पोखरामा वैध छैन लोकप्रिय राइड सेयरिङ

पोखरा । अनधिकृत रूपमा मोबाइल एप प्रयोग गरी भाडामा यात्रु ओसारप्रयोगमा निजी तथा सार्वजनिक सवारीसाधनको प्रयोग भएको भन्दै गत साता पोखरामा केही सवारीसाधन प्रहरी फन्दामा परे ।

आइतबार जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले त्यस्ता मोटरसाइकल÷स्कुटर २२ र ट्क्याक्सी ४ गरी २६ वटा सवारीसाधन नियन्त्रणमा लिएको थियो ।

निजी तथा सार्वजनिक ती सवारीसाधनले सम्बन्धित गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालय कास्कीमा दर्ता नगरी मोबाइल एपहरू पठाओ, टुटल, इनड्राइभ प्रयोग गरी यात्रु ओसारपसार गरेको आरोप थियो । पहिलोचोेटि नियन्त्रणमा लिइएका ती सवारीसाधन दिनभरिजसो ट्राफिक प्रहरी कार्यालय राखेर आगामी दिनमा दर्ता नगरी सञ्चालन गर्न सम्झाइबुझाइ सम्बन्धित सवारीधनीको जिम्मा लगाइएको डीएसपी वसन्तकुमार शर्मा बताउँछन् ।

देशका विभिन्न सहरमा सर्वसाधारणबीच पछिल्लो समय पठाओ, टुटल, इनड्राइभ लोकप्रिय बन्दै जाँदा खासमा पोखरामा नीति अभावमा राइड सेयरिङ वैध छैन । चलाएमा प्रहरीले समातिहाल्छ । यसको विरोधमा यहाँ सम्बन्धित राइडरले मोटरसाइकल ¥याली निकालेका थिए ।

यति हुँदाहुँदै पनि ई–ड्राइभ नेपालले आकर्षक योजनाका साथ पोखरामा ई–ड्राइभ नेपालको राइड सेयरिङ एप सञ्चालनमा ल्याएको जनाएको छ । पोखरामा शनिबार पत्रकार सम्मेलनमा कम्पनी अध्यक्ष भीमसेन कार्कीले यहाँका १० जना युवा मिलेर ई–ड्राइभ गण्डकी नेपाल प्रालि दर्ता गरेरै यो एप सञ्चालनमा ल्याएको जनाए । ई–ड्राइभले यसअघि काठमाडौं गत वर्ष कात्तिक र बुटवल र भैरहवामा गएको वैशाखमा यो सेवा सञ्चालन गरिसकेको छ ।

पर्यटनको राजधानी पोखरामा पनि आफूहरूले यो सेवा सञ्चालन गरेको र पहिलो चरणमा विद्युतीय कार, मोटरसाइकल, स्कुटरजस्ता २ हजार ५ सय बढी सवारीमार्फत सेवा दिने कार्कीले बताए । उनका अनुसार १ हजार बढी मोटरसाइकल र स्कुटरसँगै सयौं साना भाडाका सवारीसाधन पनि आफ्नो कम्पनीमा आबद्ध रहेको जनाइएको छ ।

सरकारले तोकेकै भाडादरमा सवारीसाधन सञ्चालन गर्ने र अशक्त, अपांग, सुत्केरी, विद्यार्थी, दैवीप्रकोपमा परेका व्यक्ति, ७० वर्ष पूरा भएका वृद्धवृद्धालाई छुट दिने घोषणा गरिएको छ । भविष्यमा विद्युतीय एम्बुलेन्स पनि सञ्चालन गर्ने र गरिब तथा विपन्न वर्गलाई सो निःशुल्क सेवा दिइने योजना छ ।

यात्रुको सुरक्षालाई ध्यान दिइने बताइएको छ । जस्तो नेभिगेसन प्रणाली प्रयोग गरी कुन सवारी साधन कहाँ छ भन्ने सजिलै पत्ता लाग्छ । यात्रुले आफूलाई असुरक्षित महसुस गरेमा सो एपबाटै आकस्मिक बटन थिचेर प्रहरी र ई–ड्राइभ कन्ट्रोल रूपमा जानकारी दिन सकिने व्यवस्था मिलाइने ई–ड्राइभ नेपाल प्रालिका अध्यक्ष राजेश मास्केको भनाइ छ । चालक र सेवाग्राही दुवैको ७ लाखबराबर बिमा र ७० हजार उपचार खर्च व्यवस्था गरिनेछ ।

कम्पनीका गण्डकी अध्यक्ष भीमसेन कार्कीले भने, ‘पठनपाठन गरेर फुर्सदको समयमा राइड सेयरिङ प्रयोग गरी विद्यार्थी स्वयं स्वरोजगार बन्न सक्ने, यात्रुले जुनसुकैबेला सुविधा लिन सक्ने, स्वदेशमै निर्मित एप भएकाले आम्दानी बाहिरिन नपाउने र यसले देशको अर्थतन्त्रमा समेत चलायमान बनाउने विश्वास छ ।’ आम्दानीको १० प्रतिशत प्रदेश सरकारलाई बुझाउने कम्पनीले जनाएको छ ।

तर, गण्डकी प्रदेश सरकारले अघिल्लो वर्षको नीति तथा कार्यक्रममा राइड सेयरिङलाई वैधता दिने’boutमा उल्लेख गरे पनि हालसम्म ऐननियम बन्न सकेको छैन । भित्रभित्र यी एप सञ्चालित हुने गरे पनि हालसम्म यातायात व्यवस्था कार्यालयमा राइड सेयरिङका लागि निजीसवारीलाई यात्रु ओसार्न छुट छैन । यातायात व्यवस्था कार्यालय गण्डकी (सवारी) प्रमुख डिल्लीराम रिजालले विदेशी एपहरू सञ्चालनमा आएको हुँदा त्यस्तालाई रोक्नुपर्ने बताउँछन् ।

उनले सार्वजनिक सवारीसाधनलाई सर्वसुलभ र भरपर्दो बनाउनुपर्ने उनको जोड छ । कार्यालय सूचना जारी गरेरै राइड सेयरिङमा सवारी चलाएका सवारीधनीलाई सार्वजनिक सवारीको भाडा लिन, अनधिकृत रूपमा एपको प्रयोग नगर्न, यात्रुलाई निजी सवारीसाधनमा ओसारपसार गर्न सचेत गराएको छ ।

कानुनअनुसार अनधिकृत रूपमा राइड सेयरिङ सञ्चालन गरे ५ देखि १० हजार रुपैयाँसम्म जरिमाना असुल गर्ने र पटकपटक गल्ती दोहो¥याए दर्ता नै खारेज गर्ने नियम छ ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीका ५ पत्रकार चुनाव लड्दै, महासंघका निवर्तमान अध्यक्ष वडा सदस्यमा