१० देशका २८ चलचित्र छानिए १२औं नेपाल–अफ्रिका चलचित्र महोत्सवमा

काठमाडौं । बिगत १३ वर्षदेखि नेपालमा आयोजना हुँदै आएको नेपाल–अफ्रिका फिल्म फेस्टिबल यसपटक ७ देखि ९ असारसम्म हुने भएको छ । यो महोत्सव कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सहआयोजनामा हुन लागेको हो ।

काठमाडौंको सीटीसी मलको सीडीसी सिनेमाजमा आयोजना हुने ‘१२औं नेपाल–अफ्रिका फिल्म फेस्टिबल–२०२४’मा नेपालसहित १० देशका २८ वटा चलचित्र, वृत्तचित्र तथा लघु चलचित्र चयन भएका छन् । महोत्सव आयोजक टिमले सोमबार एक विज्ञप्तिमार्फत महोत्सवका लागि चयन भएका चलचित्रको नाम सार्वजनिक गरेको छ ।

१२औं संस्करणको यो महोत्सवमा यसपटक नेपालबाट ७ वटा नेपाली र आदिबासी चलचित्र, ३ वटा वृत्तचित्र र १० वटा लघु चलचित्र चयन भएको हुन् । नेपालबाट ७३ वटा चलचित्र, वृत्तचित्र तथा लघुचलचित्र प्राप्त भएकामा निर्णयक टिमले फेस्टिबलको लागि २० वटा चयन गरिएको हो ।

चयन भएको नेपाली तथा आदिबासी चलचित्रमा सरी मम, काँडेतार, गोर्खा वारियर, सनाखत, आफ्नै कर्म, लोजिमा र रित रहेका छन् । यस्तै वृत्तचित्र तर्फ जर्नी टु गोक्यो, काँचो बायु र चेसिङ द ड्रिम रहेका छन् । महोत्सवमा छानिएका नेपाली लघु चलचित्रमा सिगरेट, आमा, ऐना, ढुकढुकी, घटेरो, हे दैव, जुत्ता, म्यारिज डे, मातृत्व र रोटेन ब्लड रहेका छन् ।

यस्तै, साउथ अफ्रिका, इजिप्ट, तान्जानियाँ, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमईका गरी ९ देशबाट ८ वटा अफ्रिकन चलचित्र चयन भएका छन् । जसमा डाइनिज, अफस्प्रिङ, सर्भाइभर र इग्नोरेन्स इज अ लाइफस्टाइल गरी ४ वटा लुघ चलचित्र छन् । यस्तै फुल्स र द चेस्लर गरी २ वटा चलचित्र, वि ह्याभ नेभर बिन किड्स र ह्वाइट पोसन गरी २ वटा वृत्तचित्र पनि महोत्सवमा छानिएका छन् । यसपटक १५ भन्दा बढी मुलुकका चार दर्जनभन्दा बढी अफ्रिकन चलचित्र, लुघ चलचित्र तथा वृत्तचित्र प्राप्त भएकामा महोत्सवका लागि ८ वटा अफ्रिकन चलचित्र चयन गरिएको आयोजक पक्षले जनाएको छ ।

महोत्सवकी अध्यक्ष एवं कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले यो महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएकी छन् । डा. मिश्रले भनिन्, ‘हामीले अफ्रिकालाई पश्चिमा देशको दृष्टिकोणबाट हेर्दै आएका छौं । अफ्रिका विभिन्न मात्र हैन, त्यत्तिकै सुन्दर र सम्पन्न पनि छ भन्ने कुरा त्यहाँका चलचित्रबाट हामीले अफ्रिका लागि विगत झैं यसपटक पनि यो महोत्सवमा हेर्ने छौं ।’

महोत्सवको तयारी तीव्र गतिमा भइरहेको जानकारी गराउँदै उनले अगाडि थपिन्, ‘हामीले नेपाल र अफ्रिकाको संस्कृति आदन–प्रदानसँगै चलचित्रबाट दुई फरक महाद्विपलाई जोड्न १३ वर्ष अघिबाट यो महोत्सव निरन्तर आयोजना गर्दै आएका छौं र महोत्सवले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनुपर्छ भन्ने हाम्रो उद्देश्य रहेको छ ।’

नेपाली र अफ्रिकन चलचित्रको सम्बन्धलाई जोड्दै दुई फरक महाद्विपको संस्कृति चलचित्रमार्फत आदनप्रदान गर्न यो महोत्सव आयोजना गर्दै आएको आयोजक पक्षले जनाएको छ । आयोजक टिमका अनुसार विगत झंै यसपटक पनि यो महोत्सवलाई तीन दिनसम्म आयोजना गरिँदै छ । यसपटक दर्शकलाई सुविधा सम्पन्न रूपमा चलचित्र देखाउन यो महोत्सव काठमाडौंको सीटीसी मलमा रहेको सीडीसी सिनेमामा आयोजना गरिँदै छ । महोत्सवमा चलचित्र प्रदर्शनसँगै अभिनयसम्बन्धी तीन दिनको विशेष कार्यशाला कपनको मिट मास्टर ग्रिलमा आयोजना गरिँदै छ । यस्तै, सीडीसी सिनेमाज र वल्र्ड ट्रेड सेन्टरको डि भ्याली रेस्टुरेन्टमा अन्तत्र्रिmया कार्यक्रम पनि राखिएको आयोजक पक्षले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दैलेखकाे आठविसमा एमालेका बडुवाल र थापा निर्वाचित