ओलम्पिक डे २०२४ को औपचारिक शुभारम्भ

काठमाडौं । ओलम्पिक डे २०२४ को अवसरमा शनिबारदेखि नेपालमा यसको औपचारिक शुभारम्भ गरिएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)को तŒवावधानमा एनओसीअन्तर्गत रहेको स्पोर्ट्स फर अल कमिसनको आयोजनामा नेपालमा ओलम्पिक डे २०२४ को कार्यक्रम सुरु गरिएको हो । पाटन मंगलबजारमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै ओलम्पिक डे २०२४ को थालनी गरिएको हो । कार्यक्रममा स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले सो कार्यक्रममा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)को झन्डोत्तोलन गरे ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका कार्यवाहक अध्यक्ष ज्योति राणाले राष्ट्रिय झन्डा झन्डोत्तोलन गरिन् । यस्तै, कार्यक्रममा नेपाल प्रहरी ब्यान्ड टोलीबाट राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । यस्तै, दधिकोट स्कुलका छात्राबाट बाँसुरीमा मंगल धुन प्रस्तुत गरिएको थियो ।

ओलम्पिक डे हरेक वर्ष जुन २३ मा मनाइँदै आएको छ । तर, नेपालमा भने स्पोर्ट्स फर अल कमिसनले जुनको सुरुवातदेखि नै विभिन्न कार्यक्रम आयोजना गरेर ओलम्पिक डे मनाउने गरिन्छ ।

‘आजदेखि हामीले नेपालमा ओलम्पिक डे २०२४को औपचारिक सुरुवात गरेका छौं । यसअघि नै केही कार्यक्रहरू सुरु भइसकेका छन्,’ श्रेष्ठले भने ।

श्रेष्ठले स्कुलमा पढ्ने बालबालिकालाई सानैदेखि सही मार्गमा डोहो¥याउन र खेलकुद’bout जानकारी गराउन यस किसिमको कार्यक्रम गरिएको बताए । यस्तै, ड्रग र विसंगतिजस्ता खराब क्रियाकलापबाट रोक्न पनि यस कार्यक्रमले सहयोग गर्ने उनले बताए ।

श्रेष्ठका अनुसार नेपालको सातवटै प्रदेश, राष्ट्रिय खेल संघसंस्था विभागीय टोली प्री स्कुलसँग सहकार्य गरेर ओलम्पिक डेको अवसरमा विभिन्न कार्यक्रम गरिनेछ । यस्तै, ओलम्पिक डेको दिन जुन २३ मा मुख्य कार्यक्रम आयोजना गरिने उनले जानकारी दिए ।

गत वर्ष ३ हजार २ सय ७३ कार्यक्रम आयोजना गरिएको र यस वर्ष ४ हजार एक कार्यक्रम गर्ने लक्ष्य रहेको कमिसनका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

शिक्षा र खेलकुद क्षत्रेको सही तालमेल मिलाउन र स्कुलदेखि नै साना भाइबहिनीलाई खेलकुदको विविध पक्षमा बुझाउन यस खालको कार्यक्रम आयोजना गरिएको कमिसनले जनाएको छ ।

नेपालमा सन् २०११ देखि प्रत्येक वर्ष ओलम्पिक डे मनाउँदै आएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको स्थापना भएको दिन २३ जुनको अवसर पारेर नेपाललगायत विश्वभर विभिन्न कार्यक्रम गरेर ओलम्पिक डे मनाइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कतै शपथ, कतै परिणामकै प्रतीक्षा