मनसुनमा हैजा प्रकोपको डर !

पछिल्लो समयमा खानेपानीको अभाव हुँदै गएको छ । बर्खायाममा झन् खानेपानीको अभाव हुने गर्छ । खानेपानीको अभाव हुँदा जहाँको पानी पनि उपयोग गरिएको देखिन्छ । राजधानी सहर काठमाडौंमा त झन् खानेपानीको अभाव अत्यन्तै छ । कुरा गरेर साध्य छैन पनि ।

बर्खाको समय र खानेपानी अभाव भएका बेलामा हैजाका संकेत देखिनु अस्वाभाविक होइन, तथापि काठमाडौं सहरमा यो संक्रामक रोगको लक्षण देखिनु राम्रो संकेत होइन । भर्खरै मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा २० जनामा हैजा पुष्टि भएको जनाएको छ । मंगलबार मात्र मन्त्रालयले साउनयता काठमाडौं, ललितपुर र कैलालीका २० जनामा हैजा पुष्टि भएको जनाइसकेको छ ।

गर्मी तथा वर्षायाममा झाडापखालाका, हैजा तथा पानीजन्य रोग फैलने हुँदा सजग र सतर्क रहनुपर्ने हुन्छ । हैजा विशेषगरी रोगीको मलमूत्र पानीमा परेपछि सर्न थाल्छ । यसमा संक्रामक व्यापकता निकै हुन्छ । यतिबेलाको प्रमुख सतर्कता भनेको पानीको मुहानलाई रोगीको दिसापिसाब मिसिनबाट जोगाउनु हो ।

यसका साथै, झिंगा भन्केको, बासी, सडेगलेका, नपाकेका, चिसिएको खुला स्थानका खाद्यपदार्थ सेवन गर्नुहुँदैन । पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर उपयोग गरेमा स्वास्थ्यका लागि फाइदायोग्य हुन्छ । यसबेलामा व्यक्तिगत सरसफाइ र त्यसमा पनि हातको सरसफाइमा बढी ध्यान दिनुपर्छ । अर्को महत्वपूर्ण कुरा भनेको खानेकुराको सरसफाइमा विशेष ध्यान पु¥याउनुपर्छ ।

चर्पीको समुचित प्रयोग गर्नुपर्छ । दिसापिसाब गरिसकेपछि साबुन पानीले राम्ररी मिचेर हात धुनुपर्छ । यसबेलामा हैजाका लक्षण देखिइसकेपछि आफूहरूका ’boutमा सतर्क रहनुपर्छ । पातलो चौलानी पानीजस्तो दिसा आउनु, वाकवाकी लाग्नु, बान्ता हुनु यसका प्रमुख लक्षण हुन् । यस्तो बेलामा निकै कडा जलवियोजन हुन जान्छ र शरीरमा पानीको मात्रा सकिन गई अकालमा ज्यान गुमाने पनि हुन सक्छ ।

कसैगरी हैजाले भेटिहालेमा यसको संक्रमण हुँदा आँखा भित्र गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रङ पहेंलो हुने, चिडचिडाहट आउने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस् हुने हुन्छ । यस्तो बेलामा उचित औषधि तथा स्याहारसुसार नपाएमा मृत्यु हुने सम्भावना निकै बढी हुन्छ ।

त्यसैले, मनसुनी वर्षामा हुने हैजाको प्रकोप र संक्रमण हुनबाट बेलैमा सतर्क हुनुपर्छ । ग्रामीणभन्दा पनि सहरी इलाकामा सतर्कता निकै अपनाउनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

epaper

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो