Thursday, August 5, 2021
HomeEditor-Picksतारे होटललाई क्वारेन्टाइन बनाउने तयारी

तारे होटललाई क्वारेन्टाइन बनाउने तयारी

,
sharethis

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण वृद्धि हुँदै गएमा काठमाडौं उपत्यकाका तारे होटललाई क्वारेन्टाइन बनाउने तयारी गरेको छ । काठमाडौं उपत्यकामा निर्माण भएका क्वारेन्टाइनको अवस्थाबारे स्थलगत अनुगमनपछि सरकारले तारे होटललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सकिने निष्कर्ष निकालेको हो ।

मन्त्रिपरिषद्को गत १६ चैत्रको बैठकले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई क्वारेन्टाइनको अनुगमन र सहजीकरणको जिम्मेवारी दिएको थियो ।

मन्त्री मानन्धरले उपत्यकाका क्वारेन्टाइनको स्थलगत अनुगमनपछि तारे होटललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्नुपर्ने सुझाव पेस गर्न लागेका छन् । ‘स्थलगत अनुगमनपछि मैले अहिलेको अवस्था र अब के के गर्न सकिन्छ भनेर प्रतिवेदन तयार गरेको छु, प्रधानमन्त्रीको समय मिलेमा आज बुधबार बुझाउँछु,’ उनले राजधानीसँग भने ।

मन्त्री मानन्धरले कोरोना संक्रमित वृद्धि भएको खण्डमा संक्रमणको आशंका गरिएका व्यक्तिको पनि वृद्धि हुने भन्दै उपत्यकामा ५–६ सय अट्ने क्वारेन्टाइन तयारी अवस्थामा राख्न आवश्यक भएको बताएका छन् । मन्त्री मानन्धरका अनुसार हाल उपत्यकाका तीन जिल्लामा ५ सय १८ वटा क्वारेन्टाइन तयारी अवस्थामा छन् ।

उनका अनुसार पूर्वतयारीस्वरूप ठूलो संख्यामा क्वारेन्टाइन बनाउनुपर्ने र त्यसका लागि पाँच तारे होटल उपयुक्त हुने बताए । ‘मैले प्रधानमन्त्रीज्यूलाई बुझाउने प्रतिवेदनमा पाँचतारे होटलहरूलाई क्वारेन्टाइनका रूपमा निर्णय गरेर प्रयोग गर्नुपर्ने सुझाव समेटेको छु,’ उनले राजधानीसँग भने, ‘एट्याच रुम, ट्वाइलेट बाथरुम, बेडसहित सुविधा सम्पन्न हुने र अहिले पनि ती सबै सामग्री तयारी अवस्था हुने भएकाले क्वारेन्टाइन बनाउन सकिन्छ ।’

मन्त्री मानन्धरले सातै प्रदेश तथा ७ सय ५३ वटै स्थानीय तहमा रहेका होटल, रिसोर्ट तथा होमस्टेसमेतलाई क्वारेन्टाइन बनाउन सकिने बताएका छन् । ‘त्यसो गर्न सकिए १०औं हजार बेड आवश्यक परे पनि तत्काल निर्माण गर्न सकिन्छ,’ उनले भने ।

उपत्यकामा ५ सय १८ बेड
सरकारले काठमाडौं उपत्यकामा ५ सय १८ बेड क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा राखेको जनाएको छ । सहरी विकास राज्यमन्त्री मानन्धरले तत्काल ५ सय १८ जनालाई एकैपटक राख्न सकिने अवस्था रहेको बताए ।
मन्त्री मानन्धरका अनुसार पशुपतिको धर्मशालामा ७० बेड क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा छ । खरिपाटीमा २०८ बेड क्षमताको क्वारेन्टाइन रहेको छ । जुन यसअघि पनि प्रयोगमा आइसकेकाले राम्रो रहेको मन्त्री मानन्धरले बताए ।
यस्तै, ललितपुरको स्टाफ कलेजमा सय बेड क्षमता रहेको क्वारेन्टाइन छ । स्टाफ कलेजमा केही सुधार गर्नुपर्ने देखिएको मन्त्री मानन्धरले बताए । भक्तपुरको कृषि तालिम केन्द्रमा ७० बेड तयारी अवस्थामा रहेको छ । नगरकोटनजिक तेलकोटस्थित खानेपानी तालिम केन्द्रमा ७० बेड क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा रहेको छ ।

(Visited 1,589 times, 1 visits today)

आजको समाचार

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

बँदेललाई पासाे थापेकाे करेन्ट लागेर दाजुभाइको मृत्यु

बैतडी । जङ्गली बँदेलका लागि पासाे थापेकाे ठाउँमा करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय...

साताका लोकप्रिय समाचार

पत्रकारलाई धम्कि आउदा महासंघ बोल्न नसकोको भन्दै तालाबन्दी

  पोखरा । समाचार लेखेको विषयलाई लिएर पत्रकार रञ्जन अधिकारीलाई धम्की आएको घटनामा नेपाल पत्रकार महासंघ कास्की शाखाले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै प्रेस चौतारी...

कांग्रेस पदाधिकारीे बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीे बैठक आज बस्दैछ । दिउँसो ३ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठक महाधिवेशनको विषयमा केन्द्रित रहने प्रवक्ता...

हरिनास गाँउपालिकाका अध्यक्षबिरुद्ध अख्तियारमा उजुरी

स्याङ्जा । स्थानीयतहको निर्वाचन भएको ४ बर्ष पुरा भएर ५ बर्षमा लाग्दै छ । मुलुकको संघियता अनुसार निमार्ण भएका स्थानीयतहको निर्वाचन पछि सबै भन्दा...

४१०७ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाकाे निधन

  काठमाडाैं ।  पछिल्लो २४ घण्टामा थप ४१०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर...

राखेपद्वारा छानबिन समिति गठन

काठमाडौं । फुटबलको पछिल्लो विवादका विषयमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मंगलबार सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । एन्फाका...

ट्रेन्डिङ

गण्डकीमा कोरोना संक्रमितको संख्या करिब १२ सय पुग्यो

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ सय नजिक पुगेको छ । प्रदेशमा शनिबार १४ नयाँ संक्रमित थपिएका छन् । उनीहरु सबै पुरुष...

पूर्वमन्त्री शेर्माको निधनमा काँग्रेसले ३ दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा भएको आकस्मिक बैठकले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वस्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माको निधनप्रति गहिरो...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)