७४ करोड भारु पारिश्रमिकमा मुम्बई आए जस्टिन

मुम्बई । पप स्टार जस्टिन बिबर यतिबेला मुम्बईमा छन् । उनी बिहीबार बिहान मुम्बई आएका हुन् । भारतीय उधोगपति अम्बानीका पुत्र अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह समारोहमा आफ्नो प्रस्तुतिका लागि जस्टिन मुम्बई आएका हुन् । यो कार्यक्रमका लागि गायक जस्टिनले अम्बानी परिवारबाट ८३ करोड रुपैयाँ लिएका छन् ।

जस्टिन करिब सात वर्षको लामो समयपछि भारत आका हुन् । कि उनले २०२२ मा भारतमा संगीत कार्यक्रमको घोषणा गरेका थिए, तर पछि उनको स्वास्थ्य बिग्रिएपछि त्यो रद्द गरिएको थियो ।

गायक जस्टिनले शुक्रबार अम्बानी जोडीको वैवाहिक कार्यक्रमको संगीत समारोहमा आफ्नो प्रस्तुतिले पाहुनाहरूलाई मोहित पार्नेछन । सो सांगीतिक समारोहमा विभिन्न बलिउड सेलिब्रेटीहरू, व्यवसायीहरू, राजनीतिककर्मी तथा अम्बानीका आफन्तहरु सहभागी हुने छन् ।

अनन्त र राधिकाको संगीत कार्यक्रम शुक्रबार आफ्नो आलिशान घर एन्टिलियामा हुनेछ । यो जोडीले जुलाई १२ मा परम्परागत र कानुनी रुपमा विवाह गर्दैछन् । कार्यक्रममा प्रसिद्ध गायकहरू जस्तै एडेल, ड्रेक र लाना डेल रेको पनि प्रस्तुति रहने छ ।

अनन्त र राधिकाले यस वर्षको सुरुमा जामनगरमा एउटा भव्य प्रि–वेडिङ पार्टी आयोजना गरेका थिए, जहाँ केही ठूला नामहरू स्टेजमा रमाउँदै थिए। पछि, क्रूजमा उनीहरूको दोस्रो प्रि–वेडिङ पार्टीमा केटी पेरी, पिटबुल, द ब्याकस्ट्रिट ब्वाईज र इटालियन ओपेरा कलाकार एन्ड्रिया बोसेली जस्ता स्टारहरुले अतिथिहरूको मनोरञ्जन गरेका थिए ।

रिपोर्टका अनुसार, बीबरले रिहाना, बेयन्से र एकोन जस्ता अन्तर्राष्ट्रिय पप स्टार भन्दा बढी पारिश्रमिक यो कार्यक्रमका लिएका छन् । पहिले अम्बानीको कार्यक्रमहरूमा उनीहरुले जस्टिनको भन्दा कम पारिश्रमिकमा गीत प्रस्तुत गरिसकेका थिए ।

अनन्त र राधिकाको पहिलो प्रि–वेडिङ ब्यासमा गीत प्रस्तुत गरेकी रिहानाले ७४ करोड भारु लिएकी थिईन् । एकोनले ४ करोड रुपैयाँ लिएका थिए। रिपोर्टका अनुसार शकिराले दोस्रो प्रि–वेडिङ कार्यक्रममा आफ्नो प्रस्तुतिको लागि करिब १५ करोड रुपैयाँ लिएकी थिइन् । यस्तै केटी पेरीले क्रुज ब्यासमा प्रदर्शन गर्न ४५ करोड रुपैयाँ लिएकी थिईन् । यस्तै इशा अम्बानी र आनन्द परिमलको विवाहमा बियोन्सेले प्रस्तुति दिएकी थिइन् र त्यसबेला ३३ करोड भारु लिएकी थिईन् ।

तपाइको प्रतिक्रिया
(Visited 123 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

महिला एशिया कपः आज पाकिस्तानले नेपालको सामना गर्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेल्धुरामा एक नगरपालिका सहित तीन स्थानीय तहमा काँग्रेस र माओवादीबिच कडा प्रतिस्पर्धा