि अर्को रविका दुष्कर्म र भ्रष्टाचाजन्य क्रियाकलापका ’boutमा धारावाहिक कथाहरू सम्झिन पुग्यो । अनि मैले निक्र्योल गरें– यो रवि लामिछानेको अख्तियार दुरुपयोग हो र व्यक्तिगत प्रतिशोध हो । त्यसभन्दा पनि वर्तमान सरकारको प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने कृत्य हो अनि सम्पूर्ण प्रेस जगतलाई तर्साउने प्रयास हो । ‘नाङ्लो ठटाएर बिरालो तर्साउने’ सरकारी रणनीति हो ।

मलाई राम्ररी थाहा छ रवि लामिछानेका अनन्य अन्धभक्तहरू नेपालमा अझै छन् । हेक्का रहोस्, ओलीजी रविका भक्त वा प्रशंसकमा पर्नुहुन्न । उहाँले त रविलाई सानो भँगेराको संज्ञा दिइसक्नुभएको छ ।

कांग्रेससँग गुलेली रहेनछ क्या र, तोप चलाउँदै छ † यसो कुरो बुझ्दा ओलीजी कांग्रेसलाई गुलेली उधारो दिन तयार हुनुभए जस्तो पो छ † आफैंले चलाइदिनुहुन्छ कि ? हुन त एक चोक्टा मासु पनि नहुने भँगेराको सिकार गर्न ओली तयार नहुनु होला कि † सायद उहाँले गहतको झोलमा जात फाल्नुहुन्न होला । साँच्चै भन्दै थिएँ, रविका अनन्य भक्तहरू अझै छन् । जमानत जफतको संख्यामा झरे पनि अझै छन् । त्यस जमातको स्याल हुइयाँ सुरु भइसकेको छ, अझै तीव्र हुने पक्कापक्की छ ।

स्याल हुइयाँ सानो रूपमा सुरु भइसकेको छ । अब जमानत जफत समूह एकैपटक ठूलो समूहमा जम्मा भएर सुरु गर्नेछन्– भारतीय नागरिक, भारतीय दलाल र साला… आदि इत्यादि † कैलाश सिरोहियालाई भारतीय नागरिक सिद्ध गर्ने सोसियल मिडिया ट्रायल झांगिने पक्कापक्की छ । चारैतिरबाट घेरिएका र सहकारी ठगको आरोप लागेका रवि लामिछानेलाई बचाउन अब ‘राष्ट्रवाद’को जलपले सम्भव छ भन्ने विश्वास गर्ने रणनीतिकारहरूको संयोजनमा बृहत् अभियान नै सञ्चालन हुनेमा शंका नगरे हुन्छ । यस अभियानले कैयन् सोझा नेपालीलाई प्रभावित ग¥यो नै भने पनि आश्चर्य नमाने हुन्छ । त्यस अभियानले कैलाश सिरोहियालाई भारतीय नागरिक प्रमाणित गर्ने कोसिस गर्छ र मजस्ता यस प्रकरणमा सिरोहियाको पक्षमा उभिएकालाई भारतीय दलाल सिद्ध गर्ने प्रयास गर्नेछ । सायद यो नेपालको ठूलो जनसंख्याबीच बिक्ने सिक्का पनि हो । यो महान् ‘राष्ट्रवादी’ जामा पहिरेपछि तमाम नालायकीपन, भ्रष्टाचार र दुराचार छोपिने गरेको पनि छ ।
यहाँनेर अत्यन्तै असहज र नरमाइलो कटुसत्य उल्लेख गर्नैपर्ने हुन्छ । कैलाश सिरोहियालाई ‘भारतीय नागरिक’ घोषणा गर्ने प्रयासले केही नेपालीको दिमागलाई प्रभावित गर्ने कुरामा शंका नगरे हुन्छ । केहीले अवश्य मान्नेछन्, ‘उनी भारतीय नै हुन् ।’ त्यसो हुनुको मूल कारण के हो बुझ्नुहुन्छ ? सोच्नुभएको छ ? धेरै घोत्लिनुपर्दैन । उनलाई सजिलै भारतीय नागरिक भनिदिँदा हुन्छ किनकि उनी ‘सिरोहिया’ हुन् । झा, मण्डल, यादव वा सिरोहिया थर हुने बित्तिकै स्वतः भारतीय भइहाले नि † मैले यहाँ मिश्र भनिनँ । मिश्रचाहिँ मैथिली बोल्ने मात्र त्यस वर्गमा पर्छन्, मातृभाषा नेपाली हुने मिश्रचाहिँ चोखो नेपाली हुन् †† यी थरहरू त सधैं शंकास्पद, यिनको देशप्रतिको वफादारिता झनै शंकास्पद †† तर, याद गर्नोस् † नेपाली नागरिकता त्यागेर विदेशी नागरिक बनेका रवि लामिछानेलाई के भनियो ? भनियो– वान्स नेपाली अल्वेज नेपाली † उनको वफादारितामा शंका गर्नैपर्दैन । किन थाहा छ ? पुनः जवाफ सजिलो छ– उनी ‘लामिछाने’ पो हुन् त † दौराधारी लामिछाने त निर्विवाद नेपाली हो नि †

