Tuesday, March 2, 2021
Home प्रदेश १ सय २० अधिकृत अलपत्र: पत्र लिएर महिनौं भौतारिए

१ सय २० अधिकृत अलपत्र: पत्र लिएर महिनौं भौतारिए

काठमाडौं । स्थानीय तहका लागि लोकसेवा आयोगद्वारा नियुक्त गरिएका १ सय २० जना अधिकृत अझै अलपत्र परेका छन् । लोकसेवा आयोगले नियुक्त गर्नुअगावै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन गरेर पठाइदिएपछि ती अधिकृत अलपत्र भएका हुन् ।

लोकसेवाले देशभरका स्थानीय तहका लागि झन्डै ९ हजार कर्मचारी छनोट गरी विभिन्न स्थानीय तहमा पठाएको थियो । त्यसरी पठाइकामध्ये स्थानीय तहमा पद नभएपछि १ सय २० जना अधिकृत केन्द्रमा नै फर्कन बाध्य भएका हुन् । उनीहरू अधिकृतको पत्र लिएर कहिले स्थानीय तहमा त कहिले केन्द्रीय निकायमा भौंतारिन विवश छन् । अलपत्र परेका अधिकृतको समाधानका लागि केन्द्र सरकार र स्थानीय तह दुवैले चासो नदिएको उनीहरूको गुनासो छ ।

यसअघि स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत अधिकृतको माग गरी लोकसेवा आयोगलाई पदपूर्ति गर्न भनेको थियो । सोहीअनुसार आयोगले पदपूर्ति गरे पनि आयोगको पदपूर्ति प्रक्रिया सकिनुअगावै स्थानीय तहका ती रिक्त पदमा अन्य कर्मचारी समायोजन भएकाले समस्या आएको हो ।

यो पनि पढ्नुहोस   प्रचण्ड–नेपाल पक्षले बोलायो केन्द्रीय समिति, नागरिकतासहित आउन सर्कुलर

स्थानीय तहबाट फर्कन विवश भएका १ सय २० जना अधिकृतले आफूहरूको उचित व्यवस्थापन हुनुपर्ने माग गर्दै आए पनि सुनुवाइ हुन सकेको छैन । लोकसेवाबाट नियुक्ति पाएको महिनौं बितिसक्दा पनि उनीहरूले हाजिर गर्न पाएका छैनन् । स्थानीय तह र सामान्य प्रशासन मन्त्रालयको गम्भीर लापारवाही र त्रृटिका कारण आफूहरू अलपत्र पर्नुपरेको उनीहरूले बताएका छन् ।

लोकसेवाबाट विज्ञापन भएका पदहरूमा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको समायोजन गर्न नहुने र ती पदमा समायोजन भएका कर्मचारीलाई फिर्ता गर्नुपर्ने माग उनीहरूको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले अलपत्र परेका अधिकृतको व्यवस्थापनका लागि आवश्यक पहल भइरहेको बताए । उनीहरूलाई स्थानीय तहकै अन्य रिक्त स्थानमा पठाउने तथा उनीहरूको पदमा समायोजन भएकालाई फिर्ता गरी सोही पदमा पठाउने भन्ने विकल्पबारे छलफल भइरहेको बरालले जानकारी दिए ।

(Visited 78 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

प्रशासन, राज्यसत्ता र राजनीति

राज्य प्रशासनमा हुने सामान्य राजनीतिक प्रभावलाई स्वाभाविक मानिन्छ । तर, प्रशासनलाई सत्ता शक्तिकै खेलौना बनाउने प्रवृत्ति भने कसैका लागि पनि मान्य हुँदैन । राज्य...

नेपालमा पहिलो राष्ट्रिय खाद्य बैक स्थापना

काठमाडौँ । नेपालमा पहिलो पटक राष्ट्रिय खाद्य बैक स्थापना भएको छ । ‘पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नारासाथ निजी क्षेत्रको...

कांग्रेसले भन्यो – तत्काल सत्ता सहकार्यको सोच छैन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वैधानिक रूपमा एकै रहेकाले सत्ता सहकार्यबारे अहिले नै धारणा नबनाउने निष्कर्ष निकालेको छ...

