ओमानमा १२ हजार गैरकानुनी कामदार कारबाहीमा

काठमाडौं । ओमानले गैरकानुनी रूपमा बसेका १२ हजार कामदारलाई कारबाही गरेको छ । ओमानको सेक्युरिटी एन्ड सेफ्टी सर्भिसको निरीक्षण एकाइले यस वर्षको सुरुदेखि हालसम्म १२ हजार गैरकानुनी कामदारलाई कारबाही गरेको जनाएको छ । जसमा ९ हजार ७ सयभन्दा बढीलाई देशनिकाला गरिएको जनाएको छ ।

आठ महिनामा ९ हजारलाई देश निकाला

सेक्युरिटी एन्ड सेफ्टी इन्स्टिच्युटका सीईओ सइद बिन सुलेमान अल असिमीका अनुसार निरीक्षण एकाइले जानाजानी ओमानाइजेसन उल्लंघन दोहो-याउने साइट बन्द गर्ने अधिकार रहेको बताएका छन् ।

यो कदम ओमानी नागरिकका लागि रोजगारीका अवसरलाई प्राथमिकता दिन र श्रम कानुनको उल्लंघनलाई कम गर्ने फराकिलो अभियानको हिस्सा रहेको बताइएको छ । रोयल ओमान पुलिस र न्यायिक अधिकारीहरूले आफ्ना प्रयासलाई तीव्रता दिन जारी राख्ने जनाएको छ ।

एसियाली र अफ्रिकी प्रवासीहरूलाई पक्राउ गरेको घोषणा गर्दै देशमा अवैध आप्रवासी कामदारलाई नियन्त्रण गर्न जारी राखेको जनाएको छ । धरपकड अभियानमा राख्न निरीक्षण एकाइ, सुरक्षा र सुरक्षा संस्थाहरूलाई निर्देशन दिएको टाइम्स अफ ओमानले जनाएको छ । श्रम कानुनहरू पालना गरे÷नगरेको निरीक्षण गर्न थप कार्यालय स्थापना गरिएको जनाएको छ ।

ओमानी जागिर खोज्नेहरूलाई जागिर बजारमा आफ्नो क्षमता प्रदर्शन गर्न प्रायः उच्च तलब र दक्ष भूमिकाका रूपमा हेरिनेलगायत ओमानीकृत पेसामा सक्रिय रूपमा संलग्न हुन पनि आग्रह गरेको छ । हालका घटनाक्रममा शाही कानुन नम्बर १८–२०२४ मार्फत केही एकाइका कर्मचारीलाई न्यायिक प्रहरी अधिकार थप अधिकार प्रदान गरेको जनाएको छ ।

यस कदमले श्रम कानुन र ओमानिजेसन लक्ष्यलाई प्रभावकारी रूपमा लागू गर्न एकाइको क्षमता बढाउने लक्ष्य राखेको जनाएको छ । ओमानले गैरकानुनी कामदारलाई धरपकड अभियान तीव्र पारेसँगै त्यहाँ गैरकानुनी रूपमा बसेका कामदारलाई पनि पक्राउ गरी पुनः फर्किन नपाउनेगरी देशनिकाला गर्ने बताइएको छ । ओमानमा विभिन्न पेसामा गरी २१ हजार नेपाली कामदार कार्यरत रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी