‘नमेटिने घाऊ’ प्रदर्शनीको मुखमा

वीरगन्ज । समाजमा एसिड प्रयोगका घटना निरुत्साहन गर्न बल पुग्ने निश्कर्ष सहित निर्माण गरिएको फिल्म ‘नमेटिने घाऊ’को प्रदर्शन गर्ने दिन नजिकिएसँगै प्रचार–प्रसार तिब्र पारिएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली समेतले अभिनय गरेकोे फिल्म नमेटिने घाऊको प्रदर्शन हुने दिन अब एक दिन मात्र बाँकी छ ।

प्रदर्शनीपूर्व मधेशको वीरगन्जसम्म निर्माता निर्देशकको टोली र कलाकारहरु प्रचारका क्रममा आइपुगेका छन् । तेजाब (एसिड) आक्रमणका कारण पीडितले भोग्नु परेका पीडा फिल्मले छर्लङ्गै देखाउने र भविष्यमा यस्ता घटनाले प्रश्रय नपाउने निर्माणकर्ताको दावी छ ।

अर्को पक्ष समाजमा सकारात्मक परिवर्तन ल्याउन बल पुग्ने मात्र नभई एसिडसम्बन्धी कानून नै निर्माण र कार्यान्वयनमा सरकारको पनि ध्यान जाने कुरालाई यो फिल्मले सन्देश दिने निर्माता रमित ढुंगानाले दावी गरे । चलचित्रमा एसिड आक्रमण गर्ने दोषीहरू सहजै उम्किने र उनीहरुको दण्ड सजायको रवैया पनि फिल्मले औल्याउने फिल्मको मुख्य पात्र वीरगन्जकी मुस्कान खातुनले बताइन् ।

नेपालका चर्चित नायक तथा फिल्म निर्माता रमित ढुंगानाद्वारा निर्माण गरिएको नमेटिने घाऊ फिल्ममा प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, राप्रपा नेता ज्ञानेन्द्र शाही, माओवादीका नेता देवेन्द्र पौडेल लगायत १२५ जना कलाकारले अभियन गरेको फिल्मका निर्देशक समेत रहेका ढुंगानाले बताए । ‘यो फिल्म यही भदौ ७ गते शुक्रबारबाट देशैभरीका अधिकाँश सिनेमा हलहरुमा एकैसाथ प्रदर्शनमा आउने छ’ उनले भने ।

२०७६ साल भदौ २० गते बिहान वीरगन्जमा विद्यालय जाँदै गरेकी मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो । उनी र त्यस्तै अरु ३३ जना एसिड पीडितको जीवनमा घटेका घटनामा आधारित फिल्म निर्माण गरिएको निर्माता ढुंगानाले दावी गरे ।

सुरुमा वीरगन्जकी मुस्कान खातुनको जीवनीमा घटेको घटनामा आधारित बनाउन खोजे पनि मुस्कानले नै म जस्ता एसिड पीडित ३३ जना छौं भनेपछि उनैको सुझाव अनुसार सबैलाई समेटी एसिड पिडितहरुको जीवनीमा केन्द्रित रही फिल्म ‘नमेटिने घाऊ’ निर्माण गरिएको निर्माता निर्देशक ढुंगानाले बिस्तृतमा बताए ।

फिल्म निर्माणको मुख्य पात्र मुस्कान खातुन भएकी र यो फिल्म वीरगन्जमा समेत सुटिङ भएको छ । मुस्कान सहित उस्तै पात्र खडा गरी फिल्म सुटिङ गर्दा आधा घण्टा सुटिङ रोक्न परेको तीतो क्षणको पनि निर्देशक ढुंगानाले मलिन अनुहार लगाउँदै सम्झिए । कारण मुस्कान सहित धेरैका आँखाबाट सुटिङका क्रममा नै आँसु नै रोकिएन । अनि फिल्मको सुटिङ नै रोक्नु परेको समेत थियो उनले भने ।

सम्भवतः यो फिल्म हेरिसकेपछि कसैले पनि यस्ता घटना दोहो¥याउने आँट गर्ने छैनन् भन्ने हाम्रो आँकलन हो निर्माता ढुंगानाको तर्क छ । बुद्धभूमि जस्तै यो फिल्म पनि यथार्थ घटनामा आधारित फिल्म निर्माण गरिएको छ । कथाबस्तु, सुटिङ र मेन पात्र समेत वीरगन्जकै भएकोले यो भूमिमा नआई सकिदैन उनले भने । फिल्म तयारी भयो, प्रदर्शन हुँदैछ भनी वीरगन्जसम्म त्यसैले पनि हाम्रो टोली आइपुगेको होे निर्माता ढुंगानाले जनाए ।

उनीसँगै आएकी मुस्कानले यो फिल्म धेरैधन्दा धेरैले हेरेर फिल्मले दिएको सन्देश र विगतका घटनाको स्मरणले समाजमा बिकृति नबढोस् भन्ने कामना गरिन् । वीरगन्ज ३ छपकैया स्थित आफ्नो घरबाट वीरगन्ज महानगरपालिका वडा नम्बर ६ रेशमकोठीमा रहेको श्री त्रिभुवन हनुमान माध्यमिक विद्यालयमा पढ्न जाने क्रममा २०७६ साल भदौ २० गते शुक्रबार बिहान ६ बजे बिर्ता बजार नजिकै उनी माथि एसिड आक्रमण भएको थियो ।

देशका प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, चर्चित नेता र १२५ कलाकारको अभियन रहेको यो फिल्मको सुटिङ गर्न ५८ दिनसम्म लागेको फिल्मका सह निर्देशक रोशन थापाले बताए । यो फिल्ममा जम्मा २ वटा गाना पनि रहेको उनको भनाइ छ । फिल्ममा सामाजिक अभियन्ताको भूमिकामा रहेका प्राप्ति पौडेल र लिजा कोरानीले पनि यो फिल्म साह्रै मर्मस्पर्शी रहेकोले हेर्न छुटाउन नहुने तर्क गरे । देशशको वीरगन्ज, चन्द्रनिगाहपुर, नवलपरासी, बालाजु, कालोपुल, ओलखढुंगा, भोजपुर, धरान लगायतका ठाउँमा सुटिङ भएको यो फिल्मको लागत मात्र करिब ३ करोड लागेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इन्द्रजात्रा समारोहमा बालेनको तस्वीर अंकित टिसर्ट लगाएका युवायुवती, प्रहरीले बाहिर निकाल्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा सत्तारुढ गठबन्धनबीच सहमति