सीएनआई र एफएनसीसीआई नैतिक संकटमा

काठमाडौं । स्वास्थ्य सामग्रीको कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका प्रबन्ध निर्देशक सुलभ अग्रवाल पक्राउ परेसँगै यसले नेपाली व्यवसायी र अवैतानिक वाणिज्यदूतमाथि नै प्रश्न चिह्न खडा गरेको छ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष तथा किर्गिस्थानका लागि अवैतानिक वाणिज्यदूत रहेका अग्रवाल महामारीको समयमा स्वास्थ्य सामग्रीमा कालोबजारी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेसँगै यसले नेपाली उद्योगी व्यवसायीको राज्यप्रतिको दायित्व र निलो नम्बर प्लेट र गाडीमा झन्डा हल्लाएर हिँड्ने अवैतानिक वाणिज्यदूतको नियतमाथि नै सरकारले प्रश्न चिह्न खडा गरेको हो ।

अग्रवालले पदीय दुरुपयोग गरेर कालोबजारी गरको आरोपमा बुधबार पराराष्ट्र मन्त्रालयले सबै अवैतानिक वाणिज्यदूतहरूको सेवा सुविधा तथा अधिकार खोसेसँगै यसले उनीहरूमाथि नैतिक प्रश्न खडा गरेको छ । देशमा महामारी आइपरेको अवस्थामा अग्रवालले पदीय दुरुपयोग गरेको भन्दै सरकारले तत्कालका लागि सम्पूर्ण अवैतानिक वाणिज्यदूतको निलो नम्बर प्लेट र झन्डालगायत सम्पूर्ण सेवा सुविधा खोस्नुपरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

कुनै पनि देशका लागि अवैतनिक वाणिज्यदूतको भूमिका महŒवपूर्ण हुने र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा कोरोनाको महामारी सकिएपछि सरकारसँग छलफल गरेर दीर्घकालीन निष्कर्ष निकालिने

निलो नम्बर प्लेटको गाडी प्रयोग गरेर जुन खालको काम भयो त्यो अकल्पनीय र दुर्भाग्यपूर्ण भएको डिन अफ अनररी कन्सुलर नेपाल तथा दक्षिण अफ्रिकाका लागि अवैतानिव वाणिज्यदूत प्रदीपकुमार श्रेष्ठले बताए । ‘अवैतानिक वाणिज्यदूत जुन किसिमको पदीय दायित्व लिएर बसेका हुन्छन् त्यो कुनै पनि हालतमा गर्न हुने काम थिएन,’ श्रेष्ठले भने, ‘अझ प्रहरीले निलो नम्बर प्लेटको गाडीसहित जसरी पक्राउ गरेको छ त्यसले ठूलो नैतिक प्रश्न खडा गरेको छ ।’ तर, एक जनाले गल्ती गर्दा सरकारले सबैलाई एउटै बास्केटमा राखेर निर्णय गर्न नहुने उनको भनाइ छ । ‘देशलाई संकट परेको अवस्थामा पब्लिक प्रेसर परेर सरकारले पनि सो निर्णय गर्न बाध्य भएको हुनुपर्छ,’ उनले भने, ‘सरकारले जे निर्णय गरेको छ त्यसलाई हामी पूर्ण रूपमा पालना गर्छौं र आजैदेखि निलो नम्बर प्लेटको गाडी चढ्दैनौं ।’

कुनै पनि देशका लागि अवैतानिक वाणिज्यदूतको भूमिका महŒवपूर्ण हुने र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा कोरोनाको महामारी सकिएपछि सरकारसँग छलफल गरेर दीर्घकालीन निष्कर्ष निकालिने समेत उनले जानकारी दिए । तर, महामारीका समयमा सुलभ अग्रवालले गरेको हर्कतले सिंगो मारवाडी समुदाय र समग्र नेपाली उद्योगी व्यवसायीमाथि नै प्रश्न खडा गरेको सम्बद्ध सरोकारवाला बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) होस् वा नेपाल उद्योग परिसंघ (सीएनआई)को नेतृत्वमा रहेर हालीमुहाली गर्दै आएको शंकर समूहको सो कार्यले दुवै संस्थाप्रति नै नैतिक प्रश्न चिह्न खडा गरेको छ । कालोबजारीमा पक्राउ परेका शंकर समूहका प्रबन्ध निर्देशक सुलभ अग्रवाल हाल नेपाल उद्योग परिसंघको उपाध्यक्ष छन् भने सोही समूहका सञ्चालक उनका भाइ साहिल अग्रवाल नेपाल उद्योग वाणिज्य महासंघमा लामो समयदेखि कार्य समितिमा रहँदै आएका छन् ।

साहिल अग्रवाल हाल नेपाल उद्योग वाणिज्य महासंघको वैदेशिक लगानी प्रवद्र्धन समितिको सभापतिसमेत रहेका छन् । तर, उद्योगी व्यसायीको हित गर्ने संस्थाको उच्च नेतृत्वमा बसेर देशलाई संकट परेको समयमा कालोबजारीजस्ता देशद्रोही गतिविधि गर्ने अग्रवालको हर्कतले के साँच्चै नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघले व्यावसायिक हकहित र राष्ट्रहितमा काम गर्दै आइरहेको छ भन्नेमै प्रश्न खडा गरिदिएको छ ।

आफ्नै संस्थाको उपाध्यक्षले देशलाई संकट परेको अवस्थामा पदीय दुरुपयोग गर्दै कालोबजारी गर्दा पनि सीएनआईले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । यसैगरी आफ्नो संस्थाको कार्यसमिति रहेका व्यक्तिको कम्पनीले कालाबजारीलगायत गैरकानुनी काम गर्दा एफएनसीसीआई पनि यस विषयमा मौन रहेको छ । आफ्नै संस्थाभित्रका उच्च तहमा बसेको व्यक्तिले संकटकालीन अवस्थामा गैरकानुनी काम गर्दा पनि केही नबोल्नुले आगामी दिनमा आमनागरिक तथा सरकारले सीएनआई र एफएनसीसीआईलाई हेर्ने दृष्टिकोणसमेत नकारात्मक हुने सम्बद्ध सरोकारवाला बताउँछन् ।

पटक–पटक गैरकानुनी क्रियाकलापमा संलग्न रहँदै आएको शंकर समूह यसअघि पनि भ्याट छली, कबाडी सामानबाट गुणस्तरहित रड उत्पादन गर्ने, डेडिकेटेड फिडरलाइनलगायत प्रकरणमा जोडिएको थियो । कानुनका छिद्रहरू प्रयोग गर्दै अनियमितता गर्दै आएको शंकर समूहले यसअघि २०६८ मा भ्याट छली गरेर सीआईपी सम्मान गुमाएको थियो भने अहिले अवैतानिक वाणिज्यदूतको पद गुमाउनुपरेको छ । अग्रवालकै कारणले सरकारले सबै अवैतानिक वाणिज्यदूतको तत्कालका लागि सेवा सुविधा खोसिदिएको छ । निलो नम्बर प्लेटको गाडीमा झन्डा हल्लाएर हिँड्न प्रतिबन्ध लगाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)

epaper

ताजा समाचार

सम्भव छ, सय अर्ब डलरको अर्थतन्त्र ?