Tuesday, September 21, 2021
Your Ads Here
HomeBreaking Newsफोहोर गरेको भन्दै मेयर द्धारिकालाल चौधरीले २७ वर्ष पुरानो पान पसल बन्द...

फोहोर गरेको भन्दै मेयर द्धारिकालाल चौधरीले २७ वर्ष पुरानो पान पसल बन्द गराए

,
sharethis



इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीप्रति यहाँका व्यवसायीहरु आतकिंत बनेका छन् ।
आइतबार उनले यहाँ २७ बर्ष अगाडिदेखि पान पसल सञ्चालन गर्दै आएका सुवास शाहको पान पसल बन्द गरेसँगै यहाँका व्यवसायीहरु आतकिंत बनेका हुन् । एक पत्र टाँस गरेर उनले नगरपालिका नजिकै रहेको पान पसले सुवास शाहको पसल बन्द गरेका थिए । मेयर चौधरीले पान पसलबाट धेरै फोहोर भएको भन्दै पसल बन्द गरेका हुन् । पान पसलमा लागूऔषध पनि बेच्ने गरेको भन्दै मेयर चौधरीले पान पसल बन्द गरेको उनले बताए ।

पान पसल गर्दै आएका शाहले भने आँफूले २७ बर्ष अगाडिदेखि पान पसल गर्दै आएको र फोहोरको मासिक एक सय रुपैँया तिर्दै आएको बताए । उनले भने, ‘२७ बर्ष अगाडि महिनाको एक सय २५ रुपैँया भाडा तिरेर सञ्चालन गर्दै आएको पान पसल आज आएर मेयरले बन्द गर्ने ?’ उनले आँफूले परिश्रम गरेर खान पनि नपाउँने भएको भन्दै चिन्ता व्यक्त गरे । पसल बन्द गरेपछि स्थानीय ब्यापारीहरु आक्रोशित भएका थिए ।

जनता मेयरवाट असुरक्षित

इटहरी रेडिमेट व्यवसायी संघका सचिव हरि खतिवडाले व्यक्तिको सम्पत्तिमाथि मेयर चौधरीले यसअघि मौखिक र लिखित कुनै जानकारी नगराई बन्द गर्नु अस्वभाविक रहेको तर्क गरे । उनले भने, ‘एउटा व्यक्तिले भाडा तिरेर व्यापार गरेर खान नपाउँने ?’ उनले नगरपालिकाको गेट अगाडि नै फोहोरको थुप्रो रहेको र नगरपालिकाबाट उत्पादन हुने फोहोरको दीर्घकालीन समाधान गर्न नसकिरहेको अवस्थामा मेयर चौधरीले व्यक्तिको पेशामा मनपरी गरेको आरोप लगाए । ‘व्यक्तिको पसल बन्द गर्नु अगाडि कति पटक जानकारी गराईयो,’ उनले आक्रोश पोख्दै भने, ‘जनता मेयरबाट सुरक्षित रहँदैन भने मेयर पनि जनताबाट सुरक्षित नरहने स्थिति आउँन सक्छ ।’ उनले मेयर चौधरीले व्यापारीमाथि आतंकित गतिविधि गरेकाले आँफूहरु आन्दोलन नै गर्ने चेतावनी समेत दिए ।

यसअघि मेयर चौधरीले इटहरी उपमहानगरपालिका कार्यालयमा रहेको खानेपानीको बिल काउन्टर समेत बन्द गराएका थिए । मेयरका पछिल्ला गतिबिधी अपाच्य भएको भन्दै व्यावसायिक संघ संगठनले आन्दोलनको तयारी थालेका छन् ।
यस बिषयमा मेयर चौधरीसँग प्रतिक्रिया लिन कार्यालयमै जाँदा उनले प्रतिक्रिया दिन मानेनन् । आधा दर्जन बढी नगर प्रहरी कार्यालय अगाडि राखेर उनले कार्यालयमै प्रवेश गर्न नदिनु भन्दै आदेश गरेका थिए । उपमेयर लक्ष्मी गौतमले भने यस बिषयमा आँफूलाई जानकारी नभएको र बुझ्ने प्रयास गरिरहेको बताईन् । उनले भनिन्, ‘म त काठमाडौँ गएकी थिएँ, अस्ति मात्र आएको म यस बिषयमा मेयर साबसँग कुरा गर्ने प्रयास गरिरहेकी छु, उहाँले आफ्नो काम गर्ने हो, मैले आफ्नो काम, केही थाहा नै हुँदैन ।’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सेतीमा २ जना कोरोना संक्रमितको मृत्यु

यसैबीच, मेयर चौधरी बिरुद्ध ईलाका प्रहरी कार्यालय इटहरीमा उजुरी परेको छ । इटहरीका व्यापारी सुवास शाहले आफूँले २७ बर्ष अगाडिदेखि पान पसल गर्दै आएको र आईतबार मेयर चौधरीले बन्द गरेको भन्दै ईलाका प्रहरी कार्यालयमा उजुरी गरेका हुन् । मेयर चौधरीले पदको दुरुपयोग गर्दै आफुलाई केहि दिन देखि मानसकि तनाब दिनुको साथै ब्यवसाय बन्द गरिदिएको भन्दै उजुरी दिएका हुन् । द्धारिकलाल चौधरीले आफ्नो गरिखाने बाटो बन्द गराउन लागेको र शान्ति सुरक्षा समेत माग गर्दै उनले प्रहरीमा उजुरी दिएका हुन । ईलाका प्रहरी कार्यालय इटहरीका डीएसपी धर्मराज भण्डारीका अनुसार शाहले आँफूहरुलाई गुनासो गरेको प्रतिक्रिया दिए । उनले टेलिफोन सम्पर्कमा भने, ‘उहाँहरुले गुनासो गर्नुभएको छ, हामीले बसेर असमझदारीको बिषयमा छलफल गर्छौँ ।’

