पोखरा विमानस्थल निर्माणमा अनियमिततावारे छानबिन

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग खासमा ३ मिटर उचाइ बढाउनुपर्ने थियो । तर, ६ मिटर खारेर निर्माण भयो । धावनमार्ग सतह घटेपछि पूर्वतर्फको रिठ्ठेपानी डाँडा ४० मिटर कटान गर्नुपर्ने अवस्था आयो । यसरी धावनमार्ग ४० फिट गहिरो किन हुन गयो भन्ने प्रश्न यथावत् छ ।

अन्तर्राष्ट्रिय विमानस्थल भए पनि यहाँ ठूला जहाज अवतरणमा समस्या छ । विमानस्थल फोर डी मोडलमा बनेका कारण न्यारोबडीका विमान मात्र अवतरण सम्भव छ । अझ विमानस्थल पश्चितर्फ रहेको पुम्दीभुम्दी डाँडाले ठूलो जहाज अवतरण रोक्छ । यो किन हुन गयो ? विमानस्थलको लागत बढ्न गएकोदेखि रनवेको माटो परीक्षण रिपोर्ट, रन–वेको कटिङ, फिलिङ लगायत थुप्रै विषयमा संसदीय लेखा समितिको चासो देखाएको छ ।

विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै संघीय संसदको सार्वजनिक लेखा समितिमा उजुरी परेपछि गत १३ असारमा समिति सदस्य राजेन्द्र लिङ्देनको संयोजकत्वमा छानबिन गठन भएको थियो । सोही समितिको टोली यहाँ आएर विमानस्थलको स्थलगत अध्ययनसँगै विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, सरोकारवाला निकायसँग छलफल गरेको छ । २ दिनसम्म भएको अध्ययन अवलोकनपछि टोली काठमाडौं फर्किएको छ ।

उपसमितिले अन्तर्राष्ट्रिय उडान हुन नसक्नुका कारण र प्राविधिक त्रुटि भए अध्ययन गरी सार्वजनिक लेखा समितिलाई एक महिनाभित्र सुझाव दिनेछ । उपसमिति संयोजक लिङ्देनले स्थलगत अध्ययन, विज्ञहरुसँग छलफल र सरोकारवालासँगको अन्तक्र्रियापछि प्रतिवेदन तयार गरिने बताए । उनका अनुसार विमानस्थल निर्माणमा खासमा अनियमितता भए वा नभएको हेर्ने र गल्ती देखिए कारबाहीको लागि सिफारिस गरिनेछ । यसका साथै विमानस्थलबाट आगामी दिनमा कसरी अन्तर्राष्ट्रिय उडान नियमित गर्न सकिन्छे भन्ने’bout पनि सुझाव दिने बताए ।

संसदीय उपसमितिमा लिङ्देनसहित सांसदहरु गोकुलप्रसाद बास्कोटा, प्रेमबहादुर आले, जनार्दन शर्मा, देवप्रसाद तिमिल्सिना, अर्जुननरसिंह केसी, बराइली, तारा लामा तामाङ, दीपक गिरी, रुक्मिणी राना, अमनलाल मोदी, रामकृष्ण यादव लगायत सहभागी थिए ।

सरोकारवाला र स्थानीयसँगको छलफलमा सम्झौताभन्दा विमानस्थलको धावनमार्गको उचाइ कम भएको, भूराजनीतिक कारणले उडान हुन नसकेको गुनासो गर्दै अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको कारण पहिल्याई उडान नियमित गर्न माग गरे ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा विमानस्थल’bout बारम्बार गुनासो आइरहेको उल्लेख गर्दै आवश्यक छानबिनपछि यथार्थ विवरण आउने अपेक्षा गरे । पोखराका मेयर धनराज आचार्यले पोखरा विमानस्थ’bout उठेका प्रश्न समाधान गर्नुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले विमानस्थलको धावनमार्ग जानाजान सानो बनाइएको र थप अग्लो बनाउनुपर्नेमा माटो झिकेर गहिरो पारेको आरोप लगाए ।

सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले २२ अर्ब ६१ करोड रुपैयाँमा विमानस्थल निर्माण गरेको हो । नेपाल सरकारले मुआब्जा लगायतका काममा ४ अर्बभन्दा बढी खर्च गरिसकेको छ । गत १ जनवरी, २०२३ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमानस्थल उद्घाटन गरेका हुन् । डेढ वर्षयता यहाँबाट ५ वटा चार्टर उडानबाहेक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । यो आन्तरिक उडानमै सीमित छ ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको पूर्वखोला गाउँपालिकामा सवै पदमा एमाले विजयी