संखुवासभा । नेपाली महिला राष्ट्रिय भलिबल खेलाडी सुमित्रा रेग्मी सम्मानित भएकी छन् । हिजो बुधबार गृह जिल्ला संखुवासभाको चैनपुरमा नेपाली महिला राष्ट्रिय भलिबल खेलाडी रेग्मीलाई चैनपुर नगरपालिकाले नगद सहित सम्मान गरेको हो । नेपाली महिला राष्ट्रिय भलिबल खेलाडी रेग्मीलाई हौसला बढाउन सम्मान गरिएको नगर प्रमुख कृष्णकुमार तामाङले बताए ।
नेपाली राष्ट्रिय महिला भलिबल खेलाडी रेग्मीलाई नगद ६५ हजार रुपैयाँ र सम्मानपत्र सहित सम्मान गरिएको नगर प्रमुख तामाङले बताए । नेपाली महिला भलिबल टोलीमा सहभागी भई संखुवासभा र चैनपुर नगरपालिका मात्र नभइ राष्ट्रको गौरव बढाएको भन्दै कदरस्वरुप पुरस्कार र सम्मान प्रदान गरेको नगर प्रमुख तामाङले बताए । नेपाली राष्ट्रिय महिला भलिबल खेल महत्वपूर्ण योगदान पु-याएको भन्दै चैनपुर नगरपालिकाले नगदसहित सम्मान गरेको जनाएको छ ।
नेपाली महिला राष्ट्रिय भलिबल खेलाडी रेग्मी चैनपुर नगरपालिका –९ त्रिसुले निवासी हुन् । नेपाली महिला राष्ट्रिय भलिबल टिम खेलाडी रेग्मीले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएकी थिइन् । नेपाली महिला राष्ट्रिय भलिबल खेलाडी रेग्मी केही समय अघि काठमाण्डौमा भएको काभा राष्ट्रिय भलिबल लिगमा सहभागी भएकी थिइन् ।