इटहरी-१ का वडाध्यक्षको मृत्यु

इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष बिष्णु चौधरीको निधन भएको छ । राती १२ः३० बजे उनको निधन भएको हो । नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका चौधरी क्यान्सर रोगबाट ग्रस्त थिए । नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति रमेश पोखरेलले दिएको जानकारी अनुसार उनी लामो समय हस्पिटलमा बसेको भए पनि केही दिन यतामात्र इटहरीस्थित घरमा ल्याइएको थियो । उनको आजै विहान ९ बजे बुढीगंगा जमुना घाटमा अन्त्यष्टि गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 427 times, 1 visits today)

epaper

ताजा समाचार

‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वतृत्वकलाको उपाधि अधिकारीलाई