नेपाली जैविक विविधता

हो, नेपाललाई समग्रमा जैविक विवधिताको आधारमा धनी देश मान्न सकिन्छ । ’cause हाम्रो देश नेपाल विश्वमा १९७ वट स्वतन्त्र देशहरु मध्ये भूगोलका आधारमा ९५ औं स्थानमा रहेको छ । त्यसो भए तापनि नेपाल जैविक विविताका आधारमा एसिया महादेशका देशहरुमा ११ औं स्थानमा रहेको छ । त्यस्तै गरेर जैविक विधिताका आधारमा नेपालको स्थान २५ औं रहेको छ । यसरी हेर्दा हाम्रो देश नेपाललाई जैविक विविताका आधारमा हेर्दा धेरै धनी छ भन्न सकिन्छ । भूगोलविदहरुका भनाइअनुसार हाम्र देश नेपालले विश्वको समग्र भूगोलको शून्य दशमल शून्य एक (०.०१) प्रतिशत भूमि ओगटेको छ भने एसिया महादेशको शून्य दशमलब तीन (०.३) प्रतिशत भूगोललाई ओगटेको छ ।

यसरी हेर्दाखेरि हामी नेपालीहरु हरेक क्षेत्र, चिजबिच र साधन–स्रोतहरुमा विश्वका कयौं देशहरुभन्दा धनी रहेका छौं । नेपालमा ६ हजारभन्दा बढी फुल फुल्ने वनस्पती, ५ हजारभन्दा बढी कीरा–फट्याङ्ग्रा, ३९६६ भन्दा बढी रातमा विचरण गर्ने पुतली, १८२२ प्रजातिका ढुसी, ८६७ प्रजातिका चरा, ६५३ प्रजातिका पुतली, ४७१ प्रजातिका भ्mयाउ, ३८३ प्रजातिका उन्यू, २०० प्रजातिका मकुरो, १८५ प्रजातिका माछा, ४३ प्रजातिका उभचर र, ३२ प्रकारका त गुराँस मात्रै रहेका छन् । त्यसो त सन् १९७०–१९८० मा गरिएको एक अनुसन्धानअनुसार नेपालमा ५०६७ प्रकारका वनस्पतिहरुको सूची तयार गरिएको थियो । त्यसमा ४०० वटा त स्थानीय प्रजातिका ‘भास्कुलर वनस्पति’हरु मात्रै रहेका छन् । त्यस्तै गरेर हाम्रो देश नेपालमा पूmल फुल्ने बिरुवाहरु दुइ दशमलब दुइ (२.२) प्रतिशत पाईन्छ । स्रोतः ‘नेपाल नखुलेका पाटाहरु’ नामक किताब ।

त्यस्तै गरेर भगौलिक विविधतामा पनि विश्वका अन्य देशहरुको तुलनामा हाम्रो देश नेपाल कम रहेको छैन । ’cause हाम्रो देश नेपालमा विश्वकै उच्च हिम शिखर (८ हजार आठसय अड्चालीस दशमलब छयासी ८८४८.८६) मिटरको सगरमाथा हिमाललगायत अन्य उच्च हिमाल (८ वटा ८ हजार मिटरभन्दा माथिका), मध्यम हिमाल, निम्न मध्यम हिमाल, महाभारत पहाड, चुरे पहाड, भित्री मधेस, मधेस (समथर मैदान) समेतको भूगोल रहेको छ । अझ हाम्रो देश नेपालमा ससाना मैदान, उपत्यका, टार, खोँचहरु प्नि प्रशस्तै रहेका छन् । त्यसैले हाम्रो देश नेपाल भूगोलको आधारमा पनि विश्वका कुनै देशभन्दा कम रहेको छैन भन्न सकिन्छ ।

हो, यसरी हेर्दाखेरि प्राकृतिक साधन र स्रोतहरुमा पनि हाम्रो देश नेपाल धेरै नै धनी देशको रुपमा रहेको देखिन्छ । त्यसमा पनि जडीबुटीजन्य वनस्पतीमा नेपाल विश्वका अन्य देशहरुको तुलनामा कम धनी छैन । तर, पनि हामी नेपालीहरुले अहिलेसम्म पनि नेपालका ती अधिकांश वनस्पति र वनस्पतिजन्य जडीबुटी वा भनौं औषधिजन्य जडीबुटीहरुलाई सही र पूर्ण क्षमताका साथ सदुपयोग गर्न सकी रहेका छैनौं । त्यसरी प्रयोग गर्न नसकिएको अधिकांश वनस्पति र जडीबुटी वा भनौं औषधिजन्य वनस्पतीहरुको नाम सूची धेरै लामो हुन सक्छ । त्यस्तै गरेर हाम्रो देश नेपाललाई स्थानीय हावापानी, मौसमी विविधता, जलवायु, पारिस्थितिकीय प्र्रणाली, माटोको विविधता, उचाइ आदिका हिसावले पनि धेरै धनी मान्न सकिन्छ ।

पछिल्लो पटको तथ्यांकअनुसार अहिलेको अवस्थामा आई पुग्दा नेपालको जम्मा क्षेत्रफलको लगभग १९ प्रतिशत भूमि निकुञ्ज, संरक्षण क्षेत्र, रामसार क्षेत्र, सकार आरक्षण आदिका नाममा संरक्षित क्षेत्रका रुपमा विकास र विस्तार गरिएको छ । त्यसमा राष्टिय निकुञ्ज, सिकार आरक्षण, संरक्षित क्षेत्र, मध्यवर्ती क्षेत्र (बफर जोन), रामसार क्षेत्र आदि रहेका छन् । त्यस्ता संरक्षित क्षेत्रहरुमा अन्नपूर्ण संरक्षण क्षेत्र, कञ्चनजंघा संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, कृष्णसार संरक्षण क्षेत्र, कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्र र सिकार आरक्षण क्षेत्रमा चाहिँ नेपालमा हालसम्म एक मात्रै सिकार आरक्षण क्षेत्रको रुपमा ‘ढोरपाटान सिकार आरक्षण क्षेत्र’ रहेको छ । त्यस्तै गरेर रामसारहरुमा गोक्यो ताल, बीसहजारी ताल, घोडाघोडी ताल, माईपोखरी ताल, रारा ताल, फोक्सुन्डो ताल, गोसाईँकुन्ड ताल आदि । त्यस्तै गरेर निकुञ्जहरुमा चाहिँ चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज, अपि नाम्पा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज आदि रहेका छन् ।

हालसम्म हाम्रो देश नेपालमा लगभग २९ वटा राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, सिकार आरक्षण क्षेत्र, वन्यजन्तु आरक्षणा क्षेत्र, रामसार क्षेत्र, मध्यवर्ती क्षेत्र, वन संरक्षित क्षेत्र रहेका छन् । ती राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, सिकार आरक्षण क्षेत्र, वन्यजन्तु आरक्षणा क्षेत्र, रामसार क्षेत्र, मध्यवर्ती क्षेत्र, वन संरक्षित क्षेत्रलगायत नेपालका अन्य भूभागमा वनस्पतिभित्रका विविधि प्रजातिका वनस्पतिहरु पैmलिएका छन् ।
(निनाम लोवात्तीको खोजबाट)

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाँचथरमा ५ दलित महिला सदस्य निर्बिरोध