केटाकेटीमा देखेको र सुनेको एउटा तथ्य कथ्य उल्लेख गर्दै छु । उहिले काठमाडौं उपत्यकाका घरमा भुइँतला अर्थात् छिँडीमा कोठा हुँदैनथ्यो । कसैले मूल ढोकाबाट आवाज दियो भने माथिका मानिस केटाकेटीलाई अह्राउँथे– तल को आयो हेर्नु, मानिस आयो जस्तो छ । बच्चो कुदेर जान्थ्यो र ढोका खोलेपछि बुबा काकालाई भन्थ्यो, ‘मनू मखु मस्र्या †’ अर्थात् ‘मानिस होइन मधेसी’ । तल ढोकामा देखिएको कालो वर्णको मनिसलाई त्यस बालकले मानिस नै मान्दैनथ्यो । त्यस बालकले कुनै व्यक्तिलाई नियतबस हेपेको होइन । वास्तवमा उनका बुबा वा हजुरबुबाको नियत पनि त्यस्तो थिएन होला । तर, बाल्यकालदेखि पुस्तौंपुस्ता मधेसीलाई उसले मानिस नभनी मस्र्या मात्र भन्दै आएको थियो । सायद कुनै नाक थेप्चो चिम्से आँखालाई पनि ‘सें’ अर्थात् भोटे भन्न नै उसले सिकेको थियो । भोट अर्थात् भोटका बासिन्दालाई भोटे भनिन्छ र यो मानिस नेपालको बासिन्दा हो भन्ने उसलाई हेक्का नै हुँदैनथ्यो ।

पहाडका र उपत्यकाका बासिन्दाले यो व्यवहार संस्कारका रूपमा सिक्यो । शासकहरूले यो संस्कार यति गहिरोसँग गाडिदियो कि निश्चित भाषा र भेषका मानिस मात्र नेपाली हुन्छन् । पछि त एकता बनाउने नाममा एउटै भाषा एउटै भेषको नारा स्थापित गरियो । पृथक् भाषा र भेष अनेपाली भन्ने भाष्य स्थापित गर्ने प्रयासले मुलुकलाई कहाँ पु¥याउला ? मधेसलगायत कैयन् अन्यको यो पीडा नबुझ्ने र सम्बोधन नगर्ने हो भने ‘राष्ट्रवाद’ले मुलुक ठूलो संकटमा फस्ने निश्चित छ । हेक्का रहोस्, म यहाँ कसैको कुनैखाले अपराधको ढाकछोप गर्ने प्रयास गर्दै छैन, अपराधी नै भए पनि नागरिकलाई नागरिक मानौं र उसको मुलुकप्रतिको वफादातिताप्रति प्रश्न गर्नुअघि थोरै सोचौं मात्र भन्दै छु ।

तपाइको प्रतिक्रिया
(Visited 480 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
घोडाघोडीमा दुई पक्षीय प्रतिस्पर्धा