धनगढीद्वारा अपांगता भएका ८० जनालाई निःशुल्क सहायक सामग्री वितरण

धनगढी । धनगढी उपमहानगरपालिकाले अपांगता भएका व्यक्तिहरूलाई निःशुल्करूपमा सहायक सामग्री वितरण गरेको छ । उपमहानगरपालिकाले शुक्रबार दुई ठाउँमा गरी ८० जनालाई निःशुल्करूपमा सहायक सामग्री वितरण गरेको हो ।

उपमहानगरपालिकाले वडा नम्बर १, २, ३, ४, ५, ७ र ८ को क्लस्टरअन्तरगत धनगढी उपमहानगरपालिकाको प्रांगणमा ५५ जना र वडा नम्बर ११, ६ र १३ को क्लस्टरअन्तरगत वडा नम्बर ११ को स्वास्थ्य केन्द्रमा २५ जना गरी ८० जनालाई ह्विलचेयर, बैसाखी, ट्राइ साइकल, कम्बोट चियर, हियरिङ एड, लठ्ठी लगायतका सहायक सामग्री प्रदान गरेको जनाएको छ ।

उपमहानगरपालिकाले धनगढीमा रहेका १९ वटा वडालाई पाँच वटा क्लस्टरमा विभाजन गरी अपांगता भएका व्यक्तिको खोजी गर्न स्क्रिनिङ शिविर सञ्चालन पश्चात् आवश्यक सहायक सामग्री वितरण गरेको हो ।

उपमहानगरपालिकाका महिला विकास अधिकृत पंकजा जोशीले स्क्रिनिङ शिविरबाट पहिचान भएका अपांगता भएका व्यक्तिहरूलाई आवश्यकताअनुसार सहायक सामग्री वितरण गरेको बताइन् ।

उनले यसअघि अपांगता भएका १८९ जनालाई निःशुल्क रुपमा २०५ किसिमका सहायक सामग्री वितरण गरिएकोे र यस वर्ष पनि स्क्रिनिङ शिविरबाट पहिचान भएका व्यक्तिहरूलाई आवश्यकताअनुसार निःशुल्करूपमा सहायक सामग्री वितरण गर्न थालेको बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

epaper

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो