चैतको भाडा नलिन पोखरा ११ को आग्रह

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

पोखरा । पोखरा महानगरपालिकाको एउटा वडा कार्यालयले आफ्नो वडामा डेरा भाडामा बस्दै आएकाहरुलाई भाडा नलिन सम्बन्धित घरधनीहरुसँग आग्रह गरेको छ ।

पोखरा वडा ११ को बिहीबार बसेको बैठकले कोरोना भाइरसका कारण उत्पन्न प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै आ–आफ्नो घरकोठामा डेरा गरी बस्ने मानिसहरुलाई घरधनीहरुले चैतको भाडा नलिन आग्रह गरेको वडा अध्यक्ष मोहनप्रसाद बास्तोलाले जानकारी दिए ।

साथै, चैतको भाडावापत रकम मिनाहा गरी प्रत्यक्ष राहत प्रत्याभूत गरिदिन वडाबासीहरुमा अपील गर्दछौं भनिएको छ ।
सो निर्णयको विरुद्ध वडाबासीले भने विरोधको संकेत देखाएका छन् । वडाबासी समेत रहेका फूलबारी क्लब पूर्व सचिव दामोदर बास्तोलाले भने, ‘घरधनीको भन्दा डेराभाडामा बस्नेको आम्दानी बढी छ, वडा कार्यालयको निर्णय हामीहरुलाई मान्य छैन । ’ उनका अनुसार कि त वडाले विपन्न वर्गका मानिस छुट्टाएर उनीहरुको लागिमात्र भाडा छुट गर भनेमा सकिन्छ, नत्र भाडा छुट गर्न सकिँदैन ।

‘यसरी धरधनी नै बढी मर्कामा पर्ने कुरा भयो,’ उनी भन्छन् । पोखरा वडा ११ अन्तर्गत फूलबारी, काहुँ, रानीपौवा लगायत पर्दछन् । यसअघि संघीय सरकारले पनि सम्पूर्ण धरधनीलाई चैत महिनाको भाडा नलिन आग्रह गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम