-यापिड टेस्टमा दैलेखमा १०६ जनाको रिपोट ‘नेगेटिभ’

दैलेख । तीनवटा स्थानीय तहका क्वारेन्टाइनमा रहेका १ सय ६ जनाको ¥यापिड डाइगोष्टिक टेष्ट रिपोर्ट ‘नेगेटिभ’ आएको छ । निर्वाचन क्षेत्र नम्बर –२ को आठविस नगरपालिका, निर्वाचन क्षेत्र–१ को भगवतीमाई गाउँपालिका र नारायण नगरपालिकाको क्वारेन्टाइनमा रहेका १ सय ६ जना व्यक्तिहरूमा गरिएको कोरोना भाइरसको ¥यापिड डाइगोष्टिक टेष्ट रिपोट ‘नेगेटिभ’ आएको हो ।

२०७६ चैत्र महिनायता छिमेकी राष्ट्र भारतबाट गाउँ फर्किएकासँग कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लगाउन बुधबार गरिएको (आरडिटी) परीक्षणका क्रममा सबै जनाको रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय दैलेखले जनाएको छ ।

ज्याला मजदुरी गरेर जहान परिवार पाल्न भारत गएका व्याक्ति घर फर्किएपछि कोरोना भाईरस भए,नभएको थाहा पाउनको लागि स्वास्थ्कर्मी गाउँपालिका र नगरपालिकामा पुगेर (आरडिटी) परिक्षण शुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डा.निराञ्जन पन्तले जानकारी दिए । प्रदेश सरकारले कोरोना भाईरस संक्रमण पत्ता लगाउन ४ सय २० किट पठाएपछि भारतबाट घर फर्कि क्वारेन्टाइनमा रहेका १ सय ६ जनाको पहिलो चरणमा आरडिटी परिक्षण गरिएको हो, पन्तले भने ।

पहिलो चरणमा आठविस नगरपालिकामा क्वारेन्टाइनको सुरक्षार्थ लागि खटिएका २ जना नेपाली सेना,सहित ८४ जना, नारायण नगरपालिकामा १८ जना, भगवतीमाई १ जना र नारायण नगरपालिका–११ स्थित कैलाली जिल्ला लम्की चुहा नगरपालिका एक महिला सँगै विरगञ्ज देखी दैलेखका आएका १ जना युवक सहित ३ जना परिवार सहित जिल्ला भरि १ सय ६ जनाको (आरडिटी) परिक्षण गरिएको हो ।

त्यसैगरि नौमुले गाउँपािलकाबाट ९जना, चामुण्डाविन्द्रासैनी नगरपालिकाका १७ जना, आठविस नगरपालिकाका २ जना, र दुल्लु नगरपालिकाका ६ जनाको स्वाब परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । क्वारेन्टाइनमा नेगेटिभ रिर्पोट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न सल्लाह दिएको र त्यहाँको क्वारेन्टाइन खाली गरिएको छ ,पन्तले भने । ११ वटा स्थानीयतह रहेको धेरै जसो क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको स्वाब परिक्षण र (आरडिटी) परिक्षण मार्फत रिपोर्ट नेगेटिभ आउँदा क्वारेन्टाइन लगभग खाली भइसकेका छन् । अहिले जम्मा १६ जना मात्र बसिरहेका र उनीहरूको पनि स्वाब परीक्षणका लागि पठाइएको र रिपोर्ट आउन बाँकी छ, रिर्पोट नेगेटिभ आएपछि क्वारेन्टाइनमा रहेकालाई पनि घरमा पठाईनेछ ।

बिहीबार नौमुले गाउँपालिकाम ४०, दुल्लू नगरपालिकामा २० र गुराँस गाउँपालिकामा २० किट पठाइएको छ । केही छुटेकाहरुको पनि परिक्षण गरि रिर्पोट जिल्लामा आईपुगे केही शंकास्पद बिरामीको खबर आउँदा सोही ठाउँमै पुगेर परिक्षण गरिने छ । भारतबाट दैलेखमा भित्रिएका १ हजार ४ सय ६२ जना मध्ये १ सय ६ (आरडिटी) परिक्षण गरिएको छ भने ५८ जनाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आईसकेको छ । अब जिल्लाका क्वारेन्टाइनमा १६ जनामात्र रहेका छन् भने बाँकी अरु सबै घरमै बसिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 302 times, 1 visits today)

epaper

ताजा समाचार

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’ :चार परिवारलाई कीर्तिपुर पठाइयो