खानेपानी अध्यक्षलाई ७ दिने अल्टिमेटम

केही दिन यता इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी र नेकपा नेता तथा खानेपानी इटहरीका अध्यक्ष रामप्रसाद चौलागाईँ बीचको विवाद चर्किदैँ गएको छ । आईतबार मात्र उपमहानगरपालिकाले चौलागाईँको घर खाली गर्न ७ दिने अल्टिमेटम दिएको छ । आईतबार नै मेयर द्धारिकलालले फेसबुकमा एक स्टाटस लेख्दै भनेका छन्, ‘निजलाई मैले कारबाही गर्न अख्तियारमा उजुरी गरेको छु, रामप्रसाद अहिले बिक्षिप्त छन् ।’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   एमालेमा सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने

चौलागाईँले यसअघि मेयर चौधरीले ४५ लाख रुपैँया मागेको र आँफूले नदिएको आरोप लगाएका थिए । तर, मेयर चौधरीले त्यसको खण्डन गर्दै भनेका छन्, ‘मैले २ कट्ठा जग्गा ८० लाखमा बेचेर रिन तिरेको हुँ ।’ मेयर चौधरीले शनिबार मात्रै इटहरी १० मा सरकारी जग्गा हडपेर घर बनाएको भन्दै तीन वटा घरमा डोजर चलाएका थिए । मेयर चौधरीले पछिल्ला केही दिनमा गरेका गतिविधि विरुद्ध इटहरीबासी आतकिंत भएको स्थानीयले गुनासो गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 485 times, 1 visits today)

आजको समाचार

तरकारीमा तहतहका बिचौलिया

काठमाडौं । काभ्रेको पाँचखाल–३ का सुभाष लुइँटेलले दुई रोपनी जग्गामा तरकारी खेती गरेका छन् । अहिले उनको बारीमा हरियो तरकारी बोडी र भेन्डी लटरम्म...

यी लक्षण देखिएमा हुन सक्छ अल्जाइमर्स

  न्युयोर्क । अल्जाइमर्स एउटा स्नायूप्रणालीको अनौठो रोग हो, जसले व्यक्तिको स्मरण शक्ति, उसले देखाउने व्यवहार र गतिविधिमा असर गर्छ । प्रायः ६० वर्षमाथिका मानिसमा...

अनुसन्धानमा परिपक्वता ल्याऊ

संखुवासभाको मादी–१ खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणको जालो अहिले खुल्दै गएको छ । यसलाई कतिपयले ‘नयाँ रहस्य’का रूपमा लिए पनि अन्तर्यमा...

सर्वोच्चको लिखित जवाफ: प्रधानन्यायाधीश संवैधानिक इजलास बाहिर बस्न मिल्दैन

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्न नसक्ने भनी लिखित जवाफ सर्वोच्च अदालतमा पठाएको छ । अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा न्यायाधीश...

अवरोध र नाराबाजी बजेट पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोध र नाराबाजीबीच सोमबार प्रतिनिधि सभाबाट चालू आर्थिक वर्ष २०७८-७९ का लागि विनियोजित बजेट पारित भएको छ...

साताका लोकप्रिय समाचार

तक्मा राजनीतिः संसद् विघटन मुद्दामा परमादेश दिने न्यायाधीशदेखि विपक्षीमा बहस गर्नेसम्म विभूषित

  काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा परमादेश दिने सर्वोच्च अदालतका न्यायाधीशदेखि विपक्षीमा बहस गर्ने अधिवक्तासम्मलाई सरकारले विभूषण गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटनका मुद्दामा...

दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या

  दैलेख । दैलेखमा घाँटी रेटेर एकजनाको शिक्षकको हत्या गरिएको छ । सोमबार राती गुराँस गाउँपालिका–८ मालिका मावि ४३ बर्षिया नगेन्द्र विसीको विद्यालयमै घाँटी रेटेर...

नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले आज फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ...

वैदेशिक व्यापार उतारचढाव वृद्धि सामान्य

दैनिक उपभोग्य र विलासिताका सामाग्रीका उच्च आयातको निराशाजनक निर्यातले देश ग्रस्त रहेको छ । फलस्वरूप देश आयातमुखी चर्को रूपमा बढ्दै छ । स्वदेशी उत्पादन...

सर्वस्वीकार्य बन्न नसकेको विभूषण

काठमाडौं । ‘देश र जनताका लागि उल्लेखनीय कार्य गरेको’ भन्दै यो वर्ष संविधान दिवसको अवसरमा सरकारले ९ सय ३ जनालाई विभिन्न पदक दिने घोषणा...

ट्रेन्डिङ

कोरोना सङ्क्रमण: भारतमा एक दिने जनता कर्फ्यु

नयाँ दिल्ली । भारतमा आइतबार जनता कफ्र्यु लागू गरिएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि भन्दै भारतमा आइतबार...

सिन्धुपाल्चोकमा कोरोना सचेतना : क्षेत्रीय आइसोलेसन वार्ड र क्वारेन्टाइन स्थापना सुरु

बाह्रविसे नगरपालिका सहित आसपासका पाँच स्थानीय तहका स्थानीयमा कोरोना संक्रमीत भए उपचारका लागि आइसोलेशन वार्ड र क्वारेन्टाइन स्थापनाको लागि सुरुवात गरिएको छ...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)