पौवादुङमाले २ सय उन्नत गाई वितरण गर्ने

भोजपुर । भोजपुरको पौवाद्ुङमा गाउँपालिकाले दूधमा आत्मानिर्भर बन्दै किसानलाई आयआर्जनमा जोड्न दुई सय उन्नत जातका गाईका बाछी वितरण गर्ने भएको छ । गाउँपालिकाले १५ औँ गाउँसभामा आफ्नो बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो कार्यक्रम अघि सारेको हो ।

आगमी आर्थिक वर्षमा गाउँपालिकाको ५० प्रतिशत अनुदानमा किसानसँग सहकार्यमा उन्नत जातको गाईको बाछी वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिए ।

यो कार्यक्रम सञ्चलानको लागि गाउँपालिकाले ६० लाख बजेट विनियोजन गरेको उनको भनाइ छ । पशुपालनबाट किसानलाई आयआर्जनमा जोड्न पशु शाखाबाट घाँस खेती कार्यक्रम ल्याइएकोसमेत उनको भनाइ छ ।

‘दूग्ध मिसन कार्यक्रम अन्तर्गत हामीले उन्नत जातको गाई वितरण कार्यक्रमलाई जोड दिएका छौँ’प्रशासकीय अधिकृत भट्टराईले भने,‘यो कार्यक्रम अन्तर्गत किसानहरुसँगको लागत साझेदारीमा दुई सय वटा उन्नत जातका गाईका बाछी वितरण गर्ने लक्ष्य रहेको छ ।’

यो कार्यक्रम वडा नं १ श्यामशिला, वडा नं २ तिवारीभञ्याङ र वडा नं ३ च्याङ्गेमा सञ्चालन गरिने उनको भनाइ छ । त्यस्तै वडा नं ४ मा अकबरे खुर्सानी र वडा नं ५ र ६ मा व्यवसायिक बाख्रापालनलाई जोड दिइएको उनले बताए ।

गाउँपालिकालाई दुधमा आत्मनिर्भर बनाएर किसानलाई आयआर्जनमा जोड्न उन्नत जातको गाईको बाछी वितरणका कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिकाले दुग्ध ‘मिसन कार्यक्रम’नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गरिरहेको अध्यक्ष राईको भनाइ छ ।

‘गाउँपालिकाले दूग्ध जन्य उत्पादनमा जोड दिएको छ’ अध्यक्ष राईले भने,‘यस अघि हामीले किसानलाई उन्नत जातको भैंसी दिएका थियौँ । यो कार्यक्रम सफल भएको छ । यस पटक हामीले उन्नत जातको गाई वितरणको कार्यक्रम अघि सारेका छौँ । किसानलाई आयआर्जनमा जोड्दै गाउँपालिकालाई दूधमा आत्मभिर्नर बनाउने लक्ष्यका साथ काम गरिरहेका छौँ ।’

उत्पादित दूधको बजारीकरणमासमेत गाउँपालिकाले भूमिका खेल्ने उनको भनाइ छ । गाउँपालिकाले सामुहिक खेती तथा बाँझो जमिनको सदुपयोग गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको पनि अध्यक्ष राईले बताए । भौतिक पूर्वाधारसँगै कृषिको क्षेत्रमा योजनाबद्ध विकास भईरहेको अध्यक्ष राईको भनाइ छ ।

‘हाम्रो गाउँपालिकामा धेरै कृषियोग्य तथा पशुपालनको लागि उपयुक्त भूगोल छन्’अध्यक्ष राईले भने,‘खास गरेर बाँझो जमिन सदुपयोग गर्ने र सामुहिक खेतीमा लाग्नेहरुलाई प्रोत्साहनको नीति लिएका छौँ ।’

गाउँपालिकाले कृषीमा बहुवर्षिय बालीहरुमा (एभोकाडो, किवी, चिउरी) खेती प्राथमिकताका साथ काम गरिरहेको उहाँको भनाइ छ । त्यस्तै व्यवसायिक तरकारी तथा अकबरे खुर्सानी खेतीमा लागेका किसानलाई गाउँपालिकाले सहयोग गर्दै आएको अध्यक्ष राईले बताए ।

गाउँपालिकाले कृषकहरुसँगको लागत साझेदारीमा फलफूल बगैंचा विकास तथा एक घर एक करेसाबारी कार्यक्रम सञ्चालन गर्ने नीति लिएको उपाध्यक्ष ज्योत्सना राईले बताइन् । महिला बिकास बोर्डमार्फत उपाध्यक्ष आत्मनिर्भर कार्यक्रमबाट महिलाहरुलाई लक्षित गरेर कार्यक्रम ल्याइएको उनको भनाइ छ ।

गाउँपालिकाले यस अघिका वर्षमा किसानहरुलाई १३ वटा उन्नत जातको भैंसी र रागो वितरण गरेको थियो । यो गाउँपालिका कार्यसम्पादन मुल्याङकनमा जिल्लामा पहिलो स्थानीय तह पनि हो ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि कुल रु. ३६ करोड ९२ लाख ४१ हजार बराबरको बजेट ल्याएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरामा नयाँ समीकरणः उपमेयरमा एमालेकी गुरुङको अग्रता बढ्यो