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

मधेसी दलको भ्रष्ट चरित्रले गर्दा सिंगै मधेस बदनाम भयो : मन्त्री साह

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ सरकारको भ्रष्ट चरित्रले सिंगै मधेसको नाम बदनाम भएको...

ट्रेन्डिङ

नक्सा पास नगरी स्कुलको भवन व्यापारिक प्रयोजनका लागि निर्माण, वडाध्यक्षको गैरजिम्मेवारी जवाफ–‘सबै कुरा मलाई थाहा हुन्छ ?’

इटहरी । इटहरी ५ मा रहेको ज्योति माध्यमिक विद्यालयमा निर्माणाधिन रहेको भवन नक्सा पास नै नगरी बनाईएको पाईएको छ । बिद्यालयले केही समययता मात्र...

होम आइशोलेसनमै बसेर बर्दियाका एक पत्रकारले जिते कोरोना

बर्दिया । दुई साता होम आइशोलेसनमा बसेका बर्दियाका एक वरिष्ठ पत्रकारले कोरोना जितेका छन् । नेपाल पत्रकार महासंघ बर्दियाका पूर्वअध्यक्ष कमलकुमार पन्थीले कोरोना जितेका...

पत्रकार महासंघद्वारा पत्रकार पुरस्कृत

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले एकैथलोमा एक दर्जन पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघ कस्की शाखाकोे शुक्रबार १५ औं साधारण...

महँगी नियन्त्रण गर !

यतिबेला मुलुकमा राजीतिक अस्थिरता छ । सरकार प्रतिनिधि सभा चुनावको आफ्नो प्रस्तावको पक्षमा वकालत गरिरहेको छ । विपक्ष संसद् पुनस्र्थापनाको मागमा आन्दोलनरत छन् ।...

बेलहियामा तीन सय नेपाली अलपत्र

भैरहवा । नेपाल भारत सीमा क्षेत्र सुनौलीमा लगभग तीन सय नेपाली अलपत्र परेका छन् । भारतका विभिन्न क्षेत्रमा रोजगार तथा अध्ययन गर्न...

बर्दियामा ६ जना कोरोना संक्रमित थपिए

बर्दिया । बर्दियामा शनिबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा ६ जनामा कोरोना पुष्टि भएको...

फार्मेसी सञ्चालक भन्छन्– जोखिम मोलेर सेवा दिन सकिदैंन, खोई पीपीई ?

काठमाडौं । तपाईलाई एक्कासी टाउको दुख्यो र, क्लिनिक वा कुनै अस्पताल जानु प-यो अथवा तपाईसँग चिकित्सकको प्रेष्कृप्सन छ, औषधि किन्न फार्मेसी जानुपर्ने...

भिसा सेवा आजदेखि सुरु, ११ असोजसम्म विलम्ब शुल्क नलाग्ने

काठमाडौं । अध्यागमन विभागले स्थगित भिसा सेवा आज आइतबारदेखि सुरु गर्ने भएको छ । विभागले भिसा सेवा आइतबारदेखि सुरु हुने जानकारी दिएको हो । सरकारले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

भर्खरै

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

धेरै पढिएका

प्रधानमन्त्री ओलीले तुरुन्त राजीनामा दिनुपर्छ : वामदेव गौतम

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिन सुझाव दिएका छन् । गौतमले एक विज्ञप्ति...

सूक्ष्म पोषकतत्व आयोडिनको अपरिहार्यता

आयोडिन जीवनभर एक चम्चा भए पुग्ने तर एकैपटक नभई प्रत्येक दिन थोरै–थोरै सियोको टुप्पो जति १५० माइक्रोग्राम खाए पुग्छ । मनाङ, मुस्ताङ कर्णालीमा चियामा...

प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा

 काठमाडाैं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै...

रियल मड्रिड अन्तिम आठ नजिक

मड्रिड । इटालियन क्लब एट्लान्टालाई पराजित गर्दै स्पेनिस जाइन्ट क्लब रियल मड्रिडले अन्तिम आठको बाटो बनाउन सजिलो बनाएको छ। युईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)