विवाह गर्न चाहन्थे सोनम र रणबीर

मुम्बई । अभिनेता रणबीर कपुर र अभिनेत्री आलिया भट्ट अहिले बलिउडका प्रभावशाली दम्पत्ति मानिन्छन् । तर आलियासँग विवाह गर्नु अघि रणबीरले अरुनै सँग विवाहको चाहना व्यक्त गरेको उनका दिदीहरु करिश्मा कपुर र र करिना कपुरले बताएका छन् ।

करिनाका अनुसार आलिया भट्टसँग विवाह गर्नुअघि रणवीर कपूरले दीपिका पादुकोण र कट्रिना कैफसँग प्रेमसम्बन्ध राखिसकेका थिए । पछिल्लो चलचित्र एनिमलबाट एक पटक फेरी बलिउडका सुपर स्टार कहलिएका रणबीरले पहिलो प्रेम सोनम कपुरसँग गरेका थिए । उनले सन् २००७ मा सोनम कपुरसँग चलचित्र सावरियाबाट डेब्यु गरेका हुन् । सो चलचित्रको सुटिङका क्रममा सोनम कपूरसँग उनको प्रगाढ प्रेम सम्बन्ध बसेको थियो ।

त्यतिबेला सोनमको सम्बन्ध करिश्मा कपूर र करीना कपूरसँग निकै राम्रो थियो । सोनमले त्यतिबेला आफुँसग रणबीरले औधी प्रेम गर्ने भएकाले उ सँग विवाह गर्ने कुरा आफुलाई बताएको करिश्माले खुलाएकी छिन् । करिश्माका अनुसार रणवीरसमेतले सोनमसँगको प्रेम सम्बन्ध करिश्मा र करिनासँग खुलासा गरेका थिए । यी दुबैले आफुहरुको विवाहको कुरा परिवारमा राखिदिन करिश्मा र करिनालाई अनुरोध गरेका थिए ।

करीना र सोनमले अर्को चलचित्र वीरे दी वेडिङमा काम गर्दासम्म सोनम र रणबीरको प्रेमसम्बन्ध अघि बढिरहेको थियो । सोही क्रममा करण जोहरको च्याट शो कफी विथ शोमा करणले सोनमलाई सोधे कि उनले रणवीरसँग विवाह गरेर करीनाको भाउजू बन्ने ’bout सोचाई के छ ? सोनमले करिश्मा र करिनाले पनि सोही कुरा चाहेको जवाफ दिएकी थिईन् । उतले त्यतिबेला रणवीर राम्रो साथी भएकाले भोली जोडिँदा अझ राम्रो हुने बताएकी थिईन् । तर त्यसपछि सोनम र रणबीर अलग चलचित्रमा व्यस्त भए । सो व्यस्ताले उनीहरुको प्रेम सम्बन्ध विस्तारै कमजोर हुँदै गएको करिनाले बताएकी छिन् ।

यसपछि अभिनेता रणबीर अभिनेत्री कट्रिनाको प्रेममा बाँधिए । रणबीर र कट्रिनाबीच प्रेम सम्बन्ध सुरु भएपछि सोनमले उनलाई चटक्कै छाडेकी थिईन् । अन्तत सोनमले सन २०१८ मे मा सिख परम्परा अनुसार व्यापारी आनन्द आहुजासँग विवाह गरिन् । अहिले उनी छोराकी आमा समेत भईसकेकी छिन् ।

यता रणवीरले पनि पोडकास्टमा अन्तरवार्ता दिने क्रममा आफ्नो दुई अभिनेत्रीसँग विवाह अघि प्रेम सम्बन्ध भएको स्विकारेका छन् । रणवीरले दुई सफल अभिनेत्रीसँग डेट गरेको पनि बताएका छन् ।

रणबीर र आलियाले १४ अप्रिल २०२२ मा विवाह गरेका हुन् । सोही वर्ष ६ नोभेम्बर यी दम्पतीको घरमा छोरी राहाको समेत आगमन भयो । त्यसैले अहिले रणवीर र आलियाको जोडी निकै खुसी छन् । यी दुबैले सन २०१८ मा आफ्नो चलचित्र ‘ब्रह्मास्त्र पार्ट वनः शिव’ को सेटमा प्रेम प्रस्ताव आदन प्रदान गरेका थिए । सोही सेटबाट सुरु भएको प्रेम सम्बन्धले दाम्पत्यको सुखद रुप लिएको हो । २०२२ मा रिलिज भएको अयान मुखर्जीको यो चलचित्रमा रणवीर र आलियाको अन–स्क्रिन केमेस्ट्रीलाई करोडौं दर्शकले मन पराएका थिए । २०२२ मा वर्षको सबैभन्दा धेरै कमाउने हिन्दी चलचित्र पनि ब्रह्मास्त्र सावित भयो । अहिले रणवीर एनिमल पार्क, रामायण र लभ एन्ड वार गरी तीन वटा चलचित्रको काममा व्यस्त छन् । आलिया भने छोरीको स्याहार सुसार र हेरचाहमा छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मोबाइल चार्ज गर्दा करेन्ट लागेर युवतीको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
९० हजार मत गन्दा केशव भन्दा बालेन १५ हजार मतले अगाडी