राजेश राईको ‘चाइनेजो … माया लाउन मिल्ला कि नमिल्ला’ सार्वजनिक

काठमाडौं । गायक राजेश राईले नयाँ म्युजिक भिडियो माया लाउन मिल्ला कि नमिल्ला ल्याएका छन् । यसअघिका आफ्ना दर्जनौं गीत दर्शक माझ ल्याएका गायक राजेशले यो पटक ‘ चाइनेजो अर्थात माया लाउन मिल्ला कि नमिल्ला’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

सिगिङ सुपर स्टार सिजन-१ नामक रियालिटी शोका विजेता रहेको राजेश राईका `तोडियो तोडियो’ ‘कालो कालो’ ‘अर्खौले बजार’ सहितका गीत दर्शक र स्रोताले निकै मन पराएका थिए । चाईनेजो अर्थात माया लाउन मिल्ला कि नमिल्ला पनि दर्शक र स्रोताले रुचाउने गायक राजेशको अपेक्षा छ ।

गीतमा दुर्लभ जन्तरेको शब्द, अनिल कोयी राईको संगीत र आशिष अविरलको संगीत संयोजन अनि ध्वनी मिश्रण रहेको छ । भिडियोलाई दुर्लभ जन्तरेले निर्देशन गरेका छन् । भिडियाेमा कमल सिंह र प्रिजमा खतिवडाको निकै उत्कृष्ट अभिनय देख्न सकिन्छ । ज्ञानेन्द्र शर्माको छायांकन , सन्तोष राजबाहकले सहायक निर्देशन तथा नृत्य निर्देशन गरेका छन् भने सम्पादनको काम विकाश दाहालको रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिन्धुलीमा कांग्रेस र माओवादीको मात्र गठबन्धन हुने