नाग महिमा

नागलाई हिन्दु धर्ममा देवता समान मानिएको छ । जसमा भगवान् विष्णु शेष नागलाई नै शøया बनाएर विश्राम गर्नुहुन्छ । भनिन्छ, नागलाई पनि साउनको सोमबार नै मन पर्छ यो पर्व प्रत्येक साल श्रावण शुक्ल पञ्चमीका दिन पर्दछ । तर, यस वर्ष भने नागपञ्चमी २५ साउन गते शुक्रबार परेको छ । यसरी नागपञ्चमीको दिन मात्र होइन हिन्दु चलनअनुसार घर बनाउन जग खन्ने बेलामा पनि सुरुमा नागदेवताको पूजा गर्ने चलन छ । यसमा पनि कतिपयले त आफ्नो घरमा नाग देवताको स्थापना गरेर हरेक सोमबार घरका मूलीले पूजा गर्ने पनि चलन छ । जो कोहीको घरमा यसरी नागको स्थापना गरेको हुन्छ ।

त्यो घरमा हेरेको शुभकार्य गर्नुअघि, चाडपर्वलगायत हरेकमा सबैभन्दा पहिले नाग देवताको पूजा गर्ने र भाग छुट्याउने चलन पाइन्छ । योसँगै कतिपयले त आफ्नो भाकल पूरा गर्न अर्थात् आफ्नो काम वा मनोकामना पूरा गर्न भगवान्सँग भाकल गर्ने र त्यो कामना पूरा भएपछि चाँदी, सुन वा फलामको नागको स्वरूप चढाउने गरेको पाइन्छ । फलतः नागपञ्चमीका दिन नागको पूजा गर्दा मानिसले विभिन्न जात र आकृतिका सर्पका चित्र र मूर्ति बनाएको, सर्पका चित्रहरू टाँसेको, सर्पलाई दूधको धारा दिएको अथवा सर्पकै चित्रहरू रथमा राखेर जात्राहरू चलाएको आदि हामीले देखेका छौं । यसले हाम्रो सांस्कृतिक धारणामा नाग भनेको सर्प हो । यसर्थ, सर्पको पूजा गरेपछि वर्षदिनसम्म सर्पको डर हुँदैन भन्ने छाप परेको देखिन्छ ।

नेपालमा प्रत्येक साल नेपालीले आआफ्नो घरमा नागको विभिन्न रूपका चित्र अंकित तस्बिर टाँस्ने प्रचलन रहेको कुरा सबैलाई अवगत नै रहेको छ । यो नागपञ्चमीका रूपमा नाग पूजा गर्ने संस्कृति तिनै नागपूजक प्राचीन जातिको संस्कृति बन्न पुगेको हो । यसबाट प्रशन्न भएका ब्रह्माले मानवजातिलाई यस पञ्चमीका दिन श्रद्धा भक्तिपूर्वक नागको पूजा गरेमा अनिष्टको निवारण र ऐश्वर्यको प्राप्ति हुन्छ । यसमा पनि प्रकृतिबाट नै नागले बहुमुखी प्रतिभा पाएको छ । विभिन्न धर्ममा नागलाई विभिन्न किसिमले व्याख्या गरिन्छ । नागको स्वरूप’bout विचार गर्दा यसको बाहिरी कान हँँुदैन । तर, पनि यसले सुन्छ जसले गर्दा यसले आँखाले सुन्छ भन्ने जनविश्वास छ ।

यसले लगातार जिब्रो बाहिर निकालिरहने हुँदा यो हावा मात्र खाएर पनि बाँच्न सक्छ भन्ने विश्वासको जन्म भएको हुनुपर्छ । नागजातिको काँचुली फेरेपछि नागले लामो आयु पाउँछ भन्ने विश्वास प्रायः संसारभरि नै पाइन्छ । काँचुली फेर्ने क्रममा नागले बूढो रंगहीन छाला त्यागेर नयाँ फुर्तिलो र चम्किलो जीवनाधार प्राप्त गर्ने हुन्छ । यो प्रक्रिया एकप्रकारले पुनर्जन्ममा वृद्ध शरीर त्यागेर आत्माले नयाँ शरीरमा प्रवेश गरेको जस्तो देखिन्छ ।

मत्स्यपुराणमा प्राचीन पर्वतीय जातिको वर्णन गर्दा गन्धर्व, किन्नर, यक्ष, राक्षस, विद्याधर, किम्पुरुष, खस आदिको साथमा नाग जातिको पनि उल्लेख भएको छ । पुराणले नाग जातिको सम्बन्ध शिवसित, गरुड जातिको सम्बन्ध विष्णुसित भएको र गरुड नागको वैरभाव भएको सन्दर्भ पनि दिन्छन् । माथिको सन्धि सन्दर्भले शिव, विष्णु, नाग र बुद्ध संस्कृतिका अनुयायीबीच संघर्ष र सम्झौता भएको संकेत दिन्छ । तर, बुद्धधर्ममा भने नागलाई सकारात्मक दृष्टिले हेरिन्छ । कतै यसको दोष देखाइएको पाइन्न ।

बुद्ध धर्मका विभिन्न ग्रन्थ र जातक कथामा नागलाई मानवको भलो चाहने, दयालु, बुद्धिमान र अमरताको प्रतीकका रूपमा पेस गरिएको छ । त्यस्तै, गरी विष्णुपुराण र भागवतअनुसार वासुदेवको कुलमा उत्पन्न भएका विष्णुका अवतार श्रीकृष्ण स्वर्गारोहण हुनु भएपछि मानिस पापमा रमाउन थाले, त्यसैबेलादेखि कलियुगको आरम्भ नागपञ्चमीकै दिन भएकाले पात्रोमा कल्की जयन्ती भनी लेखेको हुन्छ ।

नागपूजा श्रावण शुक्लपञ्चमी तिथिमा नै किन ? भन्ने प्रश्न पनि आउन सक्छ । लौकिक कथाअनुसार एउटा किसानले खेत जोतिरहेको बेलामा हलोमा परी धेरै सर्पहरू मरे । सो कुरा सर्पमाताले थाहा पाएर किसानको सपरिवारलाई नै मार्ने संकल्प लिइन् । किसानकी छोरीले चाल पाएर श्रद्धा भक्तिपूर्वक नागको पूजा गरिन् । नागमाताको क्रोध शान्त भयो र किसान परिवारले अभयदान पाए । सो दिन श्रावण शुक्लपञ्चमीकै दिन थियो । सोही दिनबाट नाग पूजा गर्नुपर्छ सो दिन हलो जोत्नुहुँदैन भन्ने परम्परा चलेको पाइन्छ ।
(विश्वनाथ खरेलको ‘नाग पञ्चमीको महत्व’बाट)

तपाइको प्रतिक्रिया
(Visited 293 times, 1 visits today)

epaper

ताजा समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको भनाइ