खडेरीले आक्रान्त मध्यतराईमा पनि धान दिवशसँगै रोपाई सुरु

वीरगन्ज । दुई–तीन दिन अगाडी आएको आकाशे पानी संचित गरी पर्साका पनि किसानले धान दिवस मनाउँदै रोपाईं सुरु गरेका छन् । यहि आकाशे पानी किसानको खेतमा जम्मा हुन थालेपछि असार १५ मा धान दिवस मनाउँदै रोपाई पनि सुरु गरिएको छ ।

ढिलो गरी पानी आए पनि धान दिवसमा भने खेतको हिलोमा खुट्टा डुवाउँदै धान रोप्न पाइएको पर्साको पोखरियाका किसानहरुले जनाए । धान दिवस मनाउन र खेतमा धान रोपाई गर्न पुगेका वीरगन्जको प्रभु हस्पिटलका संचालक डा मनोज गुप्ता तथा लक्ष्मी थापाले पनि बल्ल मनसुन सुरु भएर खेतमा आएको जनाए । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ८ मा रहेको उनीहरुको खेतमा धान दिवस मनाउँदै स्थानीय सुरक्षाकर्मी नेपाली सेनाका प्रमुख सेनानी निराजन कटुवाल सहितका अधिकृतहरु र स्थानीय किसानहरुले पनि त्यहाँ धान रोपेका छन् ।

आकाशबाट आएको पानी खेतका केही गह्रामा जमेपछि बल्ल पर्साका किसान धान खेतीका लागि खेतमा होमिएका छन् । पानी नभएर आक्रान्त किसानको काँधमा बल्ल फरुवा तथा कोदाली देखिन थालेको छ । अरु केही दिन आकाशे पानी नआएको भए पर्सा सहित मध्य तराईका किसान असार १५ अर्थात धान दिवसमा पनि खेतको हिलोमा रमाउन नपाउन्े अवस्था रहेको उनीहरुको भनाइ छ । अब बल्ल त्यो अवस्था ट¥यो पर्साको पोखरिया ८ का किसान शम्भु केवटले बताए । आकासे पानी आएपछि खेतमा जमेको पानीमा खेत जोताई रहेका उनले अब सानो बिऊ भए पनि रोपाईं सुरु गर्ने बताए ।

केवटको खेतमा स्थानीय प्रहरी र नेपाली सेनाका अधिकारी सहित पोखरिया नगरपालिका उपप्रमुख रुवी ठाकुर सहितका अन्य आगन्तुकहरु पनि धान दिवसमा जम्मा भएका थिए । पर्सामा वीरगन्ज महानगरपालिका, पर्सागढी नगरपालिका, पटेर्वा सुगौली गाउँपालिका र ठोरी गाउँपालिका लगायतका स्थानीय तहहरुमा पनि शनिबारबाट धान रोपाई सुरु गरिएको छ । शनिबारको सुरुवाती चरणमा जनप्रतिनीधिहरु समेत खेतमा पुगी धान दिवस मनाउँदै खेतको हिलोमा रमाएका थिए । त्यहाँ पुगेका केही संचारकर्मीहरुले पनि त्यहाँ धान रोपेर विगतमा धान रोपेको झल्को मेटाउने र दिवसमा सहभागीता जनाउने अवसर जुरेको बताए ।

बल्ल आयो गण्डक नहरमा पानी
पर्सा हुँदै बगेको गण्डक नहर बारा र रौतहटसम्म पुग्छ । यो नहरमा पनि आकाशे पानी पर्न थालेपछि भारतले शुक्रबार (असार १४ गते) बाट पानी छोडेको छ । पर्साको पोखरिया ८ का किसानले भने गण्डक नहरको पानी अहिलेसम्म यहाँका किसानले प्रयोग नगरेको त्यहाँका वडाअध्यक्ष किसोरी चौरसियाले बताए । धान दिवसको अवसरमा प्रकृतिले नै आकाशबाट छोडेको पानीमा किसानले रोपाईं सुरु गरेको उनको भनाइ छ । असार १४ गते अर्थात यहि शुक्रबारबाट नहरमा पानी देखिएको गण्डक नहर छेउमा रहेको चैकीका सुरक्षाकर्मीहरुले पनि बताए । हिजोबाट नहरमा पानी देखिएको छ उनीहरुले भने ।

गएको बैशाख २७ गतेबाट धान खेतीका लागि भारतले पानी छोड्न पर्नेमा आकाशे पानी पर्न थालेपछि विगतमा झैं बल्ल उसले नहरमा पानी छोडेको पर्साका किसान किसोरी साहले पनि बताए । पर्सा सहित बारा, रौतहट र मध्यतराईंमा तीन दिन अगाडीदेखि पानी पर्न थालेको र गण्डक नहरमा पनि पानी आउन थालेकोले धान दिवसमा सुरुवात भएको रोपाई अब निकै भव्य रुपमा अगाडी बढ्ने यहाँका किसानहरुको दावी छ । हुन पनि पर्सा जिल्लामा ४६ हजार हेक्टरभन्दा बढि खेती योग्य जमिनमा अबको सिजनमा धान रोपाई हुने कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चामुण्डा विन्द्रासैनीमा काँग्रेसका उम्मेदवार विजयी